स्वास्थ्यसमाचार/ चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको २० लाख सिरिन्ज नेपाल आइपुगेको छ।शनिबार चिनियाँ प्रतिनिधिले नेपाली प्रतिनिधिलाई सुई हस्तान्तरण गरेको नेपालस्थित चिनियाँ दुतावासले जनाएको छ। कोभिडविरुद्धको खोप लगाउनका लागि प्रयोग हुने यो सुई ०।५ एमएलको नर्मल साइजको हो।नेपाल आइसकेको सिरिन्ज टेकु स्थित भण्डारणमा शनिबार राति नै राखिने स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाले जनाएको छ।
समाचार
२४ घण्टाभित्र नेपालमा १० हजार २ सय ५४ संक्रमित, १६ संक्रमितको मृत्यु
स्वास्थ्यसमाचार/ नेपालमा एकैदिन १६ कोरोना संक्रमितको मृत्यु भएको छ। लामो समयदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या १० भन्दा कम थियो। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार एकैदिन थप १६ जना संक्रमितको मृत्यु भएको छ। यो पछिल्लो समयको सबैभन्दा धेरै संख्या हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको छ। नेपालमा थप १० हजार बढीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि २० हजार १ सय ८७ जनाको नमुना परीक्षण गर्दा थप १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण देखिएको हो। त्यस्तै पछिल्लो २४ घन्टामा…
चैतभित्र सबैलाई पूर्ण मात्रामा खोप: प्रधानमन्त्री देउवा
स्वास्थ्यसमाचार/ प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको दाबी गरेका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारी अस्पतालमा पर्याप्त अक्सिजन र बेडको व्यवस्था गरिएको दाबी गरे। कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा रहेको पनि बताए। उनले भने, कोभिडि रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर्दा अर्थतन्त्र र सामिजिक गतिविधिलाई कम असर पर्नेगरी गरिनेछ। उनले पूर्ण खोप नै समाधान भएकाले चैतभित्र सवैलाई खोप उपलब्ध गराउने प्रतिबद्धतामा सरकार स्थिर रहेको बताएका छन्। त्यहीअनुसार खोप अभियान चलिरहेको उनको भनाइ छ। उनले स्वास्थ्य उपचारका विषयमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै सुरक्षा मापदण्ड…
स्वास्थ्यकर्मी र खोप लिएर गाँउगाँउ पुगे तिलोत्तमाका मेयर घिमिरे
स्वास्थ्यसमाचार/ कोरोना संक्रमण बढ्दै जान थालेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शुन्य खोप अभियान थालेको छ ।नगरपालिकाले गाँउगाँउ,टोल टोल र विभिन्न कलकारखानामा कार्यरत कोरोना खोप लगाउन समय नभएका तथा छुटेकाहरुलाई उनिहरु भएकै ठाउमा गएर खोप लगाउने अभियान तिब्र रुपमा अगाडि बढाएको हो । त्यसको नेतृत्व तिलोत्तामाका मेयर बासुदेव घिमिरे आफैले गरेका छन् । उनी आफै स्वास्थ्यकर्मी सहित खोप लिएर गाँउगाँउ धाएका छन् ।बुधबारदेखि शुरु भएको शुन्य खोप अभियान अन्तर्गत नगर दौडाहामा नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरदेवी चौधरी आफै हिडेर खोप अभियानलाई अझै प्रभावकारी र तिब्र पारेको नगरपालिकाले जनाएको छ । बिहिबार…
सरकारले घटायो पीसीआर शुल्क, सरकारीमा ८ सय, निजीमा १५ सय
स्वास्थ्यसमाचार/ प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि पिसिआर परीक्षणको शुल्क घटाइएको छ। प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलाई निजी अस्पताल तथा ल्याबमा पिसिआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन गरेका थिए। सोही निर्देशनअनुसार आज स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षणको शुल्क घटाएको छ। अब सरकारी अस्पतालमा भर्ना भएको बिरामीको निस्शुल्क पिसिआर परीक्षण हुने र परीक्षण मात्रै गर्नेलाई ८ सयभन्दा बढी लिन नपाउने निर्णय भएको छ। यसअघि सरकारी अस्पतालमा पिसिआर परीक्षणको एक हजार रुपैयाँ शुल्क लाग्दै आएको थियो। त्यसैगरी निजी अस्पताल तथा ल्याबहरूले १५ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको…
रेडक्रसद्वारा लुम्बिनी प्रादेशिक अस्पताललाई भेन्टिलेटर सहित उपकरण प्रदान
स्वास्थ्यसमाचार/ नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई एक थान भेन्टिलेटर सहित त्यसमा लाग्ने उपकरणहरु प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाईटीले उपलब्ध गराएको एक थान भेन्टिलेटर सहित त्यसमा लाग्ने एक थान स्पेयर पार्ट, ८० थान भेन्टिलेटर एसेशोरिज फर एडल्ट र १० थान एसेशोरिज फर चाईड उपलब्ध गराएको हो । उक्त सामान नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। ईन्द्र ढकाललाई हस्तान्तरण गर्नुभएको हो । उक्त सामान प्रदान गर्दै नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महासचिव पंगेनीले कोरोना महामारीसंग जुध्नको…
निशुल्क रगत अभियान कार्यान्वन गर्ने स्वस्थ्यमन्त्री थारुको घोषणा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले प्रदेशमा निशुल्क रगतको अभियानलाई कार्यान्वन गर्ने बताएका छन । रुपन्देहीका साईक्लिङ क्लबहरुको अगुवाई, हिमालयन इन्टरियर प्रालिको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुधबार बुटवलमा भएको रक्तदान कार्यक्रममा बोल्दै उनले ४ करोड रुपैया बजेट विनियोजन गरेर कार्यान्वन गर्न सरोकारवाला निकायहरुको समन्वय तथा आवश्यक छलफल गरि अघि बढाएको बताए । बिरामीहरुले निशुल्क रगत उपलब्ध हुनु नै प्रमुख लक्ष्य भएको भन्दै उनले यसलाई क्रमस प्रदेश भर नै निशुल्क रगत उपलब्ध हुने गरि स्थाई नीति बनाउन चाहेको समेत दाबी गरे…
रुपन्देहीमा १५ हजार मध्ये पहिलो दिनमै दुईहजारले लगाए बुस्टर डोज
स्वास्थ्यसमाचार /रुपन्देही रुपन्देहीमा १५ हजार बढी अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार कर्मचारी लगायतलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज दिन सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार आज २ हजार भन्दा बढीलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाएको बताए । उनले आज बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भिम अस्पताल, आम्दा अस्पताल, जिल्ला प्रहरी कार्यालय भैरहवा, युसिएमएस लगायका ठाउँमा आज कोभिड–१९ विरुद्धको कोभिसिल्ड र भेरोसिल खोप लगाईएको बताए । उनले भोलीबाट रुपन्देहीका सबै पालिकामा खोप लगाउने ब्यवस्था मिलाएको बताए । त्यस्तै नेपाल प्रहरीको तालिमकेन्द्र शस्सत्र प्रहरीवल, नेपाली सेनालाई…
बुटवल उपमहानगरका सबै वडामा ल्याव सहितको स्वास्थ्य सेवा बिस्तार
स्वास्थ्यसमाचार/ बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरु व्यवस्थित भएका छन् । यहाँका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आधुनिक ल्याव सेवासहितको प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ । विस्तार भएका र ल्याव सहितको स्वास्थ्य प्रवद्र्धन केन्द्रको हालै एक समारोहबीच प्रमुख शिवराज सुवेदीले शुभारम्भ गर्नुभएको छ । सेवाग्राहीको आकर्षण बढेकोले जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विशिष्टिकृत सेवा समेत थपेर विस्तार गरिएको प्रमुख सुवेदीले बताउनुभयो । बुटवल वडा नं २ वडा नं १५ वडा नं१६ र वडा नं १९ मा सहरी स्वास्थ्य केन्द्र व्यवस्थित गरिएको छ । नयाँ संरचनामा नयाँ व्यवस्थासहितको स्वास्थ्य…
सैनामैना–९ मा मानसिक स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न
स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ९ मा मानसिक स्वास्थ्यसम्बन्धी दुईदिने तालिम कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ९ को आयोजनामा तालिम सम्पन्न भएको हो । कोरोना महामारी तथा विभिन्न कारणले पुरुषको तुलनामा महिलालाई मानसिक स्वास्थ्य समस्या हुने देखिएकोले तालिम आयोजना गरी वडाभित्रका ३० जना महिलाहरुलाई तालिम दिएको वडाअध्यक्ष डोलराज भण्डारीले बताए । उनले भने, ‘हामीले ९ नम्बर अरु वडा भन्दा फरक सबै क्षेत्रका रुपले पिछडिएको छ, महिलाहरुलाई सुरु देखि नै विभिन्न तालिम दिएर आत्मनिर्भर बनाउनेतर्फ लागेका छौं । ’उनले विगत ३ वर्षदेखि विश्वमा फैलिएको कोरोना महामारीबाट…