कपिलवस्तु अस्पतालमा बेथिती: ऐन मिचेर फार्मेसी अधिकृत नियुक्त

आबश्यक कागजात अनुसार फार्मेसी अधिकृत पदमा नियुक्त भए मेसु डा बन्जाडे

-उनी सो नम्बरको आवेदक रहि १६ औं नाम दर्ता परिक्षामा २०७७ माघ ३० गते सहभागी हुन थालेको नेपाल फार्मेसी परिषदको वेबसाईट

-कर्मचारीको नियुक्ती प्रक्रियामा लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय लुम्बिनी प्रादेशिक अस्पतालका बिषय बिज्ञ सगै कपिलवस्तु अस्पतालका मेडिकल सुपरिडेन्टेन सहितका कर्मचारीको सहभागीता

-ऐन बिपरितका कार्य गरेको भए सो को खोजी र कारवाहीको प्रक्रियामा प्रशासन नचुक्ने कपिलवस्तुको प्रजिअ दिर्घ नारायण पौडेल ।

स्वास्थ्यसमाचार /जिल्ला अस्पताल कपिलबस्तुममा ऐन मिचेर फार्मेसी अधिकृत भर्ना गरिएकोे छ । नेपाल फार्मेसी परिषद ऐन २०५७ को व्यवस्था बिपरित ब्याचलर ईन फोर्मेसी गरि नेपाल फार्मेसी परिषदबाट आबद्धता नै नलिएका आवेदकलाई फार्मेसी अधिकृत पदमा नियुक्त गरिएको हो ।

फार्मेसी अधिकृत पदमा चयन भएका सुनिल पाठकले यहि माघ ३० गते नेपाल फार्मेसी परिषदमा १६ औं नाम दर्ता परिक्षामा सहभागी भई ब्याच लर ईन फार्मेसीको आबद्धताको लागी परिक्षा दिदै छन ।

परिषदमा आबद्धता प्रमाणपत्र लिएका अन्य आवेदकलाई पाखा लगाउदै प्रमाणपत्र नै नलिएका व्यक्तिलाई कर्मचारीमा नियुक्त गरिएको खुलासा भए पछि सो पदमा आवेदन दिएका अन्य आवेदकहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायमा उजुरीको तयारीमा छन ।

कपिलवस्तु अस्पतालले २०७७ मंसिर ५ गते सुचना जारी गर्दै बिभिन्न १४ पदका लागी करारमा कर्मचारी आवश्यकताको सुचना प्रकाशन गरेको थियो । पत्रिकामा प्रकाशित सुचनाको बिज्ञापन नम्बर ०९०७७/०७८ मा १ जना फार्मेसी अधिकृत पद (सातौं तह) का कर्मचारी माग गरिएको थियो ।

माग गरिएको फार्मेसी अधिकृतको बिज्ञापनमा मान्यता प्राप्त संस्थाबाट ब्याचलर ईन फार्मेसी उत्तिर्ण गरि सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनै पर्ने उल्लेख गरिएको थियो ।अस्पतालको सुचनाका आधारमा फार्मेसी अधिकृत पदमा ८ जनाले दरखास्त दिएका थिए । अस्पतालले दरखास्त दिएकाहरुको २०७७ पुस ७ गते अस्पतालमै लिखित परिक्षा र अन्र्तवार्ता लिएको थियो ।

परिक्षामा सहभागी भएका फार्मेसी अधिकृत पदका आवेदक मध्ये सुनिल कुमार पाठक छनौटमा परेका थिए भने बिरेन्द्र प्रसाद गुप्ता प्रथम बैकल्पिक र कामेश्वर यादव दोस्रो वैकल्पिकका रुपमा चयन भएका थिए । फार्मेसी अधिकृत पदमा चयन भएका सुनिल पाठक २०७७ पुस १६ गते देखी कपिलवस्तु अस्पतालमा हाजिर भएका छन ।

प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले उपलब्ध गराउने बजेटमा राखिएका कर्मचारीको नियुक्ती प्रक्रियामा लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रतिनिधी, लुम्बिनी प्रादेशिक अस्पतालका बिषय बिज्ञ सगै कपिलवस्तु अस्पतालका मेडिकल सुपरिडेन्टेन सहितका कर्मचारीको सहभागीता रहेको खुल्न आएको छ ।

बिभिन्न क्षेत्रबाट बिषय बिज्ञ झिकाईएको बताईए पनि अस्पतालमा फार्मेसी अधिकृत चयन भएका पाठकको ब्याचलर ईन फोर्मेसीको नेपाल फार्मेसी परिषदबाट आबद्धता नै नभएको अन्य आवेदकको आरोप छ ।

आवेदनमा उल्लेख गरिएको योग्यता पुरा भएको (मान्यता प्राप्त संस्थाबाट ब्याचलर ईन फार्मेसी उत्तिर्ण गरि सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनु पर्ने) भनि नियुक्ती पाएका सुनिल पाठक नै नेपाल फार्मेसी परिषदले २०७७ माघ ३० मा गर्न थालेको १६ औं नाम दर्ता परिक्षामा सहभागी हुदै छन ।

आवदेनमा फार्मेसी परिषदमा नाम दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी उपलब्ध गराएका उनले सोही प्रमाणपत्र लिनका लागी माघ ३० को परिक्षामा सरिक हुन थाले पछि ऐन मिचेर नियुक्ती प्रक्रिया अघि बढेको प्रष्टिएको हो ।अस्पतालमा नियुक्त भएका उनी अहिले दर्ता परिक्षामा सरिक हुनुले उनी ब्याचलर ईन फार्मेसीमा फार्मेसी काउन्सिल आबद्ध नभई किते कागजात खडा गरेर अस्पतालमा नियुक्त भएको देखिन्छ ।

परिषदले लिने ब्याचलर ईन फार्मेसीको नाम दर्ता परिक्षामा उनी जि १६०८०३ नम्बरका आवेदक हुन । उनी सो नम्बरको आवेदक रहि १६ औं नाम दर्ता परिक्षामा २०७७ माघ ३० गते सहभागी हुन थालेको नेपाल फार्मेसी परिषदको वेबसाईटमै देख्न सकिन्छ ।

नेपाल फार्मेसी परिषदको ब्याचलर ईन फार्मेसीको नाम दर्ता परिक्षामा सहभागी हुन थालेका उनलाई गरिएको नियुक्ती प्रक्रिया ऐन बिपरित छ । यसरी ऐन मिचेर गरिएको नियुक्ती प्रक्रियाले अख्तियारीको दुरुपयोग भएको समेत प्रष्टिएको छ ।आफुले ब्याचलर ईन फोर्मेसीको परिक्षा उत्तिर्ण गरि परिषदमा नाम दर्ता गराएको भए पनि परिषदमा नाम दर्ता नै नगराएका व्यक्तिलाई मिलेमतोमा चयन गरिएको फार्मेसी अधिकृत पदका आवेदक मध्यका पदमराज चौधरीले आरोप लगाए ।

“अख्तियार सहितका सम्बन्धित निकायले ऐन मिचेर किर्ते कागजात खडा गरि गरिएका यस्ता नियुक्ति प्रकृयामा सामेल सबैलाई कारवाही गर्न आवश्यक छ । योग्यता नै नपुगेका व्यक्तिलाई चयन गरिएको कार्यको बिरुद्धमा सम्बन्धित निकायमा उजुरी गर्ने तयारीमा छौ ।” चौधरीले भने ।

कपिलवस्तु अस्पतालमा गरिएको कर्मचारी नियुक्तीमा ऐन मिच्नेहरुलाई कारवाहीको दायरामा ल्याउन आवश्यक रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर १ का युवा अगुवा बृजेश भट्राले बताए । “यसरी अनियमित तरिकाले ऐन मिचेर गरिएको नियुक्तिको सम्बन्धित निकायले यर्थात छानबिन गर्न आवश्यक छ ।” उनले भने ।

नेपाल फार्मेसी परिषद ऐन २०५७ को परिच्छेद ३ मा रहेको नाम दर्ता सम्बन्धि व्यवस्थाको दफा ११ ले नाम दर्ता नगरी फार्मेसी व्यवसाय गर्न नहुने स्पष्ट पारेको छ ।परिषदमा नाम दर्ता नभएको कुनै पनि व्यक्तिले फार्मेसी व्यवसाय गर्न नहुने सो दफामा उल्लेख छ । त्यसै गरि सोहि ऐनको परिच्छेद ७ को बिबिध सम्बन्धि दफा २९ मा कसुर तथा सजाय सम्बन्धि व्यवस्थामा दफा ११ बिपरित परिषदमा नाम दर्ता नगराई फार्मेसी व्यवसाय गरेमा ऐन बमोजिम कसुर भएको मानी त्यस्ता व्यक्तिलाई ३ बर्ष कैद र ३० हजार रुपैया सम्म जरिवाना हुने व्यवस्था छ ।

ऐनले परिषदमा फार्मेसी व्यवसाय दर्ता नगराई व्यवसाय गर्न समेत बन्देज गरेको अवस्थामा परिषदमा दर्ता नभएका व्यक्तिले नेपाल सरकारको फार्मेसी अधिकृत पदमा जागिर खान नमिल्ने नेपाल फार्मेसी परिषदका रजिष्टार संजिव कुमार पाण्डे बताउछन ।

“परिषदमा दर्ता नभई व्यवसाय गर्नु वा फार्मेसी सम्बन्धि सरकारी कर्मचारी हुनु ऐन बिपरित हो । ऐन मिच्नेलाई आवश्यक कारवाही हुन्छ ।” पाण्डेले भने ।कपिलवस्तु अस्पतालमा फार्मेसी अधिकृत (सातौं तह) मा चयन भएका उमेदवार सुनिल पाठक २०७७ पुस १६ गते देखी कार्यालयमा हाजिर भएको कपिलवस्तु अस्पतालका सुचना अधिकारी समेत रहेका व्यवस्थापक रत्नाकर शुक्लाले जानकारी दिए ।

आवेदकले बिज्ञापनमा माग गरिए अनुरुपको कागजात पुरा गरि कर्मचारी भर्ना प्रक्रियामा सहभागी भई फार्मेसी अधिकृत पदमा नियुक्त भएको कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले बताए ।

बन्जाडेले आबेदक पाठकको माथी जिम्मेवारी थोपर्ने प्रयास गरे पनि ऐन बिपरितको नियुक्ती प्रक्रियामा मेसु सहितका कर्मचारीको भुमिका पनि शंकास्पद देखिन्छ । उता कसैले ऐन बिपरितका कार्य गरेको भए सो को खोजी र कारवाहीको प्रक्रियामा प्रशासन नचुक्ने कपिलवस्तुको प्रजिअ दिर्घ नारायण पौडेलले बताए ।

सम्बन्धित शिर्षक :