स्वास्थ्यसमाचार /कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कपिलबस्तु नगरपालिका वडा नं १ को २५ बर्षीय यूवती संक्रमित भनिएको छ । ति यूवती स्वास्थ्यकर्मी भएको र उनि कपिलवस्तुअस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको बताइएको छ ।आज कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयका अनुसार उनिहरुको स्वास्थ अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पठाउने भएको छ । ।
नर्सिङ
अस्पताललाई ओपिडी सेवा सञ्चालन गर्न मन्त्रालयको निर्देशन
स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई ओपिडी सेवा सञ्चालन गर्नको लागि निर्देशन दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सबै अस्पतालले ओपिडी सेवा सञ्चालन गर्नेको लागि आग्रह गरे । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ओपिडी सेवा अवरुद्द भएको छ । धेरै लामो समयदेखि सर्वसाधारणले आवश्यक सेवा बाट बञ्चित भइरहेको भन्दै डा। देवकोटाले संक्रमण रोग नियन्त्रणका सावधानी र सुरक्षा अपनाएर अस्तालहरुमा ओपिडी सेवा सूचारु गर्ने आग्रह गरे । ‘नन कोभिडका बिरामीलाई जनस्वास्थ्यका हिसाबले पाउनु पर्ने सबै सेवाहरु पाउनु पर्ने हुन्छ,‘ डा देवकोटाले भने,‘ संक्रमण रोग…
स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलन गर्न सरकारको आह्वान
स्वास्थ्यसमाचार/कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ। सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार उक्त दिन बुद्ध जयन्ती परेको र लकडाउनका कारण बुद्ध जयन्ती मनाउन नसकिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ घरघरमा दीपावली गर्न आग्रह गरेका हुन्।’ यसअघि प्रधानमन्त्री ओलीले देशवासीलाई वैशाख १ गते बिहान राष्ट्रिय गान गाउन आग्रह गरेका थिए। २५ गते वुद्धजयन्ती पनि परेको छ । त्यस दिन लुम्बिनीमा…
भारतमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आकाशबाट पुष्प वर्षा
स्वास्थ्यसमाचार/ भारत सरकारले कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आकाशबाट पुष्प वर्षा गराएको छ । भारत सरकारले विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाको उपचारमा आफनो ज्यानको जोखिम मोलेर काम गरिरहेका उनीहरुको सम्मानमा हेलिकोप्टरबाट पुष्प वर्षा गरेको हो । भारतका तीन सेना थलसेना,वायुसेना र नौसेना ले आ आफनो तरिकाले आकाशबाट पुष्प वर्षा गरी चिकित्सक, स्वास्थ्यकर्मी , सुरक्षाकर्मी एवं अस्पतालमा खटिएका कर्मचारीका लागि सम्मान गरेको हो । कोरोना योद्धाका नाममा सरकारका तर्फबाट यो सम्मान गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । जहाँ जहाँ कोरोना संक्रमितको उपचार भइरहेको छ ती…
५७ वर्ष नर्सिङ सेवामा समर्पित नर्सिङ संघकी पूर्व अध्यक्ष को निधन
स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन भएको छ । ७७ वर्षीया राईको सोमबार विहान साढे ७ बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीकाअनुसार उनको सोमबार विहान निधन भएको हो । ‘उहाँको अवस्था अलि क्रिटिकल नै थियो, विहान बित्नुभयो,’ डा। सेन्चुरीले भने । शान्ता भवन पाटनबाट नर्सिङ पेशा सुरु गरेकी थिइन् । राई शान्ता भवन हाल ललितपुर नर्सिङ क्याम्पसको पहिलो नेपाली प्रमुख समेत थिइन् । नेपाल नर्सिङ काउन्सिलकी पूर्व रजिष्ट्रार लक्ष्मी राईकाअनुसार उनी सो क्याम्पको सुरुवाती चरणकी अध्यापक हुन् ।…
पीपीई लगाएर बुटबलमा छ हजार बालबालिकालाई खोप लगाइँदै
स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाले प्रतिकोरोनाको प्रभावकारी अभियान संगै सुरक्षित खोप कार्यक्रम पनि सुरु गरेको छ । आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवालाई अवरुद्ध हुन नदिन बुटवलले स्वास्थ्यकर्मीलाई पीपीइ लगाएर काममा खटाएको छ । बालबालिकाका लागि अत्यावश्यक र आधारभूत स्वास्थ्य सुरक्षाका लागि खोपको अति नै जरुरी पर्दछ । कोभिड–१९ को महामारी रोक्न लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीका विरुद्ध पूर्वतयारी संगै थप सुरक्षाको उचित प्रवन्ध मिलाएर खोप कार्यक्रमलाई सञ्चालन गरेको छ । बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिजोनलाई खोप भनिन्छ । एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि…
लकडाउनको अवस्थामा नियमित खोप सेवा सञ्चालन हुने
स्वास्थ्यसमाचार/ लकडाउनको अवस्थामा नियमित खोप सेवा सञ्चालन हुने भएको छ ।स्वास्थ्य सेवा विभागले पत्र पठाएर ७ वटै प्रदेश स्वास्थ्य निर्देशनलाय, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यलयलाई मार्गदर्शनमा व्यवस्था भएअनुसार नियमित खोप सेवा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको छ । विभागले खोप सेवा सञ्चालन मार्गदर्शनअनुसार नियमित खोप सुचारु गर्न व्यवस्था गर्न भनेको छ । मार्गदर्शनमा सामाजिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन हुने नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षाको व्यवस्था कुरा समेटिएका छन् । यस्तै, उक्त मार्गदर्शनमा लक्षितसबैबालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने, खोप सेवा…
स्त्री तथा प्रशुती रोगका बिरामी ईर्मेजेन्सीमात्र आउनुस
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल बुटबल स्त्री तथा प्रशुती रोग बिभागले आपतकालीन अबस्थाका बाहेक अन्य कुनैपनि बिरामी चेक जाच नगर्ने जनाएको छ । आज एक बिज्ञेप्ती जारी गरि बिश्वमा महामारीको रुपमा फैलीएको कोरोना भाईरस लाई थप फैलीन नदिन आफु पनि बच्न र अरुलाई पनि बचाउनको लागी बाट बच्न को लागी स्त्री तथा प्रशुती रोगका ईर्मेजेन्सी बिरामी बाहेक अरु चेक जाच नगर्ने बिज्ञेप्तीमार्फत जानकारी गराएका छन । अस्पतालमा अहिले पनि दैनीक ५० भन्दा बढी बिरामी आउने गरेका स्त्री तथा प्रशुती रोग बिषेशज्ञ डा अनुपा थापाले बताईन ।ओपीडि बन्दभएपछि ईर्मेजेन्सी नभएका समेत यता…
कोरोनालाई जितेकी नर्स :द्वन्द्वात्मक अवस्थाबाट माथि उठ्नु जीवन विजय हो
म एक नर्स हुँ, जन्म र मृत्युको साक्षी पनि । मृत्युको क्षणको पीडा पनि देखेको छु । बच्चा जन्मँदाको हर्षोल्लास पनि देखेको छु । कहिलेकाहीं लाग्छ कि अस्पताल जन्म र मृत्युको संगम हो । जहाँ एन्ट्री र एक्जिट द्वार छ । कोरोनाको लक्षण देखिँदा म काममै थिएँ । आजको यो शुभ बिहानी मेरो आफ्नो कोरोनाले छाडेका अनुभव साट्न चाहन्छु । सुन्दर चरीको मधुर अनि सुन्दर चीरबीर आवाज सुन्दै, पंक्षीहरुको महफिल भन्न चाहन्छु । साथै मेरो आफ्नो त्यो अवस्थामा गुज्रेका अनुभव बाँड्न मेरा अक्षर आतुर छन्, यो उषामा आज । जीवन…
स्वास्थ्यकर्मीको काटेको तलब फिर्ता गरियोस :नेपाल स्वास्थ्यकर्मी संघ
स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघले स्थानीय तथा प्रदेश तहमा सरकारले गरेको पहिलो पत्र अनुसार स्वास्थ्यकर्मीको तलव काटेको फिर्ता गर्ने व्यवस्था मिलाउन सरकार संग माग गरेको छ । आइतबार नेपाल स्वास्थ्यकर्मी संघले विज्ञप्ती जारीगरि स्वास्थ्यकर्मीको काटेको तलव फिर्ता गर्नको लागि सरकार समक्ष माग गरेको हो ।सरकारले निर्णय गरि परिपत्र गरेको अवस्थामा पुन सोही निकायबाट निर्णय गरि पुन परिपत्र नगर्दा सम्म यसले कानुनी मान्यता पाउँदैन, विज्ञप्तीमा भनिएको छ स्वास्थ्य सेवा कर्मचारी वा स्वास्थ्यकर्मीहरुको तलव नकाट्ने भनी निर्णय गरी पुन परिपत्र गर्ने व्यवस्था नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे द्धारा जारी बिज्ञेप्तीमा उल्लेख गरिएको…