बुटबलमा डेंगु र किटजन्य रोग नियन्त्रणको लागि अभियान सुरु

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि सचेतना अभियान सुरु गरेको छ ।वर्षायाम सुरु भएसँगै एडिस जातको लामखुट्टेको सक्रिय हुने र टोकाईबाट डेंगु रोग सर्ने भएकाले नियन्त्रणको लागि सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो । आईतबार उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयमसेवकहरुलाई डेंगु संक्रमण नियन्त्रणको लागि अभिमुखीकरण सञ्चालन गरेको छ । डेंगु रोग सफा पानीमा बस्ने लामखुट्टेको टोकाईबाट लाग्ने भएकाले घर वरपर टाएर,गमला, ड्रम लगायतमा पानी जम्न नदिनको लागि स्वास्थ्यका विज्ञहरुले शुझाँब दिएका छन । वर्षायाम सुरु भएसँगै डेंगुका बिरामीको संख्या पनि बढ्दै जाने भएकाले लामखुट्टेको टोकाईबाट बच्न सके डेंगुबाट…

डेंगीका मूख्य लक्षण, उपचार र बच्ने उपायहरू

स्वास्थ्यसमाचार/ एडिस एजेप्टाइ र ए.ई. अल्बोपिक्टस  जातको पोथी लामखुट्टेको टोकाइबाट भाइरसको संक्रमण भई सर्ने डेंगी रोग अहिले प्रकोपको रुपमा देखिएको छ। डेंगीका मूख्य लक्षणहरू -उच्च ज्वरो आउनु -जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु -आँखाको गेडी दुख्नु -बेस्सरी टाउको दुख्नु -शरीरमा राता बिमिराहरू आउनु -वाकवाकी लाग्नु वा वान्ता हुनु डेंगीबाट बच्ने उपायहरू: -एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने । -आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने…

पाल्पामा डेंगु नियन्त्रण सम्बन्धि जनप्रतिनिधि संग अन्तरक्रिया

स्वास्थ्यसमाचार/पाल्पा जिल्लामा डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीसंग अन्तरक्रिया सुरु भएको छ सुरु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर बर्न डिजिज शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले डेंगीको अवस्था, जोखिम क्षेत्र, सचेत हुनुपर्ने विषयहरु, रोकथामका उपाय, अपनाउनुपर्ने साबधानीलगाएतका विषयमा सहजिकरण गर्नुभएको छ । कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाको सहजिकरणमा सञ्चालन भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरिले सबै सचेत भएर योजना बनाएर काम गरे मात्र डेंगी रोग नियन्त्रणमा आउन सक्ने बताउनुभयो । कार्यक्रममा युनाईटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज लगाएत अन्य संस्थाका प्रतिनिधीहरुले…

बुटवलमा डेंगीको संक्रमण भए नभएको परीक्षण ६ सय रुपैंयामा हुने

स्वास्थ्यसमाचार/ बुटवलमा डेंगीको संक्रमण भए नभएको परीक्षण ६ सय रुपैंयामा हुने भएको छ । बुटवल उपमहानगरपालिकाको अनुरोधमा मेलान रुपन्देहीले तीन महिनाको लागि ६ सय रुपैंयामा डेंगीको संक्रमण भए नभएको परीक्षण गर्ने निर्णय गरिएको मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले जानकारी गराए । यस अगाडि डेंगी परीक्षण गरे वापत १ हजार रुपैंया लिईँदै आएको र बुटवल उपमहानगरपालिकाको विशेष सहयोगमा विरामीलाई सहुलियत प्रदान गर्ने गरी निर्णय गरिएको उजले जानकारी गराए । देशभर महामारीको रुपमा फैलिरहेको डेंगी संक्रमण नियन्त्रणको लागि नगरपालिकाले त्यस विरुद्धको अभियान सञ्चालन गरेको छ भने बुटवल उपमहानगरपालिका पनि उच्च जोखिममा रहेको…

बुटबल ११ नहरपुरमा डेंगु रोकथाम सचेतना तथा सरसफाई कार्यक्रम

स्वास्थ्यसमाचार/ बुटवल उपमहमनगर पालिका वडा न ११ पश्चिम नहरपुरमा डेङ्गी सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरले शुरु गरेको खोज र नष्ट गर अभियान अन्तरगत टोल समितिको अगुवाईमा कार्यक्रम भएको हो । डेङ्गीको प्रकोप रहदासम्म सरसफाई तथा जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिने टोल समितिका सचिव नन्दलाल पोख्रेलले जानकारी दिए । लमखुट्टेको टोकाईवाट डेङ्गी सक्रमण हुने भन्दै घर घरमा सचेतनामुलक कार्यक्रम सचालन गरिएको हो । सो अवसरमा टोल समितिका पदाधिकारी सदस्यहरु,महिलास्वास्थ्य स्वयमसेविका र स्थानियको सहभागिता रहेको थियो । टोलमा पानी जम्ने खाल्टाखुल्टी तथा टयरहरु व्यवस्थापन गरिएको थियो । टोल…

केन्द्रीय कारागार अस्पतालमा डेंगु रोकथाम सम्बन्धि अभिमुखीकरण

स्वास्थ्यसमाचार/केन्द्रीय कारागार अस्पतालका सेवाग्राहीहरुमा ज्वरोका बिरामीहरु पछिल्लो साता बढ्न थालेपछि अस्पतालले केन्द्रीय सुधार गृह,भद्र सुधार गृह, महिला सुधार गृहका आन्तरिक प्रशासनका चौकिदार,नाइके,भाइ तथा सह/नाइके र नख्खु,डिल्लीबजार कारागारमा कार्यरत स्वास्थ्यकर्मी, अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष,अप्रत्यक्ष संलग्न सबैलाई डेंगु नियन्त्रण सम्बन्धि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । केही समयदेखि देशभर डेंगुको संक्रमण १३ हजार माथि पुगेको अवस्था छ भने धरानले जनस्वास्थ्य आपतकाल घोषणाको माग गरिरहेको छ । यस्तो अवस्थामा सरोकारवाला सबै सक्रिय र सचेत रहनुपर्ने भएकाले रोग नियन्त्रण तथा रोकथाममा गम्भीर रुपले लाग्न मंगलबार केन्द्रीय कारागार अस्पातालको सभा हलमा अस्पतालका मेडिकल सुपरिटेन्डेट…

रेडक्रस बुटवल द्धारा डेंगुरोग नियन्त्रण सम्बन्धी अभिमुखीकरण

स्वास्थ्यसमाचार/समुदायमा डेंगु रोगका बिरामी बढेसँगै यसको नियन्त्रण र रोकथामका लागि स्थानिय स्तरमा बिभिन्न प्रयासहरु भैरहेका छन् । डेंगु रोग नियन्त्रण र रोकथामका लागि स्थानिय तह र स्वास्थ्य सेवासँग सम्बन्धित संघसंस्था र कार्यालयहरुले खोज र नष्ट गर, जनचेतनामुलक कार्यक्रम र अभिमुखीकरण लगाएतका कार्यक्रमहरु संचालन गरेका छन् । यसैबिच नेपाल रेडक्रस सोसायटी बुटवल उपशाखाको आयोजनामा बुटवल उपमहानगरपालीकाका १९ वटा वडामा कार्यरत सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिम्ुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । स्थानिय स्तरमा र वडातहमा डेंगु नियन्त्रण र रोकथामका लागि आवश्यक जनचेतना जागृत गर्ने उद्देश्यले गरिएको सो कार्यक्रममा सरोकारवालाहरुले स्वास्थ्य स्वयंसेविकाहरु समुदायमा पुगेर…

पाल्पामा डेंगी बढेपछि खोज र नष्ट अभियान सुरु

स्वास्थ्यसमाचार/पाल्पामा डेंगी संक्रमण बढेपछि नियन्त्रणका लागि खोज र नष्ट अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय, तानसेन नगरपालिका र नेपाल रेडक्रस सोसाइटी पाल्पाले बिहीबारबाट प्रत्येक वडामा खोज र नष्ट गर अभियान सञ्चालन गरेका हुन् । तानसेन नगरभित्र संचालित ग्यारेज, कवाडी संकलन गर्ने स्थल, वर्कसप लगायतमा टोली पुगेर लार्भा भएका पानीहरु फाल्न लगाउने, सचेतना जगाउने लगायतका कार्य गरिएको छ । अभियानमा स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, नगरपालिकाका स्वयंसेवक, प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिए । नगरभित्रका १४ वटै वडाका साथै विद्यालय, संघसंस्था, स्वास्थ्यकेन्द्र लगायत पानी जम्ने…

पाल्पामा डेंगीबाट ११ महिनाकी बालिकाको को मृत्यु

स्वास्थ्यसमाचार/डेंगी संक्रमणबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ ।तानसनेनस्थित युनाइेट मिसन अस्पतालमा उपचाररत वालिङ नगरपालिका–११, आमडाँडाकी ११ महिनाकी बालिकाको डेंगी संक्रमणबाट मृत्यु भएको हो । उनको बिहिबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । केही दिन अघि पनि डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको थियो । तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो । उनको पनि मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

लुम्बिनीका १२ वटै जिल्लामा २१९ जनामा डेंगु संक्रमण १ जनाको मृत्यु

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा २१९ जनामा डेंगु संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा आठ महिनाको अवधिमा २१९ जनामा डेंगु संक्रमण देखिएको छ । रुपन्देहीमा ५०, बांकेमा २६, दाङमा ३३, अर्घाखांचीमा २०, बर्दियामा १७, कपिलबस्तुमा ८, गुल्मीमा ५ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी रुकुम पुर्वमा ३, नवलपरासी पश्चिममा ३ तथा रोल्पा र प्युठानमा १÷१ जनामा डेंगु संक्रमण भएको तथ्याङक छ । प्युठानमा हालै मात्र डेंगु संक्रमण देखिए संगै प्रदेशका १२ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको हो ।सवैभन्दा धेरै…