स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ बुटबल ईकाई र लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ संघको आयोजनामा बुटबलमा६१ औं नेपाल नर्सिङ दिवस मनाईएको छ।’जेष्ठ नागरिक स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ आज ६१ औं नेपाल नर्सिङ दिवस मनाईएको हो । नेपाल नर्सिङ संघको ६१ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले नर्सिङ क्षेत्रको समस्या समाधानको लागि अस्पताल लागी रहेको बताउनु भयो उहाले अस्पतालबाट पाउने सेवा सुबिधाका लागी तथा माग भए अनुसारका तालिमहरु दिईने बताउनु भयो। लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राईले नर्सहरु अझै परिस्कृत हुनुपर्ने…
नर्सिङ
स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धी ४ दिने तालिम सम्पन्न
स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम समापन भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, तिलोत्तमा नगरपालिका ,बुटबल उपमहानगरपालिका, देबदह नगरपालिका, ओमसतिया गाउँपालिकाका स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाईका २३ जना स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि आधारभूत तालिम प्रदान गरिएको हो । तालिमको समापन कार्यक्रमका बोल्दै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीले खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको वताउदै खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण भएको बताउनु भयो उहाले खोप नियमीत लगाउन सबैलाई…
स्वास्थ्य सेवाका ४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि
स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवाका ४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि (बढुवा )भएको छ । बिहीबार स्वास्थ्य सेवा विभागले स्तरवृद्धि भएका ४ सय ५ जना नर्सिङ कर्मचारीहरुको सूची प्रकाशित गरेको हो । वि सं २०७९ असारमा महिनामा दर्ता भई कैफियतमा रहेका अनमी सहायक चौथोबाट सीअनमी पाँचौं तहमा स्तरवृद्धि भएको विभागले जनाएको छ । हेर्नोस बढुवा भएका नर्सिङ कर्मचारीहरुको सूची स्वास्थ्य सेवाका कर्मचारी स्तरवृद्धि विवरण
लुम्बिनीमा सुरक्षित गर्भपतन गराउने बढे ,२० वर्ष मुनिका १० प्रतिशत
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा गर्भपतन सेवा उपभोग गर्ने २० वर्ष मुनिका महिला झण्डै दश प्रतिशत रहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकको आधारमा बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनि रहेकाहरूको संख्या बढ्दै गएको देखिएको हो । आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेशभित्र २० वर्षमुनिका महिलाहरूले सुरक्षित गर्भपतन सेवा लिनेको संख्या नौ दशमलव ६ प्रतिशत देखिएको छ ।प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले आर्थिक वर्ष २०७४/ ०७५ मा ६ दशमलव दुई प्रतिशत रहेकोमा पाँच वर्षमा यो संख्या बढेर नौ दशमलव ६ प्रतिशतमा पुगेको देखिएको छ । सूचीकृत…
समायोजन मिलानका कर्मचारी अपुग तलब स्वास्थ्य मन्त्रालयले पठाउने
स्वास्थ्यसमाचार/ समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई तलब खुवाउन नसकिने भन्दैं स्थानीय तहहरुले भकाभक फिर्ता पठाउन थालेपछि त्यसलाई रोक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल थालेको छ । ८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत उल्लेख छ । मन्त्रालयले निर्णय गरेसँगै ८ गते नै ७५३ स्थानीय तहहरुलाई नै मन्त्रालयले पत्राचार गरिसकेको छ । ‘समायोजन÷समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीहरुको नपुग तलब भत्ता हाललाई यस मन्त्रालयबाट…
अपाङ्गता मैत्री मातृत्व स्वास्थ्य सेवा सञ्चालन निर्देशिका सार्वजनिक
स्वास्थ्यसमाचार/ अपाङ्गता मैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन निर्देशिका – २०७९ सार्वजनिक भएको छ। सार्वजनिक भएको उक्त निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखा र नेत्रहिन यूवा संघ नेपालको साझेदारीमा तयार पारिएको हो। निर्देशिका सार्वजनिकिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले यस निर्देशिकाको कार्यन्वयन पश्चात अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य लगायतका अन्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको बताए। उनले भने ‘अहिलेको सबै भन्दा महत्वपुर्ण विषय भनेको स्वास्थ्य साक्षरता हो । जनस्वास्थ्यका विषय घरदैलो सम्म कसरी पुर्याउने भन्ने…
स्वास्थ्य सेवा बिभागद्धारा ९सय २८ स्वास्थ्यकर्मीको स्तरवृद्धि
स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाको चौथो र पाँचौं तहका ९ सय २८ जना कर्मचारीको बढुवा गरेको छ।विभागले असारसम्म बढुवाका लागि आवेदन दिएका कर्मचारीहरुको स्तरवृद्धि गरेको हो। अहेव, ल्याब टेक्निसियनलगायतका सहायकस्तरका कर्मचारीहरुको स्तरवृद्धि भएको हो। बढुवाको सुची हेरौ । स्वास्थ्य विभागले गर्यो ९ सय २८ कर्मचारीको स्तरवृद्धि
निक साइमन्स अवार्डका लागि आवेदन खुल्यो मंसिर भित्र दिन सकिने
स्वास्थ्यसमाचार/ निक साइमन्स अवार्डुका लागि आवेदन खुलेको छ। ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थामा बसेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुलाई उक्त अवार्ड प्रदान गरिने छ। सेवाको गुणस्तरमा सुधार गर्न गरिएका कार्यहरु, संस्थाको पूर्वाधार विकासको लागि गरिएका कार्यहरु, अन्य सामाजिक कार्यहरु र सरोकार वालाहरुसँग मिलेर विकास लागि गरिएका कार्यहरु सामाजिक स्वास्थ्य सेवाको टेवा पुऱ्याउन गरेको कार्यहरु आवेदनमा उल्लेख गर्नुपर्ने छ। निक साइमन्स अवार्ड छनौटको लागि मंसीर मसान्त भित्र आवेदन दिनुपर्नेछ। यस्तो छ आवेदनको ढाँचा
स्वास्थ्य सेवा विभागद्धारा ४सय ९० नर्सको छैठौ तहमा बढुवा (सूचीसहित)
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले ४सय ९० जना नर्सको स्तरवृद्धि गरको छ। स्वास्थ्य सेवा बिभागले २०७९ आषाढमा दर्ता भै पाँचौबाट छैठौ तह लगायतमा स्तरवृद्धि गरेको हो । ४९० नर्सको सरुवा (सूचीसहित)नर्सिङ स्तरवृद्धि पाँचौबाट छैटौं..
स्वास्थ्य सेवा विभागद्धारा १२ सय २४ अनमी पाँचौ तहमा बढुवा
स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा विभागले एकै पटक १२ सय २४ अनमी नर्सिङ सहायक चौथो तहबाट पाँचौ तहमा स्तरवृद्धि गरेको छ । बिहिबार विभागले सार्वजनिक गरेको विवरणमा चौथो तहका अनमिहरुलाई पाँचौ तहको सिनियर अनमिमा स्तरवृद्धि गरेको हो । हाल स्तरवृद्धि गरिएका अनमीहरुको गत असारमा स्तरवृद्धि फारम भराइएको थियो । बढुवा सूची यो लिंकबाट हेर्नूहोस्.. २०७९-आषाढमा-दर्ता-भै-स्तरवृद्धि-गर…-नर्सिङ-चौथोबाट-पाँचौ-अनमी-तर्फका-कर्मचारीको-विवरण