धनगढीमा भेटिए कोरोना संक्रमित चौथो बिरामी

धनगढीमा कोभिड १९ का कारण एक जना युवा संक्रमित भएको पुष्टि भएको छ ।

स्वास्थ्यसमाचार /धनगढीमा कोभिड १९ का कारण एक जना युवा संक्रमित भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार नियमित ब्रिफिङ गर्ने क्रममा धनगढीको सेती अस्पतालमा आइसोलसनमा भर्ना भएका एक जना युवामा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाविकास देवकोटाका अनुसार गत चैत ११ मा दुबईबाट नेपाल आएका ३८ वर्षीय युवा सेती प्रादेशिक अस्पतालमा भर्ना भएको जानकारी दिँदै उनमा कोरोना पोजेटिभ भएको बताए ।

उनको अवस्था खतरामुक्त रहेको र अहिले उनको उपचार भइरहेकोपनि डा देवकोटाले बताए । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ४ पुगेको छ भने अहिलेसम्म ८ सय २ जनाको परीक्षण भएको छ ।

सम्बन्धित शिर्षक :