स्वास्थ्यकर्मिहरुलाई पीपीईको व्यवस्था गर्न सिएमए संघको माग

स्वास्थ्यसमाचार/नेपाल सिएमए संघले व्यक्तिगत सुरक्षा सामग्री ९पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पी पी ई को व्यवस्था गर्न माग गरेको छ ।

हाल विश्वमा महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणले देश नै लकडाउनको अवस्थामा रहेको र सि।एम।ए। स्वास्थ्यकर्मीहरुले अति नै जोखिममा काम गरिरहेको हुँदा पीपीईको व्यवस्था गर्न संघले तीनै तहका सरकारसंग माग गरेको छ ।

संघका केन्द्रीय महासचिव लाल बहादुर खड्काले एक विज्ञप्ती जारी गर्दै नीजि स्वास्थ्य क्लिनिक सञ्चालन गरेर स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था गर्न माग गरेका हुन् ।

“गाउँमा पहिलो उपचार गर्ने वा सल्लाह माग्ने स्थान नै पारोमेडिक्स सिएमए स्वास्थ्यकर्मीका क्लिनिक भएको र उक्त क्लिनिकबाट सेवा दिने सिएमए स्वास्थ्यकर्मीले आफु अति नै जोखिममा सेवा दिदा आवश्यक पर्ने सुरक्षात्मक सामाग्री पीपीईनपाएको गुनासो बढिरहेको छ, विज्ञप्तीमा उल्लेख छ ।

देशलाई अप्ठयारो परेको बेला सेवा दिने चाहना हुँदाहुँदै पनि क्लिनिक समेत बन्द गरी घरमै बस्ने स्थिति भएको छ, यस्तो अवस्थामा नीजि स्वास्थ्य क्लिनिक सञ्चालन गरेर स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्यकर्मीहरुलाई पीपीईको व्यवस्था गर्नुपर्छ, विज्ञप्तीमा भनिएको छ ।

सम्बन्धित शिर्षक :