स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश वाट क्षयरोग उपचारमा उत्कृष्ट कार्य गरेको लुम्बिनी प्रादेशिक अस्पतालका जन स्वास्थ्य निरिक्षक बिरोध पाण्डेलाई सम्मान गरिएको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कार्यरत पाण्डेलाई सम्मान गरेको हो । मार्च २४ तारिख अर्थात अन्तर्राष्ट्रिय क्षयरोग दिवसको अबसरमा पाण्डेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सम्मान गर्नु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा दुई प्रकारका क्षयरोगको उपचार हुने गर्दछ कडा खालको टिवी र समान्य खालको टिवीको उपचार भैरहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक १० देखी माथी बिरामी आउने गरेको डट्स शाखा प्रमुख बिरोध पाण्डेले बताउनु भयो । उहाँले वार्षिक १ सय भन्दा बढी कडा खालका टिविका बिरामीले सेवा लिदै आएको वताउनु भयो ।
लुम्बिनी प्रदेशका राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान टिवी नेपाल बाँके र चन्द्रौटा आधारभुत अस्पतालमा यो डीआर टिवीको उपचार परिक्षण हुने गरेको छ । समान्य खालको टिवीको उपचार अन्य अस्पताल तथा स्वास्थ्यकेन्द्रबाट पनि परिक्षण र उपचार हुने उहाँले बताउनु भयो। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले लुम्बिनी प्रदेश सहित ७ प्रदेशबाट उत्कृष्ट शाखा र कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपालमा क्षयरोग एक गम्भीर स्वास्थ्य चुनौतीको रुपमा रहेको छ ।
कर्मचारीलाई पुरस्कृत गर्दे स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “सार्वजनिक स्वास्थ्यको क्षेत्रमा भएका यस्ता उत्कृष्ट प्रयासहरू हाम्रो देशलाई क्षयरोग मुक्त बनाउनका लागि एक महत्वपूर्ण कदम भएको छ।क्षयरोग नियन्त्रणका लागि समयमै पहिचान र उपचारका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन आग्रह समेत गर्नु भएको छ ।
नेपालमा ४० प्रतिशत अर्थात २७ हजार २२४ क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेको उल्लेख गरेको छ ।सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनले नेपालमा प्रत्येक वर्ष ६८ हजार नयाँ क्षयरोगका बिरामी थपिने र १६ बिरामीको हजारको मृत्यु हुने अनुमान गरेको थियो ।नेपालमा अनुमानित बिरामीमध्ये ४० हजार ७७६ जना मात्र क्षयरोगका बिरामी उपचारको दायराभित्र आएको सरकारी तथ्याकं रहेको छ ।
नेपालले सन् २०३० सम्म क्षयरोग महामारीबाट अन्त्य गर्ने र २०५० सम्म क्षयरोग मुक्त नेपालमा बनाउने लक्ष्य लिएको छ।क्षयरोगका बिरामीमध्ये ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष छन् । बिरामीमध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग, २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोग पुष्टि भएको छ।
प्रतिकया दिनुहोस्