स्वास्थ्यसमाचार /सरकारी जागिर त्यसमा पनि कमै उमेरमा उच्च तहमा पुग्नु भाग्यकै कुरा हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ४० वर्ष नकट्दै उपल्लो तहमा पुग्ने उच्च अधिकारीहरु छन् । स्वास्थ्य सेवातर्फका १ सय २५ जना सह-सचिवमध्ये १० जना ४० वर्ष नकटेका सहसचिव छन् । ४० वर्ष उमेर नकटदैं स्वास्थ्यका उच्च पदमा पुग्ने लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डा वर्षा थापा पनि एक हुन । डा वर्षा थापा लुम्बिनी प्रादेशिक अस्पतालकी प्रमुख कन्सल्ट्यान्ट डेन्टल सर्जन हुन् । स्वास्थ्यका ४० वर्ष नकटेका सहसचिवहरुमा उनी पनि पर्छिन् ।उनले वि सं २०७५ साउनमा ९ औं तहमा…
समाचार
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक ५० सिलिण्डर उत्पादन हुने
स्वास्थ्यसमाचार/पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नेपाल सरकारको १ करोड ५० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण पूरा भएको अस्पतालले जनाएको छ । तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए । उनका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको छ । जिल्लामा सञ्चालित सरकारी तथा निजी अस्पतालमा आवश्यक हुँदा अक्सिजन सहयोग हुने र कोरोनासँगै अन्य बिरामीका…
स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागी हुन देउवाको निर्देशन
स्वास्थ्यसमाचार/आज देशभर नेपाली कांग्रेसको वडा तहको अधिवेशन हुँदैछ । कांग्रेसको अधिवेशनमा सहभागी हुँदा अनिवार्य रुपमा स्वासथ्य मापदण्ड अपनाउन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन। आज भिडियो सन्देश जारी गर्दै देउवाले कोरोना महामारीका बीच संवैधानिक बाध्यताका कारण गर्नुपरेको अधिवेशनमा सामाजिक दूरी कायम गर्ने आग्रह गरे । ८ लाख भन्दा बढी क्रियाशिल सदस्यहरु अधिवेशनमा सहभागी हुने कांग्रेस सभापति देउवाले बताए ।
जनकपुर प्रादेशिक अस्पतालका अहेव देवेन्द्र ठाकुर अस्पतालभित्रै कुटिए
स्वास्थ्यसमाचार/ भदौ ११ गते दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्टेन्ट डा विनोद सिंह माथि केही युवा समूहले कालोमोसो दलेर भागे। त्यसको विरोधमा अस्पतालका स्वास्थ्यकर्मीहरुले आन्दोलन पनि गरे। यो घटना भएको एक साता बित्न नपाउँदै जनकपुर प्रादेशिक अस्पतालका एक स्वास्थ्यकर्मी माथि कुटपिट भएको छ। बिहीबार दिउँसो साढे तीन बजे केही अज्ञात समूहले अहेव देवेन्द्र ठाकुर माथि कुटपिट गरेका हुन्। अपरिचित समूहले अस्पतालमा कार्यरत अहेब देवेन्द्रकुमार ठाकुरलाई कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले वताए ।दिउँसो साढे तीन बजेतिर अस्पतालमा काम गरिरहेका ठाकुरलाई बाहिर बोलाएर ग्राउण्डमा कुटपिट गरिएको थियो ।डा यादवकाअनुसार…
भिम अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता माग पुरा गर्ने सहमति
स्वास्थ्यसमाचार/ विभिन्न माग राखी आमरण अनशनमा रहेका भिम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत् पक्ष, अस्पताल व्यवस्थापन समिति, मेडिकल सुपरिडेन्टेन र अस्पताल ब्यवस्थापन समितिका पूर्व अध्यक्षहरुको रोहवारमा भएको छलफलमा आन्दोलनकारीको माग पुरा गर्ने सहमति भएकोले आमरण अनशन तोडिएको हो । अस्पताल प्रशासनले माग गरेको स्पष्टिकरण फिर्ता लिने र अनशनरत् कर्मचारीको अन्य माग सम्बोधन सम्बन्धमा ३ सदस्यीय समाधान समिति पनि गठन भएको छ । अस्पताका डाक्टर बद्री बैदवारको संयोजकत्वमा गोविन्दबहादुर ज्ञवाली र अनशनकारी गोपाल उपाध्याय सदस्य रहने गरि समिति गठन भएको छ । यो समितिले ७ दिन भित्र…
COVID-19 संक्रमणबाट शैक्षिक क्षेत्रमा सृजित चुनौती र अवसरहरू
सन् २०१९ को डिसेम्बरमा चीनको हुवान सहरबाट शुरू भएको कोरोना भाइरसको संक्रमण क्रमसः विश्वका सबै महादेश र प्रयास राष्ट्रहरूमा फैलियो | २०२१ को अगस्टको अन्त्यसम्म आइपुग्दा विश्वका २१६२२४३५१ मानिसहरू संक्रमित हुन् पुगे भने ४४९९१९१ (२.०८%) मानिसहरूले ज्यान गुमाई सकेका छन | यो रोगको संक्रमणलाई नियन्त्रण गर्न विश्व स्वास्थ्य संघ लगायत अन्य संघ-संस्थाहरू र सरकारहरूको आहवानमा विश्वका अधिकांश देशहरूले पूर्ण तथा आंशिक निषेधाज्ञा तथा यात्रा प्रतिवन्ध लगाउने कार्य गर्दै आइरहेका छन् जसबाट स्वास्थ्य, शिक्षा, यातायात, पर्यटन, कृषि, उद्ध्योग लगायत सबैजसो क्षेत्रहरू प्रभावित भैरहेका छन | सरकारी तथा नीजि शैक्षिक संस्थाहररूबाट भौतिक…
नेपालले छोटो समयमा १५ प्रतिशत जनसंख्यालाई खोप लगाएको भन्दै डब्लूएचओले दियो बधाई
स्वास्थ्यसमाचार/सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो । बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन् । मन्त्रालयको तथ्यांकअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ६४ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप मात्रा लगाएका छन् । हालसम्म नेपालमा भोरोसेल,…
सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड रुपैयाँको स्वास्थ्य सामाग्री सहयोग
स्वास्थ्यसमाचार/ भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले सुदूरपश्चिम प्रदेश सरकारलाई झण्डै १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । अमेरिकास्थित विभिन्न संस्थाहरुसंग पहल गरी प्रतिष्ठानलाई प्राप्त भएको स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिन् । प्रतिष्ठानले गाउन आइसोलेसन, फेस शिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री सहयोग गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले तेस्रो चरणको महामारी रोकथाम तथा नियन्त्रणको लागि आवश्यक तयारी गरिरहेको र महामारीमा सहयोगी हातहरुले सहयोग गर्दा महामारीसंग जुध्न सकिने बताए…
माग सुनुवाई नभएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी अनशनमा
स्वास्थ्यसमाचार /भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मी आमरण अनशनमा बसेका छन् । अस्पतालमा कार्यरत कर्मचारीमाथि भइरहेको अन्याय अत्याचारकाविरुद्ध अनशनमा बस्न बाध्य भएको अस्पतालमा कार्यरत अहेव गोपाल उपाध्यायले बताए । अस्पताल विकास समिति मातहत कर्मचारीलाई नेपाल सरकारले तोकेबमोजिम सेवा सुविधा दिनुपर्ने आफूहरुले माग गर्दै आए पनि त्यो मागको सुनुवाइ हुन नसकेको उपाध्यायले बताए । अस्पताल विकास समितिले मंगलबार आयोजना गरेको धन्यवाद ज्ञापन तथा सम्मान कार्यक्रमको टिप्पणी गर्दै यहाँ कार्यरत केही कर्मचारीले सामाजिक संजालमा कर्मचारी आचरणविरुद्ध नकारात्मक तथा भ्रामक विषय पोष्ट तथा कमेन्ट गरेको भन्दै मंगलबार अस्पताल प्रशासनले तीन जनालाई स्पष्टीकरण सोधेको थियो ।…
बुटवल उद्योग बाणिज्य संघमा औषधि बस्तुगत समितिमा :बस्याल
स्वास्थ्यसमाचार /बुटवल उद्योग बाणिज्य संघमा औषधि बस्तुगत समिति गठन गरिएको छ । बुधबार बसेको व्यबसायी सदस्यहरुको बैठकले एकदेव बस्यालको सभापतित्वमा समिति गठन गरेको हो । समितिको उपसभापतिमा दीपक भट्टराई, सचिवमा ध्रुवकुमार शर्मा, कोषाध्यक्षमा दीपक अधिकारी तथा सदस्यहरुमा सुरज खत्री, नारायण तिवारी, रमेशप्रसाद पाण्डे, लक्ष्मण मण्डारी र किशोर पोखरेललाई चयन गरिएको छ । कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले गठित बस्तुगत समितिलाई औषधि व्यबसायीका समस्या पहिचान गर्न आग्रह गर्दै पहिचान गरेका समस्या समाधानको लागि संघले पहल पैरवी गर्ने प्रतिवद्धता व्यक्त गरे । । उहाँले संघको बारेमा जानकारी गराउँदै संघको गरिमा र साख…