धुर्कोटमा एकिकृत घुम्ती शिविर सम्पन्न २सय बढीको स्वास्थ्य परिक्षण

स्वास्थ्यसमाचार/धुर्कोट गाउँपालिका गुल्मीको आयोजनामा १ दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । मंगलबार धुर्कोट गाउँपालिका वडा नं. १ नयागाउँ स्थित नयागाउँ स्वास्थ्य चौकीको प्रांगणमा एकिकृत घुम्ती शिविर सम्पन्न भएको हो ।

शिविरमा गाउँपालिका अन्तर्गतका विभिन्न शाखा बाट प्रदान गरिने स्वास्थ्य, कृषि, पशु, जेष्ठ नागरीक, अपांग लगायत बैकि शेवा समेत उपलब्ध गराइएको थियो । शिविर अन्तर्गत २सय १० जनालाई निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको थियो ।

जसमा ६० जनाले भिडियो एक्सरे सेवा लिएका थिए । त्यस्तै पशु शेवा अन्तर्गत २०२ परिवारका १०८९ बाख्रा र ६७ भैसीलाई औषधी वितरण, ७० बाख्रा र ३५ गाई भैसीको गोवर परिक्षण, कृषि, पशु फर्म र पसल नविकरण ९ र ५ वटा नयाँ दर्ता समेत गरिएको थियो । शिविरमा १५८ जना जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको थियो भने बैकिड्ड सेवा अन्तर्गत सनराईज बैँक धुर्कोट शाखाले दिएको सेवामा २३ जनाले नयाँ खाता खोलेका छन ।

शिविरमा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थी, वडा नं. १ का वडा अध्यक्ष कमल थापा, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लागायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित शिर्षक :