संघीय, प्रदेश र स्थानीय सरकार … गरिबले नि:शुल्क उपचार कहिले पाउने ?

हुमाकान्त पोखरेल/ गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसिथोकका ४८ बर्षिय हुम कुमार जागी कुँवरलाई गत बर्षको चैतमा काठमाडौमा जाँच गराउँदा क्यान्सर देखियो । यो बीचमा गत वैशाखमा स्थानीय तहको निर्वाचन पनि भयो । निर्वाचनमा विभिन्न दलले विभिन्न आश्वासन दिए होलान् । तर रकम अभावले नै उनको उपचार हुन सकेको छैन । अहिले घरमा हुम कुमार, उनकी श्रीमती, एक छोरा र एक छोरी छन् । क्यान्सर भएका उनलाई किमो गर्न मात्रै एक पटकमा ५० हजारजति लाग्दोरहेछ । ‘भरतपुर अस्पतालले पहिलो पटकको लागि तीन लाख मागेको छ रे ।’ छिमेकी राजु कुँवर भन्छन्,…

नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको भवन उद्घाटन

स्वास्थ्यसमाचार/ रक्तदान गर्न चाहनेहरुका लागि बुटवलमा निजी क्षेत्रका संस्थाहरुलाई स्थायी र व्यवस्थित ठाउं अभावको समस्या रहेकोमा अब भने त्यस्तो समस्या नहुने भएको छ । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले बुटवलको सडक डिभिजन परिसरमा सुविधा सम्पन्न कार्यालय भवन बनाएपछि रक्तदानका लागि सहज हुने भएको हो ।चन्दादाताहरुको आर्थिक र जिन्सी सहयोगमा करिब २० लाख रुपैयां लागतमा बनेकोे भवनमा रक्तदानका लागि आवश्यक सामानहरुको व्यववस्था पनि भएको छ । अब हरेक महिनाको तेस्रो शनिबार नियमित रुपमा र रगत आवश्यक परेमा जुनसुकै समयमा पनि आकस्मिक रुपमा रक्तदान गर्न सहज हुने भएको छ ।उक्त भवनको बुटवल…

स्वास्थ्यमा मुख्यमन्त्री केसी नेतृत्वको सरकारका ९ बुँदे उपलब्धि सार्वजनिक

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले १ वर्षको अवधिमा गरेका प्रगति विवरण सार्वजनिक गरेको छ ।विभिन्न ५२ बुँदामा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा स्वास्थ्य क्षेत्रमा ९ बुँदेप्रगति विवरण सार्वजनिक गरिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकार बनेपछि एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा भएका प्रगति बारे आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्वास्थ्य क्षेत्रमा पनि महत्वपुर्ण काम गरेको बताए।                                के भए स्वास्थ्यमा काम? १लुम्बिनी प्रादेशिक अस्पताल प्रदेश गौरवका आयोजनाको रुपमा घोषणा। २ राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरणको कार्य…

हृदयघात भन्दा मस्तिष्कघात डरलाग्दो समस्या बन्दै हेलचेक्र्याईं नगर्न चिकित्सकको सुझाव

स्वास्थ्यसमाचार / रोटरी क्लव अफ बुटवलको १४ सय २७ औं नियमित एवं वर्ष २०२२-२३ को सातौं बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा गेष्ट स्पिकर रहेको थियो । बैठकमा गेष्ट स्पिकरको रुपमा राष्ट्रिय न्यूरो सेन्टरका निर्देशक एवं नेपाल स्ट्रोक एशोसिएशनका संस्थापक अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा उपस्थित थिए ।त्यस अवसरमा उनले हृदयघात भन्दा मस्तिष्कघात डरलाग्दो समस्याको रुपमा देखा परिरहेको भन्दै समयमै स्वास्थ्य सचेतना अपनाउन र हेलचेक्र्याईं नगर्न आग्रह गरे । ब्रेन हेम्रेज अर्थात मस्तिष्कघातको जोखिममा सबै व्यक्तिहरु रहेको र यसको उपचार…

नेपाल आयुर्बेद औषधी व्यबसायी संघ दाङको अध्यक्षमा अधिकारी

स्वास्थ्यसमाचार /  नेपाल आयुर्वेद औंषधि व्यवसायी संघ जिल्ला शाखा दाङको दोस्रो साधरणसभा तथा अधिवेनसनले प्रकाश अधिकारीको अध्यक्षतमा नौ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा दयारामा शर्मा, सचिव खडक बहादुर चन्द र कोषाध्यक्षमा केशव न्यौपाने रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा नितु चौधरी, पुष्पा चौधरी, गणेस पौडेल, मानबहादुर बस्नेत र श्रीधर अधिकारी चयन हुनुभएको नेपाल आयुर्वेद औंषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीका सचिब सालिक राम भुसालले बताउनु भयो। कार्यक्रम उदघाटन समारोहमा आयुर्वेद चिकित्सा परिषद नेपालका अध्यक्ष डा सन्तोष कुमार ठाकुरले स्वस्थ समाज निर्माणका लागि आयुर्वेद चिकित्सकको महत्वपूर्ण भूमिका…

रुपन्देही पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

स्वास्थ्यसमाचार /रुपन्देही जिल्ला कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा भएको छ । गृहमन्त्री वालकृष्ण खाँणले १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरे । कार्यक्रममा बोल्दै खाँणले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयम सेविकाहरुको ठूलो भूमिका रहेको बताउदै उनिहरुको सेवा सुविधाबारे तिनै तहका सरकारहरुले बजेट छुट्टयाउनु पर्ने बताए । स्वयमसेविकाहरु सेवानिवृत हुदा समेत उनिहरुको जिवनयापन गर्न सहज होस भन्ने उद्देश्यले निवृतिभरणको ब्यवस्था गर्न समेत सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए ।कोभिडको महामारीमा काम गरेका स्वास्थ्यकर्मि, सरसफाईकर्मि, स्वयमसेवका, सुरक्षाकर्मिहरुलाई…

विपन्नलाई उपचारमा सास्ती आर्थिक अभावले ३० वर्षीय विनोदको उपचार हुन सकेन

गुल्मी / गुल्मीको इस्मा गाउँपालिका( ५ लाम्टारीका ३० वर्षीय विनोद नेपाली गुल्मी अस्पतालको बेडमा अचेत भएर पल्टिएका छन् । अस्पतालका अनुसार ब्रेनमा रगत बगेको छ । उनी गुल्मी अस्पतालबाट थप उपचार सम्भव नभएपछि पाल्पा पुगे । जेनतेन उपचार हुने ठाउँमा त पुगे । त्यो अस्पतालमा उपचार गर्ने पैसा भएन । बिहीबार बिहानै रेफरवाल गुल्मी अस्पतालमै आए । विनोद पैसावाला परिवारका हुन्थे भने राम्रो अस्पतालमा लैजाने हेलिकोप्टर आउँथ्यो । तर, विपन्न परिवारको एउटा मजदुर ब्रेनमा रगत र आँखामा आँसु बगाएर मृत्यु कुरिरहेको छ । न परको सिंहदरबार न घरको । कसैले…

देवदहमा प्रादेशिक बायोमेडिकल कार्यशालाको उद्घाटन

स्वास्थ्यसमाचार /रुपन्देहीको देवदह नगरपालिका–५, पानवारीमा रहेको प्रदेश स्तरीय स्वास्थ्य तालिम केन्द्रमा प्रादेशिक बायोमेडिकल कार्यशालाको उद्घाटन गरिएको छ । लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य तालिम केन्द्रमा प्रादेशिक बायोमेडिकल कार्यशालाको उद्घाटन गरिएको हो ।कार्यशालाको एक कार्यक्रमका वीच लुम्विनी प्रदेश स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुले उद्घाटन गर्नु भएको हो । स्वास्थ्य मन्त्री थारुले नागरिकको स्वास्थ्यको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाले उहाले अस्पताल संगै स्वास्थ्य उपकरण प्राविधिकको आवश्यक रहेको बताउदै बायोमेडिकल कार्यशालाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने बताउनु भयो । मन्त्री चौधरीले मेडिकल क्षेत्रमा देखिएका समस्या समाधान गर्न बायोमेडिकल कार्यशालाले महत्वपूर्ण…

बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु

स्वास्थ्यसमाचार/ बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु भएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वताए । लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको उनले बताए ।बुटवलमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, सञ्चारमाध्यमहरुबाट चेतना कार्यक्रम सञ्चालन गर्ने काम उपमहानगरपालिकाले गरिरहेको वताए । नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्षहरुको सल्लाहअनुसार लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान सञ्चालन भएको…

बुटबलमा लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु

स्वास्थ्यसमाचार /कोरोना संक्रमितको ग्राफमा डेंगु पनि सामेल भएपछि बुटबल उपमहानगरपालिकाले लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु गरेको छ।बुटबल नगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पान्डेका अनुसार आज बुटबलका वडा नं ४ र६मा लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु गरिएको बताए । अभियानमा जनप्रतिनिधि स्वास्थ्य शाखाका कर्मचारीहरु र स्थानिय हरुको सहभागी रहेको थियो।यो अभियान बुटबलका सबै वडामा संञ्चालन गरिने पान्डेले बताए ।बुटबलमा १सय १५ जना डेंगु संक्रमित रहेको पान्डेले बताए। जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)…