नेपाललाई कोभ्याक्सको पत्र कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्नु

स्वास्थ्यसमाचार / भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्यासले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को कुन खोप उपयुक्त हुन्छ भनेर विकल्प मागेको छ।

कोरोना विरुद्धको खोप कम विकसित, विकासशील, विकसोन्मुख देशहरुमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज उपलब्ध गराएको थियो।

कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। कोभ्याक्सले मे वा जुन महिना सम्ममा कोभिसिल्ड खोपको बाँकी डोज उपलब्ध गराउने भनेपनि अहिले उक्त खोपको विकल्पमा नयाँ खोप खोज्न नेपाललाई आग्रह गरेको हो।

भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले अझै एक वर्ष कोभिसिल्ड खोप दिन नसक्ने भनेको भन्दै कोभ्याक्सले त्यसको विकल्पमा अर्को उपयुक्त खोप रोज्न नेपाललाई आग्रह गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए ।

खोप उपलव्ध गराउन नसकिने भनेसँगै उसले विकल्प माग गरेको हो।नेपालमा औषधि व्यवस्था विभागले कोभिसिल्ड, कोभ्याक्सिन, स्पुतनिक भी र भेरोसेल खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ।

स्वास्थ्य सेवा विभागले कोभिसिल्ड तत्काल नआउने भएपछि खोप खरिदका लागि नेपालमा दर्ता भएका अन्य तीन खोप उत्पादक र अमेरिकाको मोडर्ना, जोन्सन एण्ड जोन्सन कम्पनी पत्राचार गरेको थियो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले अमेरीकाको जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भी खोप पठाउन सकारात्मक रहेको प्रतिउत्तर आएको जानकारी दिए।

 

सम्बन्धित शिर्षक :