भेरोसेल लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा ‘बुस्टर डोज’ दिने भएको छ। राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो। समितिको सिफारिस र विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिन थालिएको स्वास्थ्य सेवा विभागको परिवार कल्णाण महाशाखाका प्रमुख डा विवेककुमार लालले जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वास्थ्यमन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग यही मङ्सिर १७…

नयाँ भेरियन्ट ‘ओमिक्रोन’लाई अहिले प्रयोगमा अ‍ाएकै खोपले काम गर्छ :डब्लूएचओ

स्वास्थ्यसमाचार/ कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन अहिले विश्वका ४० भन्दा धेरै देशमा फैलिइसकेको छ । यो भेरियन्ट यसअघिका बिटा र डेल्टा भन्दा खतरनाक हुने अनुमान विज्ञहरुले गरिरहेका छन् । अहिले लगाइएका कोभिड–१९ विरुद्धको खोपले ओमीक्रोन भेरियन्टलाई रोक्न नसक्ने होकि भन्ने आशंका भइरहेको छ । नयाँ भेरियन्टबारे खास अनुसन्धान भइसकेको छैन । तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमीक्रोन भेरियन्टबाट बचाउन अहिलेनै खोपले काम गर्ने बताएको छ । ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि खोप लगाइसकेका व्यक्तिगम्भीर बिरामी नपर्न डब्लुएचओका अधिकारीको दावी छ ।दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको…

रुपन्देहीमा कोरोनाका को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता

स्वास्थ्यसमाचार/ रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति ९डिसिसिएमसी०को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए । उनले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाकालगायतका अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको समेत जानकारी दिए । “विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचलाई कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ” उनले भने। बेलहिया नाकाबाट भारतलगायत,…

बुटबलमा एकद्वार संकट व्यवस्थापन सम्वन्धि दुईदिने तालिम समापन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको समन्वय सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुको आयोजना र यूनिसेफको सहयोगमा एकद्धार संकट ब्यवस्थापन केन्द्र तथा सरोकारवालाको क्षमता अभिबृद्धि सम्बन्धी २ दिने तालिम बुटवलमा सम्पन भयो । तालिममा एकद्धार संकट ब्यवस्थापन केन्द्रलाई कसरी हिंसा प्रभावित व्यक्तिहरु सम्म सहज तरिकाले पुर्याउन र लैङ्गिक हिंसा रोक्न कसरी काम गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल गरिएको थियो । तालिममा यूनिसेफका प्रकास कनैले बालबालिका बढि हिंसामा पर्ने र आफ्ना कुरा राख्न नसक्ने भएकाले पनि सरोकारवाला व्यक्ति संबेदशील भएर काम गर्नुपर्ने बताए । त्यस्तै जेबिभी प्रशिक्षक सूर्य प्रसाद पौडेलले ओसिएम्सी सेवा प्रभाबकारी…

ओमिक्रोनबाट आतंकित हुनु पर्दैन, पहिलेजस्तै सावधानी अपनाए पुग्छ:भाइरोलोजिस्ट लुना भट्ट

स्वास्थ्यसमाचार/सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको पुष्टि गरेको थियो। मंसिर ३ गते नेपाल आएका दुई जना विदेशी नागरिकमा ओमिक्रोन भेटिएको मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको हो। संक्रमण पुष्टि भएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको सम्पर्कमा आएकाहरूमा संक्रमण नेगेटिभ देखिएको विज्ञप्तिमा उल्लेख छ। ३५ भन्दा बढी देशहरूमा भेरियन्टका संक्रमित फेला परिसकेकाले पनि पछिल्लो समय यसलाई लिएर विश्व नै तरंगित छ। नेपालमा पनि ओमिक्रोन भेरियन्ट फेला परेसँगै यसलाई लिएर धेरै जनालाई यसबारे चासो छ। भाइरोलोजिस्ट डाक्टर लुना भट्ट ओमिक्रोन भेरियन्टलाई…

लुम्बिनी प्रादेशिक अस्पताललाई आइस लाइन रेफ्रिजरेटर हस्तान्तरण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई भ्याक्सिन भण्डारणमा सहजहोस भन्ने उदेश्यका साथ लुम्बिनी प्रदेश आपुर्ति केन्द्रले आइस लाइन रेफ्रिजरेटर हस्तान्तरण गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा ईन्द्र ढकाललाई प्रदेश आपुर्ति केन्द्रका हरि आचार्यले रेफ्रिजरेटर हस्तान्तरण गरे । रेफ्रिजरेटर हस्तान्तरण कार्यक्रममा अस्पतालका शाखा अधिकृत सुरेन्द्र भन्डारी,नर्सिड प्रमुख ज्योति पौडेल, एमसिएच ईन्चार्ज मन्जु घर्ति ,स्टोर प्रमुख रुपलाल पन्थी लगायतका सहभागी रहेका थिए ।

बुटबलमा एकद्वार संकट व्यवस्थापन सम्वन्धि दुईदिने तालिम सुरु

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको समन्वय सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना र युनिसेफको सहयोगमा बुटवलमा एकद्वार संकट व्यवस्थापन केन्द्र तथा सरोकारवालाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ २ दिने तालिममा सुरु भएको छ । लैंगिक हिंसा पीडित वा प्रभावितहरुलाई एकिकृत रुपमा स्वाथ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, अल्पकालिन आश्रय, कानूनी उपचार आवश्यकता अनुसार सुरक्षा ब्यवस्था र परिवार तथा जिविकोपार्जनमा सहयोग गर्ने सम्वन्धि जानकारी दिने उद्देस्यले क्षमता अभिबृद्धि तालिम सुरु गरिएको हो । तालिममा वोल्ने अधिकासं सरोकारवालाहरुले स्थानिय सरकार सबैभन्दा नजिकको सरकार भएकोले निति नियम बनाउने र कडाईका साथ लागु…

सिटिइभिटी उपाध्यक्ष लाई तत्काल बर्खास्त गर्न डाक्टर केसीको माग

स्वास्थ्यसमाचार/ प्राविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लाई पिसिएल नर्सिङ भर्नामा चलखेल गरेको आरोप लागिरहेका बेला चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा। गोविन्द केसीले तालिम परिषद्का उपाध्यक्ष खगेन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गर्नुभएको छ । अधिकारी मेडिकल माफियाका प्रतिनिधि तथा निजी कलेज सञ्चालक रहेको भन्दै डाक्टर केसीले तत्काल पदबाट बर्खास्त गर्न माग गर्नुभएको हो । केसीले बिहीबार विज्ञप्ति जारी गरी अधिकारीले विश्वविद्यालय र स्कुल तहका कार्यक्रम एउटै संस्थाले चलाउन नसक्ने ऐनको प्रावधान मिचेर स्नातक तहका कार्यक्रम चलाउने कलेजहरूमा सिटिइभिटीका स्कुल तहका कार्यक्रममा विद्यार्थी भर्ना गराउने प्रयास गरेको जनाउनुभएको छ ।…

सिटिइभिटीका सदस्य सचिव काफ्लेको सेटिङमा केही नर्सिङ कलेजलाई सम्बन्धन दिइएको आरोप

स्वास्थ्यसमाचार/  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई पिसिएल नर्सिङ भर्नामा चलखेल गरेको आरोप लागेको छ । परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेले आफूअनुकूल र सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको अन्य कलेज सञ्चालकहरूले आरोप लगाएका छन् । अघिल्ला शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नियुक्ति गर्नुभएका काफ्लेले सिटिइभिटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँगको मिलेमतोमा आर्थिक लेनदेन मिलाएर सूचना जारी गर्नुभएको आरोप लागेको हो । सदस्य सचिव पदमा बहाली भएलगत्तै विवादित बन्नुभएका काफ्लेले करोडाँै रुपैयाँ आर्थिक चलखेल गर्न भर्ना खोलेको आरोप उहाँमाथि छ…

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ‘विस्तारित अस्पताल सेवा’ सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ‘विस्तारित अस्पताल सेवा’ सुरु भएको छ । बिस्तारित अस्पताल सेवाको बुधबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित चौधरीले सेवाको उद्घाटन गरे । अस्पतालमा उपलब्ध नभएका सेवाहरु थप गर्दै जाने योजना अनुसार बिस्तारित अस्पताल सेवा सुरु गरिएको हो । अस्पतालको सेवा समयभन्दा बाहिर (अरु समयमा) आएका बिरामीलाई सेवा प्रदान गरिने छ । सरकारले २०७७ चैतमा बिस्तारित सेवा कार्यविधि बनाएर यो सेवा सुरु गरेको थियो । संगै काठमाण्डौको टिचिङ, बिर, गंगालाल र चितनवमा पनि हालै यो सेवा सुरु भएको छ । पछिल्लो सयम…