काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत कात्तिक १५ गते नर्सहरुसँग भएको सम्झौता कार्यान्यवन नभएको गुनासो आएको भन्दै उक्त सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ।
मन्त्रालयले सूचना जनारी गर्दा नर्सहरूको तलब सेवा सुविधाको लागि गत कात्तिक १५ गते निजी मेडिकल कलेज तथा निजी अस्पतालहरुमा कार्यरत नर्सहरूलाई सम्झौतानुसार पारिश्रमिक नर्स तथा स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने कार्य कार्यान्वयनको अन्तिम चरणमा रहेको समेत मन्त्रालयले जनाएको छ ।
साथै यस विषयमा नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक कदम चालिने समेत सम्बन्धित सरोकारवालाहरुलाई मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ‚ ‘स्वास्थ्यकर्मीहरूलाई २०८२ कार्तिक १५ गते भएको सम्झौता बमोजिमको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने कार्य कार्यान्वयनको चरणमा रहे पनि केही स्वास्थ्य संस्थाले उक्त सम्झौता पालना नगरेको भनी गुनासो प्राप्त भएकाले सो सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न मन्त्रालय सम्बन्धित सरोकारवाला निकायहरूलाई हार्दिक अनुरोध गर्दछ।
साथै, यस विषयमा मन्त्रालयले नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक कदम चालिने व्यहोरा समेत सम्वन्धित सरोकारवालाहरुलाई जानकारी गराइन्छ।’
यसअघि गत कात्तिकमा नर्सहरूले निजी मेडिकल कलेज तथा अस्पतालहरूमा कार्यरत नर्सहरुलाई सरकारी सेवा सुविधाको सातौँ तह बराबरको तलब सुविधा नर्सहरुले पाउनुपर्ने भन्दै आन्दोलन गरेका थिए।त्यसपछि कात्तिक १५ गते स्वास्थ्य मन्त्रालयले सरोकारवला पक्षसँग वार्ता गरी नर्सहरुको मागअनुसार सम्झौता गरेको थियो।

प्रतिकया दिनुहोस्