नेपालगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा सोनी विजयी

स्वास्थ्यसमाचार/ बाँकेस्थित नेपालगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अखिल क्रान्तिकारीकी दिपिका सोनी निर्वाचित भएकी छिन्। आइतबार भएको निर्वाचनमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सोनी विजयी भएकी हुन्। उनको ८१ मत आएको छ। उनकी प्रतिस्पर्धी निलिमा गिरीले ७८ मत ल्याएकी छिन्। उनी नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुकी उम्मेदवार हुन्। सचिवमा एमाले सम्वद्ध अनेरास्ववियुका देवार्चना अधिकारी विजयी भएकी छ्न्।कोषाध्यक्षमा गठबन्धनका तर्फबाट नेविसंघकी रेलुसा खत्री विजयी भएकी छिन्। सदस्यहरुमा अनेरास्ववियुका ईशा पौडेल, विनिता बेल्बासे र गठबन्धनका रश्मी अधिकारी निर्वाचित भएका छन्।क्याम्पसमा आइतबार भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको छ। क्याम्पसमा…

श्रीमान विदेश भएका महिलाले पनि गराउँछन् गर्भपतन

बागलुङ/ अहिले बजारका औषधी पसलहरुमा छ्याप्छ्प्ती गर्भपतन गराउने औषधीहरु पाइन्छन् । कानुनत सरकारले अनुमति दिएका औषधी पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधी बेच्न पाउँछन् । तर धेरै निजी अस्पतालहरुले जथाभावि रुपमा यस्ता औषधीहरु बेच्ने गरेका छन् । पछिल्लो समय असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण गर्भपतन गराउने क्रम बढ्दो छ । ग्रामीण इलाकामाभन्दा बजार क्षेत्रमा गर्भपतन गराउने महिलाको संखया बढी भएको पाइन्छ । बागलुङमा गर्भपतन गराउनेको संख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५७६ जनाले गर्भपतन जस मध्ये २० वर्ष मुनिका…

बुटवल भित्रका स्वास्थ्य संस्थाका अगुवाहरुसँग छलफल

स्वास्थ्य समाचार/ बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शनिबार बुटवलभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका अगुवाहरुसँग छलफल गरेको छ ।छलफल कार्यक्रमका बोल्दै सहभागीहरुले स्वास्थ्य संस्थाहरुबाट उत्पादन हुने फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले अगुवाई गर्न सुझाव दिएका छन् । स्वास्थ्य संस्थाका अध्यक्ष तथा कार्यकारी निर्देशकहरुले बुटवललाई स्वास्थ्यमा अगुवा सहर बनाउनका लागि विशिष्ट र आधुनिक सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने र त्यसका लागि उपमहानगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । सरकारी नीति निर्माणमा संघीय सरकारले निजी क्षेत्रलाई नियन्त्रणमुखी नीति बनाउन प्रयास गरेकोले खुला नीति अवलम्बन गर्न उनीहरुले सुझाव दिए । स्तरीय स्वास्थ्य सुविधा…

सुर्तिजन्य पदार्थको सेवनले नेपालमा वर्षेनी २७ हजार बढीको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा सुर्तिजन्य पदार्थको सेवनले वाट वर्षेनी २७ हजार १३७को मृत्यु हुने गरेको छ।, जुन नेपालमा मृत्युको करीब १५ प्रतिशत रहेको हो यो अबस्थालाई मध्यनजर गरि तिलोत्तमा नगरपालिकाले सुर्तीजन्य पदार्थ सेबन रोक्नका विक्रीमा रोक लगाएको छ । नगर क्षेत्रलाई स्वस्थ र सरसफाइ राख्न यस्तो निर्णय गरेको नगर प्रमुख रामकृष्ण खाणले वताए। नगरपालिकाद्धारा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानको १०० औँ श्रृंखला पुगेको अवसरमा नगरप्रमुख खाणले सो घोषणा गरेका छन।उहाले यसबाहेक बातावरण तथा सरसफाईसंग जोडिएका अरु चार वटा घोषणा गर्नु भएको छ। ‘गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा…

स्वीकृत दरबन्दी, फाजिल, सरुवा, भई नगएका कारण विवरण माग

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका निकायलाई दुई दिनभित्र कर्मचारी विवरण पठाउन निर्देशन दिएको छ। मन्त्रालयले पत्र लेख्दै मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालयको स्वीकृत संगठन संरचना बमोजिम कर्मचारीहरूको पदपूर्ति सम्बन्धी विवरण माग गरेकोले सफ्ट कपीसहित मन्त्रालयको कर्मचारी प्रशासन शाखामा [email protected] मार्फत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। स्वीकृत दरबन्दी, फाजिल, सरुवा, भई रमाना लिन बाँकी रहेको कारण लगाएत विवरण पठाउनुपर्ने शाखा अधिकृत बैकुण्ठराज रेग्मीद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

क्याबिन नं ६०७ मा सङ्घर्ष : डा.शम्भु खनाल

क्याबिन न. ६०७ मा कृतिका । कृतिकाको अहिले सातौँ महिना बितिरहेको छ ,एउटा अस्पतालको क्याबिन कोठामा । ६०७ नम्बर कोठा । उनको जीवनको अविस्मणीय अंक हुन्छ शायद । यी उनका संघर्षका दिनहरु हुन् । अस्पताल घरजस्तै महसुस गर्न थालिसकेकी छन् कृतिकाले । अस्पतालका सैयासँग अनौठो सम्बन्ध गाँस्न पुगिसकेकी छन् उनले । अनौठो किन भन्दा प्रिय नहुँदा पनि प्रिय हुन पुगेको सम्बन्ध हो नि त ! उनीसँग अरु उपाय पनि त छैन प्रिय नमानी । सधैंजस्तो उनका छालाले स्पर्श गरेका छन् । मायालु हातहरुको मात्र हैन । स्प्रिटको चीसो स्पर्श र…

स्वास्थ्य क्षेत्रमा दिने प्रिन्स महिडोल अवार्डका लागि आवेदन खुल्ला

स्वास्थ्यसमाचार/ थाइल्यान्ड सरकारले प्रदान गर्ने प्रिन्स महिडोल अवार्ड २०२३ का लागि आवेदन खुलेको छ। नेपालको चिकित्सा र जनस्वास्थ्यका क्षेत्रमा काम गरेका व्यक्ति वा संस्थाले अवार्डका लागि आवेदन दिन सक्नेछन्। परराष्ट्र मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयमा आएको पत्र अनुसार अवार्डका लागि चैत १३ गतेसम्म आवेदन दिन सकिने छ। अवार्डका लागि आवेदन दिनेले आफ्नो वा संस्थाको परिचयसहित गरेका कमको संक्षिप्त विवरण उल्लेख गरेर पठाउनु पर्ने हुन्छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार [email protected] मा इमेल गरेर आवेदन दिन सकिनेछ।

नसर्ने रोग सम्बन्धि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ४ दिने तालिम

स्वास्थ्यसमाचार/ चिकित्सक/ स्वास्थ्यकर्मीहरूको लागी ४ दिने नसर्ने रोग समन्धि तालिम बुटबलमा समापन भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्र आयोजनामा भएको तालिमको एक समारोहका बिच स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरीले समापन गर्नु भयो। समापनमा बोल्दै निर्देशक चौधरीले पछिल्लो समयमा नसर्ने रोगका विरामीको संख्या दिनानुदिन बढ्दै गएको र उपचारको लागि स्वास्थ्य संस्थामा आउने यस्ता विरामी अत्यन्तै क्रिटिकल अवस्थामा रहेको पाईएको कारण विरामीलाई उपचारका साथै उनीहरुलाई रोग नै लाग्न नदिने लक्षका साथ प्रदेशका १२ जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मिलाई तालिम दिएको बताउनु भयो। उहाले तालिमको मुख्य उद्देश्य नसर्ने रोगको बोरमा जनचेतना स्वास्थ्य…

देबदहमा स्वास्थ्य स्वयंसेविकालाई ३० दिने एडभान्स तालिम सुरु

स्वास्थ्यसमाचार/ देबदहमा महिला स्वयमसेबिका लाई एक महिने एडभान्स तालिम सुरु भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समुदायस्तरमा गएर सेवा गर्न सहजता होस भन्ने हेतुले एडभान्स तालिमको आयोजना गरेको हो। रुपन्देही र नबलपरासी जिल्लाका स्थानिय तहका १० जना महिला स्वयमसेबिका सहभागी तालिमको प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरीले शुभारम्भ गर्नु भयो। तालिममा शुभारम्भ कार्यक्रममा बोल्दै निर्देशक चौधरीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समुदायस्तरमा गएर सेवा गर्न सहजता होस भन्ने हेतुले एडभान्स तालिम दिन थालिएको बताउनु भयो। स्वयमसेबिकाहरुको पहिलेको काम भनेको ३ बटा मात्र थियो भिटामिन ,चुकाको औषधी…

तिलोत्तमा नगरपालिकाको सरसफाई अभियानमा सबैको प्रतिबद्धता

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो निकालिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअनुसार सिक्सलेनमा मानव साङ्लो निकालिएको हो । अयिभानमा सबै नागरिकबासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । योगिकुटीदेखि कोटिहवाको १३ किलोमिटर सडकका विभिन्न चोकमा जम्मा भएका सहभागीहरुले एक—आपसमा हात जोडेर सरसफाई अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लव, आमा समूह, खानेपानी,…