स्वास्थ्यसमाचार/न्युनतम सेवा मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।
अस्पतालले यस वर्ष पनि सेकेन्डरी बी लेभल अस्पतालहरुको उक्त मूल्याङ्कनमा देशभरका अस्पतालहरु मध्ये सबैभन्दा बढी ८९ अंक प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो ।
अस्पतालमा आइतबार आयोजित सेवा मुल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा बासुदेव उपाध्यायले सेवालाई थप बिस्तार र विशिष्टिकृत गर्दै लैजान आग्रह गरे ।
प्रदेश सरकारले अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा बजेट व्यवस्थापनमा तयार रहेको उल्लेख गरे ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा विनोद गिरीले प्रदेशको समग्र स्वास्थ्य सेवामा सुधार ल्याउने गरि प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे ।
अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले न्युनतम स्वास्थ्य सेवा मापदण्ड मूल्याङ्कनमा प्राप्त अहिले नतिजा प्रयाप्त नभएको उल्लेख गर्दै थप सुधारका योजना साथ काम गरिरहेको उल्लेख गरे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले हालसम्म भएका कार्यप्रगति र भाबी योजना बारे जानकारी गराए । अस्पतालमा सेवा बिस्तार कार्यक्रम अन्तरगत गाइनेतर्फ डेडिकेटेड अपरेशन थिएटर सञ्चालन, डिजिटल पेमेन्ट सेवा, एसएमएस मार्फत मेडिकल रिपोर्ट सेवा, फार्मेसी सेवा बिस्तार, चौबिसै घण्टा बीमा सेवा कार्यक्रम, सामाजिक सेवा इकाई सञ्चालन लगायतका कार्यहरु भएको जानकारी गराए ।
वेस्ट म्यानेजमेन्टमा लागि अटोक्लिप मेसिनको प्रयोग तथा प्रशोधन गरी बाहिर पठाउने व्यवस्था, आइभिएफ सेवा सञ्चालनका लागि अध्ययन सुरु लगायतका काम भइरहेको बताए ।
अनुगमन मुल्यांकन गर्नको लागि आएका भेरी अस्पतालको नर्सिङ प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठ,अर्घाखाँची अस्पताल प्रमुख डा .जगन्नाथ तिवारी लुम्बिनी प्रदेश एमएसएस फोकल पर्सन अस्मिता नेपाल, र एम एस एस अफिसर सन्देश पौडेल लगायतको टीमले लुम्बिनी प्रादेशिक अस्पतालको मुल्याकंन गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फोकल पर्सन दया सागर पन्थीले बताए ।
अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भैरहेको उल्लेख गरे ।अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रतिकया दिनुहोस्