पेडियाट्रिक क्रिटिकल केयर सम्बन्धि चार दिने तालिम बुटवलमा सुरु

स्वास्थ्यसमाचार/ संवेदनशिल अबस्थमा बिरामी भएका वालवालिकाको ब्यबस्थापन गरि वालमृत्युदरमा कम ल्याउने उदेश्यका साथ बुटबलमा पेडियाट्रिक क्रिटिकल केयर तालिम सुरु भएको छ।

चिकित्सक र नसिङ् कर्मचारी लाई गंभीर अवस्थाका बालबालिकाहरूको उपचारमा सघाउने उदेश्यका साथ तालिम कार्यक्रम आयोजना गरिएको हो।स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको प्राबिधिक सहयोग र एफएचआई ३६० इपिक  नेपालको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको छ।

स्वास्थ्य तालिम केन्द्रका निमित्त प्रमुख भुवन कुँवरको अध्यक्षता प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्रका प्रमुख डा. राजेन्द्र गिरीको प्रमुख आतिथ्य तथा स्वास्थ्य निर्देशनालय लुम्बिनीका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी, लुम्बिनी प्रादेशिक अस्पतालका वाल रोग बिशेषज्ञ डा नेत्र थापा,लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ प्रमुख नेहा थापाको आतिथ्यमा तालिम सुभारम्भ भएको थियो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. राजेन्द्र गिरीले लुम्बिनी प्रदेशमा बाल मृत्युदर अत्यधिक रहेको भन्दै यो तालिम बाल चिकित्सा क्रिटिकल केयरमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई ताजगी दिने र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।

उहाले यो तालिम लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने र बाल मृत्यु दर घटाउन मद्दत गर्ने कुरा पनि जोड्नुभयो।

स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले लुम्बिनीमा वाल मृत्युदर मात्रृमत्युदर बढीरहेको अबस्थामा यि र यस्ता तालिमले वाल मृत्युदर घटाउनको लागी महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । उहाले कोरोनापछि नेपालमा बल्ल यस्ता संवेदनशिल क्षेत्रमा तालिम तथा कार्यक्रम सुरु भएको बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुबन कुबरले कोरोनाले पाठ सिकाए पछि तालिमको सुरुवात गरिएको बताउनु भयो । पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजारमा हाल ३३ रहेको छ । भने नवजात शिशु मृत्युदर प्रतिहजार २१ मा रहेकोे तथ्याङ्क उल्लेख गर्नु भयो ।

कुबरले यो दर घटाउन यस्ता तालिम महत्वपुर्ण रहने भएकोले आयोजना गरिएको बताउनु भयो । उहाले यसपछि थप अर्काे पनि तालिम सञ्चालन गर्ने बताउनु भयो ।

तालिममा एफएचआई ३६० इपिक  नेपालका प्राविधिक तथा कार्यक्रम व्यवस्थापन विशेषज्ञ प्रदीप कुमार श्रेष्ठ र लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ बालरोग बिशेषज्ञ डा.नेत्र रानाले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भएको थियो । स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नेत्र अर्यालको स्वागत तथा बरिष्ठ नर्सिङ अधिकृत विद्या खत्रीको सञ्चालनमा तालिम सञ्चालन गरिएको हो ।

४ दिन सम्म चल्ने तालिममा लुम्बिनी प्रादेशिक अस्पताल बुटबल आम्दा अस्पताल भिम अस्पताल राप्ती प्रादेशिक अस्पताल पृथ्वी चन्द्र अस्पताल  लगायतका अस्पतालका १६ जना चिकित्सक तथा नर्सहरुलाई सहभागी रहेका छन । तालिममा डा. नेत्र राना डा.केबीन महर्जन ज्योती पौडेल र माधुरी ज्ञावलीले सहजीकरण गर्नु भएको छ।

यस तालिमले गंभीर अवस्थाका बालबालिकाहरुको क्रिटिकल केयर सम्बन्धि सेवाको गुणस्तर सुधार गर्न मद्दत पुर्‍याउनेछ र चिकित्सक तथा नसिङ् कर्मचारी हरुलाई आवश्यक तालिम र उपकरण प्रदान गरेर स्वस्थ र प्रभावकारी उपचार बनाउन सहयोग गर्ने अपेक्षा गरिएको तालिममा सहभागीले बताएका छन।

 

सम्बन्धित शिर्षक :