कपिलबस्तुको बहादुरगन्जमा नेपाल नेत्रज्योति संघ छन्द कालेबाबु नारायणी आँखा अस्पतालले आफ्नो वार्ड भवन र कर्मचारी आवास भवनको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।
वार्ड भवनको निर्माण कार्यमा कुल ७ करोड १६ लाख ३९ हजार ३ सय ७६ रुपैयाँ ६१ पैसा लागत अनुमान गरिएको थियो, तर यसको निर्माण ४ करोड ३९ लाख ८० हजार २ सय ७६ रुपैयाँ २१ पैसामा सम्पन्न भएको छ। उक्त भवन १७ कठ्ठा जग्गामा १०० बेडको चार तले भवनको रूपमा निर्माण गरिएको हो। स्व. छन्द बहादुर शाह र नारायणी शाहको नाममा जग्गादान गरिएको यस भवनको उद्घाटन नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर चेतराज पन्तले गरे।
त्यसैगरी, अस्पताल परिसरमा २ तलाको १४ कोठा रहेको कर्मचारी आवास भवनको पनि निर्माण कार्य सम्पन्न भएको छ। कर्मचारी आवास भवनको कुल खर्च १ करोड २८ लाख २९ हजार ३ सय ४६ रुपैयाँ भएको र यसको लागत स्टिमेट १ करोड ३० लाख ७८ हजार १ सय ६४ रुपैयाँ १७ पैसा रहेको जानकारी प्रशासकीय अधिकृत जसराज बिश्वकर्माले दिएका छन्।
यस निर्माणमा विभिन्न दातृ निकायहरू र स्थानीय सरकारहरूको सहयोग रहेको छ, जसमा संविधान सभा सदस्य माननीय अभिषेक प्रताप शाहको क्षेत्र विकास कोष, कृष्णनगर नगरपालिकाको १५ लाख, बिजयनगर गाउँपालिकाको ५ लाख, बुद्धभूमि नगरपालिकाको ५ लाख र एन.ए.बी.पी. नर्वेको ८ लाख ८१ हजार ८ सय ८६ रुपैयाँ ९७ पैसा समावेश छ।
प्रतिकया दिनुहोस्