काठमान्डौ/स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकुले कोभिडविरुद्धको फाइजर खोपको प्रयोग तथा संचालन सम्बन्धि अन्तरिम मार्गदर्शन सार्वजनिक गरेको छ। मार्गदर्शनमा खोपको भण्डारण, म्याद गुज्रिने अवधि, ढुवानी गर्दा कायम गर्नुपर्ने तापक्रम, खोपको प्रयोग , खोप लिन हुने अवस्था, खोप दिन नहुने अवस्था, विषेश निगरानीमा खोप दिन सकिने अवस्था, खोप लगाएपछि हुनसक्ने असरका विषयमा प्रस्ट पारेको छ। फाइजर खोप कात्तिक २८ गतेबाट १२ वर्षदेखि १७ सम्मका दीर्घ रोगीलाई दिइने भएको छ। कात्तिक २८ देखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने मन्त्रालयका प्रवक्ता…
औषधीका-कुरा
कात्तिक २८ देखि १२ बर्ष भन्दा माथिका यी व्यक्तिले पाउँछन् फाईजर खोप
स्वास्थ्यसमाचार/ अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको एक लाख डोज फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देही जिल्लामा लुम्बिनी प्रादेशिक अस्पतालमा खोप केन्द्र रहेको र उक्त समय यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप लगाईने बताए ।केन्द्रका अनुसार रुपन्देहीमा २ हजार डोज खोप आउने शर्माले बताए । कसले पाउँछन् खोप? – १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी – लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति –…
२८ कात्तिकदेखि ४ मंसिरसम्म फाइजर खोप लगाईने यी हुन खोप केन्द्र
स्वास्थ्यसमाचार/सरकारले आगामी आइतबारदेखि कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाउने भएको छ। परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई लगाइने र खोप अभियान मंसिर ४ सम्म सञ्चालन हुने बताए। देशभरका विशेषज्ञ सेवा उपलब्ध भएका २४ ठूला अस्पतालमा खोप लगाउने तय भएको जानकारी दिए। त्यसका लागि काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको जानकारी दाहालले दिए। उक्त समयमा यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइने उनले बताए। ‘आइतबारदेखि मंसिर ४ गतेसम्म फाइजर…
गुल्मी जिल्ला अस्पतालले माग्यो ठूलो संख्यामा स्वास्थ्य कर्मचारी
स्वास्थ्यसमाचार/गुल्मी जिल्ला अस्पतालले करार सेवाको लागि ठूलो संख्यामा स्वास्थ्य कर्मचारीको माग गरेको छ। गुल्मी जिल्ला अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।गाइनोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्स, फार्मेसि सुपरभाइजर, ल्याब टेक्निसियन, एनेस्थेसिया सहायक, रेडियोग्राफर, अहेब गरी १३ जना कर्मचारी माग गरेको हो। ७ मसिंरसम्म दरखास्त पेश गरिसक्नुपर्ने अस्पतालले जनाएको छ।
मायादेवी : १ धमैलीस्वास्थ्यचौकीमा ल्यावसेवा समुद्घाटन
स्वास्थ्यसमाचार /मायादेवी गाउँपालिकाको वडामा १मा रहेको धमैली स्वास्थ्यचौकीमा ल्याव सेवा उदघाटन भएको छ। जेष्ठ वडा सदस्य रामऔतार अहिरको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथी धुर्वनारायण चौधरीले प्रयोगशालाको समुदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले मायादेवी गाउँपालिकाले स्वास्थ्यक्षेत्रमा ठुलो लगानी गरि घरदैलोमा गुणस्तरीय सेवा बिस्तार गरेको बताए। उदघाटन कार्यक्रममा मायादेबी गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रममा बिशिष्ठ अतिथी तारादेवी यादव,स्वास्थ्य संयोजक भाष्कर आत्रेय, ब्यबस्थापन समितिका सदस्य बिजय वहादुर त्रिपाठी समाज सेवी श्रीराम यादव नेपाली काग्रेसका सभापति पदम भन्डारी,वडा सचिब राम किशुन दुषादले शुभकामना मन्त्ब्य राख्दै जनतालाई सहज स्वास्थ्य सेवा पुराउदै सबै…
कपिलवस्तुमा फैलिएको झाडापखाला अझै नियन्त्रण बाहिरै
माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा– कोरोना महामारी क्रमशः नियन्त्रण हुँदै गएका बेला कपिलवस्तुमा पुनः अर्का महामारीको रूपमा झाडापखालाका देखा परेको छ । गत १८ असोजबाट सुरु भएको झाडापखला नियन्त्रणमा आउन नसकेको हो । कृष्णनगर नगरपालिका वडा नम्बर ९ बाट सुरु भएको झाडापखालाले शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकलाई समेत लपेटेपछि अस्पतालमा भर्ना भएका थिए । प्रयोगशाला परीक्षण गर्दा स्थानीयमा हैजा भएको प्रमाणित भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार शिवराज अस्पताल बहादुरगञ्जमा १३ सय ३२, बैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारका लागि भर्ना भएका थिए…
शिलाजीत के हो ? यस्ता हुन्छन् औषधीय गुण (प्रयोग गर्ने तरिकासहित)
स्वास्थ्यसमाचार/शिलाजितका अनेकन गुण छन् । यौनशक्ति बढाउन, नपुंसकता हटाउन, पाचनयन्त्र चुस्त राख्न, शीर्घपतनको समस्याबाट मुक्त हुन, मासिक श्राव नियमित गराउन, उच्च रक्तचाप रोक्न । हरेक किसिमका शारीरिक बिकार हटाउन शिलाजितले वास्तवमै प्रभावकारी काम गर्छ रुप्राचीन वैदिक ग्रन्थहरुमा समेत यसको उल्लेख छ । शिलाजित कति लाभदायक छ भन्ने कुरामा कुनै शंका छैन । तर, जथाभावी सेवन गर्दैमा यसले राम्रो नतिजा दिदैन । किनभने यसलाई विधिपूर्वक सेवन गर्नुपर्छ । सेवन गर्ने समय, मात्रा सबै कुराको ख्याल गर्नुपर्छ । नभए यसले नकारात्मक नतिजा दिन सक्छ । के हो शिलाजित ? जब गर्मीमा सूर्यको…
गोमूत्र:क्यान्सरको उत्पत्ति रोक्न, सुगर घटाउन, विषादीको असर कम गर्न उपलब्धिमूलक
पूर्वीय सभ्यता र विशेष गरी सनातन धर्ममा गाईको विशेष महत्व छ। गाईबाट मानिसका लागि अत्यन्त पोषिलो र शक्तिवर्धक दूध प्राप्त हुने हुँदा गाईलाई माता मानेर गौमाता भनिन्छ र गाईको पूजा गर्ने चलन पनि छ। मही, दही, घ्यू, पनिर, मिष्ठान्न लगायत बनाएर स्वाद र शक्ति प्राप्त गर्ने हुँदा गाई पूजनीय हुनु स्वाभाविक नै छ। स्वादिलो दूध र दूधका परिकार बाहेक पनि गाईबाट अर्को महत्वपूर्ण कुरा प्राप्त गर्न सकिन्छ, त्यो हो गोमूत्र। गोमूत्र पञ्चगव्य (दूध, दही, घ्यू, गोबर र गोमूत्र) मध्यको एक हो। पञ्चगव्य विभिन्न धार्मिक कार्य सम्पादनमा अनिवार्य आवश्यक कुरा हो…
नेपालमा हैजाविरुद्धको खोप आउँदै, प्रभावित ठाउँमा दिइने
काठमान्डौ/नेपालमा हैजाविरुद्धको खोप आउने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको करेला सचिवालयले खोप दिने आश्वासन दिएको छ। ग्लोबल स्टक पाइल मा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको डा. पौडेलले बताए।खोप प्राप्तिपछि विगतमा हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरी हैजाको खोप सञ्चालन गरिनेछ। गत १८ असोजदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट अहिलेसम्म छ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।‘हैजाको खोप प्राप्तीको खबर सुखद हो। त्यसका…
स्वास्थ्य बिमा निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
काठमान्डौ /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा क्रमश निःशुल्क गर्दै लैजाने योजना बनाएको छ।मन्त्रालयमा आज बिहीबारआयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा अहिले निर्धारित रकम तीन हजार पाँच सयलाई क्रमशस् कम गर्दै लैजाने तयारी भइरहेको जानकारी दिए। ‘स्वास्थ्य बिमा ३ हजार ५ नलिइ बिमा गर्ने योजना बनाएको छु,’ मन्त्री खतिवडाले भने, ‘त्यसमध्ये पनि लोपउन्मुख तथा अल्पसंख्यक जातिलाई सरकारले नै रकम तिरेर अनिवार्य बिमा कार्यक्रममा समावेश गर्ने तयारीमा गरिरहेको छ।’उनले यो कार्यक्रम अगाडि बढाउन प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल भइरहेको जानकारी दिए। ‘लोपउन्मुख जातिको संख्या कम भएकाले स्वास्थ्य…