रुपन्देही,बाँके,बर्दिया,सहित१६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी

स्वास्थ्यसमाचार /नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ । ७०औँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा आज ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा नेपालका १६ जिल्ला झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेको जानकारी दिइयो । अन्तरक्रियामा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयावहको स्थिति सिर्जना नहुने बताए ।“कुष्ठरोग नियन्त्रणका लागि जनचेतना जगाउनु आवश्यक छ, यहाँ विद्यार्थी भाइबहिनी पनि छन् ।…

कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौ

कुष्ठरोग छाला र नशामा लाग्ने श्वास प्रश्वासको माध्याम बाट मानिसबाट मानिसमा सर्ने एक प्रकारको कम सरुवा धेरै पुरानो रोग हो । यो रोग माइको ब्याक्टेरीयम लेप्रे नामक जिवाणु बाट लाग्दछ कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौ भन्ने मुल नाराका साथ यो बर्ष ७०औ विश्व कुष्ठरोग दिवश बिभिन्ना कार्यक्रमका साथ मनाइदैछ । यो एक विश्वभर कुष्ठ प्रभावित मानिसहरुको आवाज उठाउने अवसर हो । यस बर्षको नाराले कुष्ठ रोगलाइ प्राथामिकतामा राखेर अहिले बाट पहल गरे कुष्ठरोग उन्मुलन सम्भव छ भन्ने कुरा सन्देश दिना खोजिएको छ ।विस्व कुष्ठरोग दिवश विश्वका प्रशिद्ध मानवताबादी रावल…

लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च रहेको रहेको पाइएको छ । ७० औँ कुष्ठरोग दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको हो । हाल देशभर देशभर २ हजार १ सय ७३ जना कुष्ठरोग बिरामी छन् । जसमध्ये लुम्बिनी प्रदेशमा मात्रै ५८४ कुष्ठरोगीहरु रहेका छन् । निर्देशनालयका निर्देशक डा विनोद गिरीले लुम्बिनी प्रदेशको रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियासहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च रहेको बताए । सबै भन्दा धेरै बारा जिल्लामा कुष्ठरोगीका विरामीहरु…