स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुटु सम्बन्धि जटिल समस्याको निराकरण गर्ने प्रयास सफल भएको छ । पहाडी जिल्ला र तराईका क्षेत्रहरुको प्रमुख ठूलो मानिने सरकारी स्तरको अस्पतालमा यसअघि मुटु सम्बन्धि सेवा नहुँदा मुटु रोग भएका पीडित नागरिकहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।
पछिल्लो समय स्वास्थ्यमा केही नयाँपन र सुधार भइरहेको अस्पतालमा मुटुमा जोडिएका रक्तसञ्चार नशाहरू ब्लक भएको समस्यालाई हात वा खुट्टाको नशाबाट प्रविधि हालेर मुटुमा रहेका ब्लक भएका नशालाई खुलाउन जाली राख्ने प्रक्रिया (एन्जियोप्लाष्टी) गर्ने काम सफल भएको अस्पतालका वरिष्ठ मुटु रोग बिशेषज्ञ डा रोसन घिमिरेले बताउनु भयो।
उहाले भन्नु भयो म बुटवल आएपछि हालसम्म यो सेवा दिन खोजेपनि गर्न पाएको थिएन, ढिलै भएपनि आज पूरा भएको छ । खुसी छु डा घिमिरेले गरेको यो सेवा लुम्बिनी प्रादेशिक अस्पतालको लागि नयाँ सेवा मानिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले अस्पतालमा सेवा थप बिस्तार भएको बताउनु भयो ।
प्रतिकया दिनुहोस्