स्वास्थ्यसमाचार/ पहिलो पटक लुम्बिनी प्रदेशमा आयुर्वेद अस्पताल तथा स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड सेवा सुरु गरिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा लुम्बिनी आयुर्वेद चिकित्सालयमा सेवा सुरु गरिएको हो। संघीयता कार्यान्वयनपछि लुम्बिनीमा आयुर्वेद क्षेत्रमा पहिलो पटक यस खालको कार्यक्रम सुरु भएको स्वास्थ्य निर्देशनालय आयुर्वेद शाखाका कबिराज निरिक्षण गणेश सापकोटाले बताउनु भयो। उहाले भन्नुभयो– आयुर्वेदमा पनि न्युनतम सेवा मापदण्ड मापन सुरु गरिएको र यो नेपालमै पहिलो भएको बताउनु भयो। यो कार्यक्रम सुरु भएपछि आयुर्वेद अस्पतालको अवस्था अस्पतालबाट सेवा लिने सेवाग्राहीहरुको सन्तुष्टि अस्पतालमा थप गर्नुपर्ने सेवा लगायतका विषयमा जानकारी हुने वताउनु भयो…
आयुर्वेद
राष्ट्रिय आयुर्वेद एशोसिएसन लुम्बिनीको होली मिलन कार्यक्रम मणिग्राममा
स्वास्थ्यसमाचार/राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) लुम्बिनी प्रदेशको आयोजना होली मिलन कार्यक्रम भएको छ । सोमबार रुपन्देहीको मणिग्राम स्थित रक्षा आयुर्वेदिक औषधालयमा होली मिलन कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका केन्द्रिय संस्थापक उपाध्यक्ष शालिकराम भुसालको प्रमुख आतिथ्यमा रहेको थियो । होली मिलन कार्यक्रममा नेपाल आयुर्वेद स्वाथ्य कर्मी समाजका केन्द्रिय उपाध्यक्ष यमलाल भट्टराई, नेपाल आयुर्वेद उत्पादक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनाल, लुम्बिनी आयुर्वेद चिकित्सालयका बरिष्ठ कबिराज निरिक्षक गणेश सापकोटा, नेपाल आयुर्वेद स्वाथ्य कर्मी समाज लुम्बिनी प्रदेश उपाध्यक्ष धुर्व भण्डारी, नेपाल आयुर्वेद औषधी थोक ब्यबसायी प्रेम भट्राई…
आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फका १७ कर्मचारीहरुको स्तरवृद्धि
स्वास्थ्यसमाचार/आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फका १७ जना कर्मचारीहरुको स्तरवृद्धि भएको छ । आइतबार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले १७ जना कर्मचारीहरुको स्तरवृद्धि गरेको जानकारी दिएको हो । यसरी स्तरवृद्धि हुने कर्मचारीहरुमा १५ जना वैद्य चौथो तहबाट वरिष्ठ बैद्य पाँचौ तहमा बढुवा भएका छन् । पाँचौ तहबाट अधिकृत छैटौमा १ जना र वरिष्ठ कविराज निरिक्षक सातौ तहमा १ जनाले बढुवा पाएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागकाअनुसार स्तरवृद्धिका लागि २०८० पुसम्म विभागका दर्ता भएका निवेदनहरुबाट नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले तोकेका आधार र प्रक्रिया पूरा गरेका कर्मचारीहरुको स्तरवृद्धि भएको हो…
गुल्मीका दुई आयुर्वेद औषधि पसललाई एक-एक लाख जरिवाना
गुल्मी/गुल्मीमा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै दुई वटा आयुर्वेदलाई १–१ लाख जरिवाना तोकिएको छ ।सदरमुकाम तम्घासको पुरानो बजारमा सञ्चालनमा रहेको सफल र सम्पन्न आयुर्वेदलाई छुट्टाछुट्टै १–१ लाख रुपैयाँ जरिवाना तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम प्रशासनले कारबाही गरेको गैरेले बताए । प्रशासनले कारबाही गर्न मिल्ने क्षेत्र अधिकार भित्र रहेर अधिकतम कारबाही गरेको उनले बताए । १५ माघ २०८० मा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले आयुर्वेद पसल सिल गरेको थियो ।…
अर्घाखाँचीमा गृहिणीहरूका लागि भान्सा सुधार कार्यक्रम सञ्चालन
स्वास्थ्यसमाचार/अर्घाखाँचीमा स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहिणीहरूका लागि भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीको आयोजनामा जिल्लाका बिभिन्न स्थानमा भान्सा मार्फत स्वस्थकर जीवन जिउन सहयोग गर्ने उद्धेश्य अनुरुप गृहिणीहरूलाई लक्षित गरी भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको हो । खाना पकाउनु पूर्वदेखि उपभोगसम्म आयुर्वेदमा लिपिबद्ध पोषण प्रबर्द्धन कार्यहरूलाई पोषण संवेदनशील भई भान्सा सुधार मार्फत स्वस्थकर जीवन जिउनका लागि समुदायको पोषण सुधार हुने गरी परिणाम प्राप्त गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको केन्द्रले जनाएको छ । आयुर्वेद चिकित्सा विज्ञानमा स्वस्थ हुनका लागि असल खानापान, असल ब्यवहार र विचारलाई प्रमुख मानिएको…
ओएनएम सर्भे नभए लुम्बिनी आयुर्वेद चिकित्सालय सञ्चालनमा समस्या
स्वास्थ्यसमाचार/रुपन्देहीमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा ओएनएम सर्वे नभए अस्पताल सञ्चालमा गर्न समस्या हुने भएको छ। २०४३ सालमा स्वीकृत स्थायी दरबन्दीबाटनै अहिले अस्पताल सञ्चालन भैरहेको छ। ६ जनाको दरबन्दी रहेको चिकित्सालयमा १५ बेड सञ्चालमा रहेको छ। अस्पतालका प्रमुख डा. प्रवेश श्रीवास्तवका अनुसार अस्पतालमा नेपाल सरकारको दरबन्दी जम्मा ६ जनाको रहेको बताउनु भयो। उहाले यो दरबन्दी २०४३ सालमा स्वीकृत भएको हो अहिले सम्म उही दरबन्दीबाट अस्पताल सञ्चालन भएको बताउनु भयो। उहाले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा वैज्ञानिक ढंगमा संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम) नहुदा पहिलेको दरबन्दीबाट काम चलाएको बताउनु भयो। एउटा…
कञ्चनका शिक्षकहरु लाई आयुर्वेद तथा योग सम्बन्धी अभिमुखीकरण
स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालय बुटबलको आयोजना र कञ्चन गाउँपालिकाको समन्वयमा शिक्षकहरुको लागि आयुर्वेद तथा योग सम्बन्धी तिन दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई आयुर्वेद र योग सम्बन्धी अभिमुखीकरण गरिएको लुम्बिनी आयुर्वेद चिकित्सालय का बरिष्ठ कबिराज निरीक्षक गणेश सापकोटाले बताउनु भयो। उहाले आयुर्वेद तथा योग सम्बन्धी अभिमुखीकरण कार्यक्रमले सकारात्मक सोचको विकासको साथै शरीरलाई स्वस्थ र निरोगी बनाउने उदेश्य का साथ रुपन्देहीका पालिका भित्रका बिद्यालयमा यो कार्यक्रम सञ्चालन गरि शिक्षकहरुलाई अभिमुखीकरण गरिएको बताउनु भयो । लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा प्रवेश श्रविास्तबको अध्यक्षता कञ्चन गाउँपालिकाका अध्यक्ष नबराज ढकालको…
एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु
स्वास्थ्यसमाचार/एमबीबीएस (डाक्टर) अध्ययनरत दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । पर्साको वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा धनुषाका सुमित यादव र बाराको सुवर्णपुरका सञ्चित यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी दुबै जना वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए । वीरगञ्ज महानगरपालिका १५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनामा उनी दुवै विद्यार्थीको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।…
स्वस्थ जीवनका लागि योगको अपरिहार्यता:ध्रुवराज भण्डारी
स्वस्थ सुखी जीवनयापन हरेकको चाहना हुदाहुदै पनि मानिसको उक्त चाहना पुरा हुन सकिरहेको हुदैन । परिवर्तित समयसँगै मानिसका आवश्यकता पनि बढिरहेका हुदा मानिसको व्यस्तता पनि बढिरहेको नै छ। मानिसको दायित्व र जिम्मेवारी पनि थपिदै गएका छन जसलेगर्दा मानिसको जीवनशैली नै परिवर्तित हुदै गैरहेको छ । तरपनि समय व्यवस्थापन गरि आफ्नो शारिरीक स्वास्थ्य र शान्तीका लागि नसोच्ने हो भने उमेर नपुग्दै रोगी जीवन बाच्नुपर्ने अवस्था आउने निश्चित छ।तसर्थ योगको बारेमा आवश्यक ज्ञान र यसको महत्व आम जनले बुझि दैनिक जीवनमा अवलम्बन गर्न सकेमा स्वस्थ र शान्तीपूर्ण जीवनका लागि उपयोगी हुनेछ। योग…
रक्षाआयुर्वेदको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा जनचेतना मुलक कार्यक्रम
स्वास्थ्यसमाचार/रक्षा आयुर्वेद औषधालयको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा आयुर्वेद जिबन शैली र उपचार स्वस्थ र दीर्घायु जीबनको आधार भन्ने मुल नाराका सहित स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भयो। राष्टिय आयुर्वेद एसोसियसन नेपाल र रक्षा आयुर्वेद औषधालयको संयुक्त आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं ९को शंकरपुरमा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम भएको हो। रक्षा आयुर्वेदका सञ्चालक शालिकराम भुसालका अनुसार औषधालयको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा सामाजिक उत्तरदायित्त्व बहन गर्ने उदेश्य स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो। ६० जना सहभागी शिविरमा औषधीको सेबन गर्ने र जिबन शैली…