देशभर २७१ जना कोरोनाका संक्रमित थपिए, थप १ को मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२० जनामा परीक्षण गर्दा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ४८५ पीसीआर परीक्षण गरिएकोमध्ये २२४ जनामा र १ हजार ४३५ एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १ सय ७५ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ रहेको छ ।पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षक :