बाणगंगामा पानी परिक्षण प्रयोगशाला भवनको मुख्यमन्त्रीद्धारा उद्घाटन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको पानी परिक्षण प्रयोगशाला भवनको  एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । बाणगंगास्थित उत्तमनगरमा सुविधा सम्पन्न पानी परिक्षण प्रयोगशाला भवनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै मुख्यमन्त्री गिरीले प्रयोगशालाका लागि प्रदेशबाटै कर्मचारीको दरबन्दी आइसकेको र अब छिट्टै नै पानी परिक्षण कार्य सुरु हुने बताउनुभयो । विगतका दिनमा पानीबाट लाग्ने रोगबाट जनता ग्रसित रहेको बताउँदै प्रयोगशाला संचालनमा आएपछि यस्ता समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारको लगानीमा व्यवस्थित रुपमा निमार्ण सम्पन्न भएको यो पहिलो प्रयोगशाला रहेको बताउँदै…

सुर्तीजन्य पदार्थ निषेधको स्वागत गर्दै नगरपालिका लाई सम्मान गर्ने

स्वास्थ्यसमाचार/क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि चेतना मूलक कार्यक्रम गर्दै आइरहेको नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला कार्यसमिति रुपन्देहीले तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका लाई सम्मान गर्ने भएको छ । सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगले निम्त्याउने क्यान्सर रोगको रोकथाम र नियन्त्रणमा महत्त्वपूर्ण योगदान गर्दै ती पालिकाहरुमा सुर्तीजन्य पदार्थ निषेधका लागि चालेको प्रभावकारी कदमको स्वागत गर्दै विश्व सुर्तीजन्य पदार्थ बिरुद्धको दिवस मे ३१ (जेष्ठ १७)का दिन उक्त पालिकाहरुलाई सम्मान गर्ने निर्णय गरेको संस्थाका सचिव प्रजापाल गिरीले बताए । प्राणघातक प्रकृतिको क्यान्सर रोग सम्पुर्ण विश्व, हाम्रो देश र समाजकोलागि ठूलो चुनौती…

सुर्तीजन्य पदार्थमा कर बढाउन अर्वुद रोग निवारण संस्थाद्धारा अर्थमन्त्रीको ध्यानाकर्षण

स्वास्थ्यसमाचार/नेपाल अर्वुद रोग निवारण संस्थाले आगामी वर्षको बजेटमा सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज अर्थ मन्त्री डा प्रकाशशरण महतलाई भेटि सुर्तीजन्य पदार्थका कर बृद्धि गर्न अनुरोध गरेको हो । नेपालमा सुर्तीजन्य पदार्थमा करको दर मात्रै ४० प्रतिशतको आसपासमा रहेको छ । जवकी विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो मुलुकले सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर कम्तिमा ७५ प्रतिशत पु¥याउनु पर्ने भन्दै आएको छ । नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने मुलुकहरुको सूचीमा अग्रस्थानमा छ । सन् २०१९…

विश्व हिमोफिलिया दिवश:नेपालमा हिमोफिलियाका ५ हजार बढी विरामी

स्वास्थ्यसमाचार/ वीर अस्पतालका रक्तरोग तथा रक्तक्यान्सर विशेषज्ञ डा निरज कुमार सिंहले नेपालमा हिमोफिलिया रोगका विरामीको जिम्मा सरकारले लिनुपर्ने बताउनु भएको छ। आज विश्व हिमोफिलिया दिवश । यो दिवस प्रत्येक वर्ष अप्रिल १७ का दिन मनाइने गरिन्छ। यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। डा सिंहका अनुसार हिमोफिलिया एक प्रकारको वंशानुगत रोग हो, यसमा शरीरमा रगत जमाउने तत्त्व अर्थात् कल्टिङफ्याक्टरको कमी हुन्छ जसको कारण शरीरमा रगत जम्न पाउदैन र शरीरका विभिन्न भागहरूबाट रक्तश्राव हुन्छ। विशेषतः जोर्नीहरु, दातँ गिजा, दिशापिशाव, नाक र आन्द्राबाट रक्तस्राव हुन्छ। यो रोग मस्तिष्क पेट तथा…

बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने

स्वास्थ्यसमाचार/ सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ । सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ । कोरोन संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दुरी काम गरी , अनिवार्य मास्क…

भाइरल ज्वरोका कारण एमाले अध्यक्ष केपी शर्मा ओली अवस्थ

स्वास्थ्यसमाचार/ एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ। भाइरल ज्वरोका कारण ओलिको स्वास्थ्यमा समस्या देखिएको हो । अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहनुभएको जानकारी उहाँको सचिवालयले दिएको छ। ओलिले सामाजिक सञ्जाल फेसबुक मार्फत भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।” आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अध्यक्ष ओलीले विजयी हुन अग्रीम शुभकामना व्यक्त गर्नुभएको छ। “तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने…

लुम्बिनी प्रदेशका दुई अस्पतालमा विकास समिति अध्यक्ष र ८ सदस्य नियुक्त

स्वास्थ्यसमाचार लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पताल र प्युठान जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले २ अस्पतालका बिकास समितिका अध्यक्ष र ८ अस्पताल बिकास समितिका सदस्य नियुक्त गरेको हो। कुन अस्पतालमा कस्लाई नियुक्त ? लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिको अध्यक्षमा अजय श्रेष्ठ लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिको सदस्यमा लक्ष्मी खनाल प्युठान अस्पताल बिकास समितिको अध्यक्षमा बिनय बिराज श्रेष्ठ गुल्मी जिल्ला अस्पताल बिकास समितिको सदस्यमा संजीबनि अर्याल भिम अस्पताल बिकास समितिको सदस्यमा लक्ष्मी केसी कपिलबस्तु जिल्ला अस्पताल बिकास समितिको सदस्यमा सारदा चपई…

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा अजयमान श्रेष्ठ नियुक्त

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवलका अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ। बुटवलका उद्यमी श्रेष्ठलाई लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले उनलाई नियुक्त गरेको हो। तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष नियुक्त गरेका सुर्यवहादुर भट्टराईलाई कुल प्रसाद केसी नेतृत्वको सरकारले हटाएपछि लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्ष पद रिक्त थियो। बुटवलका रैथाने बासिन्दा ५३ वर्षीय श्रेष्ठले त्रिभुवन विश्वविद्यालय अन्तर्गत शंकरदेव क्याम्पस काठमाडौंबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनी यसअघि रुपन्देही उद्योगसंघको वरिष्ठ उपाध्यक्ष र महासचिवको रुपमा समेत काम गरेका थिए । लुम्बिनी बाणिज्य क्याम्पस बुटवलको पुर्व प्राध्यापक रहेका प्रतिष्ठित उद्योगी श्रेष्ठ रेडक्रस र परिवार…

स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । उहाँले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताउनुुभयो । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि…

कोरोना बढ्योः समयमै शतर्कता अपनाउन चिकित्सकको सुझाव

स्वास्थ्यसमाचार/ कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाबिरुद्धको खोप लगाउनेहरुको संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ बिरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारिमा संक्रमितहरु बढीरहेका छन् । यस बीचमा केही नागरिहरुको कोरोना भाइरसका कारण निधन भएको छ । तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा। शेरबहादुर पुनले बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा…