स्वास्थ्यसमाचार/ मायादेवी गाउँपालिकामा आयोजित निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा ३६० जनाको आँखा परीक्षण गर्दा ८१ जनामा मोतिबिन्दु फेला परेको छ।
मायादेवी गाउँपालिकाको आयोजना तथा श्री लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा मोतिबिन्दु पहिचान भएका ८१ जनामध्ये ६६ जनाको भदौ १० गते रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा निःशुल्क शल्यक्रिया गरिने भएको छ।
मोतिबिन्दु देखिएका बिरामीमध्ये नौ जनामा मधुमेह र छ जनामा उच्च रक्तचाप देखिएपछि उनीहरूको तत्काल शल्यक्रिया गर्न नमिल्ने जानकारी चिकित्सकले दिएका छन्। शल्यक्रियाअघि आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारपछि मात्र उनीहरूको शल्यक्रिया गरिने जनाइएको छ।
गाउँपालिकाका अध्यक्ष धुवनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नर्मदा देवी उपाध्याय, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद लामिछाने र रण अम्बिका शाह आँखा अस्पतालका कार्यक्रम संयोजक सञ्जीव अधिकारीले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा सिनियर अहेव मधु कुमालले स्वागत तथा स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेयले सञ्चालन गर्नुभएको थियो।



प्रतिकया दिनुहोस्