औषधि र चिकित्सक लिएर नेपालगञ्ज उडेको विमान दुर्घटना

स्वास्थ्यसमाचार/काठमाडौंबाट औषधि र चिकित्सक लिएर नेपालगञ्ज उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । औषधि र चिकित्सक लिएर नेपालगन्ज उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमान अवतरणको क्रममा नेपालगन्ज बिमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । विमानमा चालकदलका तीन सदस्य र दुई चिकित्सक ९यात्रु रहेका थिए । उनीहरू सबै सकुशल रहेका छन ।

स्वास्थ्यकर्मिहरुलाई पीपीईको व्यवस्था गर्न सिएमए संघको माग

स्वास्थ्यसमाचार/नेपाल सिएमए संघले व्यक्तिगत सुरक्षा सामग्री ९पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पी पी ई को व्यवस्था गर्न माग गरेको छ । हाल विश्वमा महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणले देश नै लकडाउनको अवस्थामा रहेको र सि।एम।ए। स्वास्थ्यकर्मीहरुले अति नै जोखिममा काम गरिरहेको हुँदा पीपीईको व्यवस्था गर्न संघले तीनै तहका सरकारसंग माग गरेको छ । संघका केन्द्रीय महासचिव लाल बहादुर खड्काले एक विज्ञप्ती जारी गर्दै नीजि स्वास्थ्य क्लिनिक सञ्चालन गरेर स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था गर्न माग गरेका हुन् । “गाउँमा पहिलो उपचार गर्ने वा सल्लाह माग्ने स्थान नै पारोमेडिक्स सिएमए…

कोभिड–१९ : तिलोत्तमाले बनायो एक करोडको प्रकोप व्यवस्थापन कोष

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले एक करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष बनाएको छ । कोभिड–१९ को सँभावित जोखिमलाई मध्यनजर गरी यस अघि ८० लाख रुपैयाँ रहेको प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा २० लाख थपेर एक करोड पु¥याइएको हो । उक्त कोषमा नगरप्रमुख बासुदेव घिमिरेले व्यक्तिगत ५० हजार रुपैंयाँ दिएका छन् । यस्तै उपप्रमुख जागेश्वरदेवी चौधरीले १० हजार रुपैंयाँ र नगरपालिकामा कार्यरत करिब दुई सय जना कर्मचारी र पाँच सय जना शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ । कर्मचारी, शिक्षकको तलब जम्मा हुँदा र उद्योगी–व्यवसायीको…

सैनामैनामा अस्थायी आइसुलेसन अस्पताल संञ्चालन

स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिकामा कोरोना भाइरस कोभिड– १९ विरुद्ध कोरोना अस्थाई आईसुलेसन अस्पताल आज देखी संचालन आएको छ । सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष “अस्थायी आइसुलेसन” अस्पताल निर्माण गरी आजबाट संचालनमा ल्याईएको नगरप्रमुख चित्र बहादुर कार्कीले वताए । अस्पतालको सुभारम्भ गर्दै नगर प्रमुख कार्कीले “सैनामैना कसैलाई कोरोनाको आशंका भएमा अस्पताल तयार रहेकोले बिपदको बेलामा नआतिकन आधिकारीक ब्यतिलाई सम्पर्क गर्न अनुरोध गर्दै कतिपय गम्भिर विरामीलाई आवश्यक्ता अनुसार बुटवल वा काठमाण्डौं रेफर गरिने वताए। विरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्स लिइने समेत उल्लेख गर्दै…

धनगढीमा भेटिए कोरोना संक्रमित चौथो बिरामी

स्वास्थ्यसमाचार /धनगढीमा कोभिड १९ का कारण एक जना युवा संक्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार नियमित ब्रिफिङ गर्ने क्रममा धनगढीको सेती अस्पतालमा आइसोलसनमा भर्ना भएका एक जना युवामा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाविकास देवकोटाका अनुसार गत चैत ११ मा दुबईबाट नेपाल आएका ३८ वर्षीय युवा सेती प्रादेशिक अस्पतालमा भर्ना भएको जानकारी दिँदै उनमा कोरोना पोजेटिभ भएको बताए । उनको अवस्था खतरामुक्त रहेको र अहिले उनको उपचार भइरहेकोपनि डा देवकोटाले बताए । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ४ पुगेको…

प्रदेश ५मा आजसम्मको कोरोनाको अबस्था

स्वास्थ्यसमाचार /प्रदेश नं ५ मा कोरोना भाईरसका अवस्था हेल्प डेक्स स्कीन गरिएका बिरामी आईसोलेसन बेड र संकास्पद बिरामीको स्वाव परिक्षण सवन्धी स्वास्थ्य निर्देशनालयले एक बिज्ञप्ती जारी गरेको छ। स्वास्थ्य निर्देशनालयद्धारा जारी बिज्ञप्तीमा ४० हेल्प डेक्स १ लाख ९९ हजार १ सय ३१ जनाको स्किन टेष्ट आईसोलेसन बेड १९ प्रादेशिक अस्पताल सहित कुल १ सय १० कोरोना संकास्पद ५५ सेम्पल टेष्ट ३६ मध्ये १७ नेगेटीभ १९ प्रकृयामा रहेको स्वास्थ्य निर्देशनालयद्धारा जनाईएको छ ।

क्‍वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट, एक पक्राउ

स्वास्थ्यसमाचार /भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुरचौडीमा परिवारका सदस्य क्वारेन्टाईनमै छिरेर स्वास्थ्यकर्मीलाई भाटाले छातीमा हिर्काएर हातको बढी औंला चपाई दिएका छन् । घटना बैतडीको पुरचौडी नगरपालिका –५ कुवाकोटको हो । चैत १२ गते भारतको ब्याङ्लोरबाट आएका सात जनालाई पुरचौडी नगरपालिका–५ कुवाकोटको भूमिराज माबि काटै गहताडको क्वारेन्टाईनमा राखिएको थियो । क्वारेन्टाईनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई किन क्वारेन्टाईनमा रोखको भन्दै राती १०ः बजे ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि कुटपिट गरेका हुन् । कुटपिट गर्ने नरेन्द्र जागिरीका छोरा सुनिल जागिरीसहित भारतको…

काठमाडौँ महानगरपालिकाले छर्किन थाल्यो कीटनासक औषधी

काठमाडौं महानगरपालिकाले नोबेल कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नको लागि महानगरका विभिन्न स्थानमा  डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधी छर्कन थालेको छ। विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ कोरोना भाइरस को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। ‘काठमाडौँ महानगपालिकाले बढी भिडभाड हुने वीर अस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायतका स्थानमा बुधबारदेखि कीटनाशक औषधी छर्कने कार्यको सुरुवात भएको छ,’ उनले भने ‘सार्वजनिक स्थानहरुमा कीटनाशक औषधी छर्किने, सडक पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ।’ काठमाडौँ…

कतार एयरबाट आएका २ जना सम्पर्कमा एक जनाको खोजी रोहिणी गाउँपालिकामा १५ शैयाको क्वारेन्टाईन

स्वास्थ्यसमाचार/ रोहिणी गाउँपालिकाले बाहिरबाट आएका नेपालीहरुलाई लक्षित गरि १५ शैयाको क्वारेन्टाईन स्थापना गर्ने भएको छ । गाउँपालिमा बसेको बैठकले धकधईमा रहेको रामनरेश आदर्श माध्यमिक बिद्यालयमा हाललाई १५ शैयाको क्वारेन्टाई बनाउने र आवश्यकता अनुसार यसलाई थप्दै लौजाने निर्णय गरेको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले कोभिड १९को रोकथाम तथा नियन्त्रणको लागी क्वारेन्टाईनका आवश्यकता भएको बताए । उनले रोहिणी गाउँपालिकामा पनि धेरै जना बैदेशिक रोजगारको सिलसिलामा बाहिर गएको र हाल घर फर्किएर आएकोले यस्तो ब्यक्तिको निगरानी बढाईएको बताए । कोरोना संक्रमित एक युवती चढेकै हवाईजहाजमा रोहिणी गाउँपालिकाका युवा पनि आएकोले…

‘लकडाउन’को समयमा घरमै बसेर चिकित्सकसँग परामर्श लिने एप

स्वास्थ्यसमाचार/ विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ । हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरि विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने सकिने एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी दिए । सन् २०१६ मा सुरु भएको एपले हाल अनलाईन परामर्श सेवा, अस्पतालमा टिकट बुकिंग गर्ने लगायत थुप्रै स्वास्थ्य सेवा सहजीकरणको सेवा दिइरहेको छ । एण्ड्रोइड र आइओएस प्लेस्टोरमा उपलब्ध एप्लिकेशनमा परामर्शका लागि सयौं…