भीम अस्पतालकी मेसु डा. वर्षा थापाद्वारा पदभार ग्रहण

स्वास्थ्यसमाचार/  रुपन्देहीको भैरहवास्थित भीम अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. बर्षा थापाले पदभार ग्रहण गर्नु भएको छ ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट भीम अस्पतालमा सरुवा भएकी डा.थापाले बिहिबार पदभार ग्रहण गर्नु भएको हो ।

एक कार्यक्रमकाबीच उनलाई अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले स्वागत तथा सम्मान गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै डा. थापाले आफूले यसअघि सबैको साथ र सहयोग वाट अघि बढने बताउनु भयो ।उहाले अस्पतालको विकास र जनतालाई कसरी राम्रो सेवा दिने भन्नेतर्फ लागिपर्ने वताउनु भयो ।

अस्पताल विकास समितिका अध्यक्ष डा. शर्माले ‘ भीम अस्पतालको विकासका लागि सहकार्य गरेर अघि बढने बताउनु भयो ।भीम अस्पतालका व्यवस्थापक छम बहादुर अधिकारी (सुरेन्द्र) ईश्वरी ज्ञाबली को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :