लुम्बिनी प्रादेशिक अस्पतामा सेवा प्रवाह राम्रो तर रेकर्ड कमजोर

जनतालाई सेवा प्रवाह गर्नको लागि कुनै पनि किसिमको अवरोध हुुनुहुदैन : मन्त्री बराल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश सरकारले जनताको स्वाथ्य सुविधा प्रदान गर्ने कुरामा कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।सिमित स्रोत साधनका विचमा अधिकतम सेवा प्रवाह गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै मन्त्री बरालले यसको लागि सरकार ले कुनै पनि क्षेत्रमा अभाव हुन नदिने बताएका हुन ।

सोमबार बुटवलमा स्वाथ्य निर्देशनालयको आयोजना अस्पतालहरुमा न्युनतम सेवा प्रवाह मुल्यांकन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले स्वाथ्य क्षेत्रमा प्रदेश सरकार नयाँ भएपनि उत्साहजन काम गरेको बताए ।

उनले पहिलो केही बर्षमा प्रक्रियागत रुपमा सिक्ने क्रम जारी रहेको भन्दै सिकाई संगै स्वाथ्य उपलब्धिीमा समेत सरकार अगाडी रहेको बताए । उनले भने–जनतालाई सेवा प्रवाह गर्नको लागि कुनै पनि किसिमको अवरोध हुुनुहुदैन भन्ने मेरो मान्यता हो ।

सरकारी मातहतमा रहेका कर्मचारी, चिकित्सकहरुले जिम्मेबारी ढंगले काम गर्नुपर्ने भन्दै उनले सरकारी सेवा सुविधा लिने तर प्राईभेट काममा जोड दिने व्याक्तिहरुको लागि कारवाही सम्मको काम पनि गरिएको स्मरण गरे ।

लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति, कर्मचारी, चिकित्सक लगायतको सहभागीता रहेको कार्यक्रममा स्वाथ्य तथा जनसंख्या मन्त्रालयका डा. अच्युत राज कार्कीले अध्यायन प्रतिवेदनको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रतिवेदनको विषयमा कार्यपत्र प्रस्तुत गर्दे अस्पतालले सेवा दिएपनि रेकर्ड कमजोर देखिएको बताए ।अस्पतालमा ४ जना मेडिकल रेकर्ड रहेपनि अस्पतालमा रेकडको पाटो निकै कमजोर भएको बताए।

डा. अच्युत राज कार्कीले लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी देखी धेरै समस्या रहेको बताए। ४ दिन सम्म लगाएर अस्पतालको अबस्थाबारे अध्यन गरेको प्रतिबेदन प्रस्तुत गरे।यस्तै स्वास्थ्य निर्देशनालयका बरिष्ठ प्रशासक रोशनलाल चौधरीले पनि सेवा प्रभाहमा निरन्तरता भएपनि कागजीरुपमा लुम्बिनी प्रादेशिक अस्पतालको अबस्था कमजोर देखीएको बताए। उनले ब्यबस्थापन र रेकडमा कमजोर देखीएको बताए।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरेटेन्ण्डेन्ट डा. राजेन्द्र खनालले अस्पतालमा भैरहेको सेवा गरिरहेको कामको बारे अस्पतालको पकार्यपत्र प्रस्तुत गरेका थिए ।डा खनालले सुधारका काम भैरहेको बताए। अझैधेरै कामगर्नुपर्ने र अस्पतालको सेवा बिशिष्टकृत बनाउदै लैजाने बताए।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राईले ले आफ्नो धारणा राखेका थिए । कार्यक्रम संञ्चालन (Minimum Service Standard) न्युनतम सेवा मापदन्ड फोकल पशन कौसल भन्डारीले गरेका थिए।

सम्बन्धित शिर्षक :