स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ६३ वर्षीय पुरुषको सफलतापूर्वक थाई पेसमेकर प्रत्यारोपण गरिएको छ।
डा. रोशन घिमिरेका अनुसार, यो प्रक्रिया बुटवलमा पहिलो पटक नभए पनि सबैभन्दा जटिल थियो। पेसमेकरले राम्रोसँग काम गरिरहेको र बिरामीको अवस्था सामान्य रहेको वताउनु भयो ।
डा. घिमिरेले यस सफलतामा आफ्नो योगदानका लागि आदरणीय गुरुहरू लाई सम्झनुभएको छ। साथै, सहयोगका लागि अस्पतालका मेसु डा. इन्द्र ढकाल, क्याथल्याबका सहयोगी हातहरू, शल्यक्रियामा सहभागी डाक्टरहरू र सहयोगी हातहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालले यसअघि पनि मुटु सम्बन्धी उपचारमा महत्वपूर्ण प्रगति गर्दै आएको छ। अस्पतालमा मुटुको उपचारका लागि आवश्यक परीक्षण र थप उपचारका लागि महत्वपूर्ण मानिएको ’क्याथल्याब’ मेसिन स्थापना गरिएको छ।
यसले मुटुको ब्लक खोल्ने र पेसमेकर राख्ने जस्ता सेवाहरू प्रदान गर्न मद्दत पु¥याउँदै आएको डा घिमिरेले बताउनु भयो ।यस सफलताले लुम्बिनी प्रादेशिक अस्पतालको मुटु सम्बन्धी उपचारमा थप विश्वास र क्षमताको वृद्धि गरेको अस्पतालले जनाएको छ ।
प्रतिकया दिनुहोस्