स्वास्थ्यसमाचार/काठमाडौंबाट औषधि र चिकित्सक लिएर नेपालगञ्ज उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।
विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । औषधि र चिकित्सक लिएर नेपालगन्ज उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमान अवतरणको क्रममा नेपालगन्ज बिमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।
विमानमा चालकदलका तीन सदस्य र दुई चिकित्सक ९यात्रु रहेका थिए । उनीहरू सबै सकुशल रहेका छन ।
प्रतिकया दिनुहोस्