यही अवस्था रहे स्वास्थ्य बीमा अर्को वर्षबाट बन्द हुन्छ :स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बन्द हुने अवस्थामा रहेको बताएका छन् ।कान्तिबाट अस्पतालको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारले मात्र स्वास्थ्य बीमा धान्न नसक्ने भन्दै यहि अवस्था रहे अर्को वर्षदेखि बन्द हुनसक्ने बताए ।

उनले नागरिकमा आधारित स्वास्थ्य बीमा हुनुपर्ने भन्दै नागरिकमा आधारित स्वास्थ्य बीमा नभएको अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुन सक्ने अब नागरिकमा आधारित स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नुपर्ने बताए ।स्वास्थ्य बिमालाई एकलाख बाट बढाएर पाँचलाख पु¥याउन लागिएको उनको भनाई थियो ।

सरकारले वार्षिक सात/आठ अर्ब रकम निकासा गर्दै जाने, नागरिकले लगानी नगर्ने हो भने बीमा बन्द हुनसक्छ,मन्त्री पौडेलले भने,“स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा अन्र्तगतका कार्यक्रम बीमामा समावेश गरिनुपर्छ ।’

यसैबीच उनले कान्ति बाल अस्पताल कान्ति अस्पतालले चलाएको फार्मेसीमा कुनै पनि औषधी पाइँदैन भन्ने गुनासो सुन्नमा आएको बताए । उनले अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधी पाउँदैन भन्नु गैरकानुनी हो भन्दै औषधि नपाउने समस्याको समाधान खोज्न निर्देशन दिए ।

अस्पतालमा भएको फार्मेसी राम्रोसँग सञ्चालन गर्न सकियो भने अस्पताललाई नै नाफा हुने उनको भनाई छ । धेरै औषधी राखियो भने धेरै आम्दानी हुने भन्दै उनले आम्दानी धेरै हुने उपाय किन अपनाइँदैन भन्दै प्रश्न गरे ।

सम्बन्धित शिर्षक :