तम्घास अस्पताललाई बेबी वार्मर र फोटो थेरापी मेसिन हस्तान्तरण

स्वास्थ्यसमाचार /जिल्लाअस्पताल गुल्मीलाई लायन्स क्लब अफ तम्घासले सातलाख बराबरको साम्रगी हस्तान्तरण गरेको छ ।नबजात शिशुहरुको जन्म हुँदा चिसोबाट बचाउनका लागि प्रयोग गरिने बेबी वार्मर र फोटो थेरापी मेसिन अस्पताललाई हस्तान्तरण गरेको हो

अस्पताललाई सामाग्री हस्तान्तरण गदै लायन्स क्लब अफ तम्घास का अध्यक्ष बालसिंह काउछाले क्लबले गरेको सानो सहयोगले नबजात शिशुहरुको अकालमै मृत्यू हुने अबस्थाको अन्त्य गर्नका लागि सहयोग पुग्ने बताए । उनले दुखी गरिब बिपन्न र अशक्तहरुलाई सहयोग गर्दै आएको वताउदै साउन ७ गते सत्यवती गाउँपालिकामा गएको पहिरो पीडितहरुका लागि पनि सहयोग गरेको बताए ।

सामग्री बुझ्दै अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले सहयोगका लागि धन्यबाद ब्यक्त गरेका थिए । पच्याले क्लबले गरेको सहयोगले अस्पताल र नबजात शिशुहरुको उपचारमा ठुलो सहयोग पुग्ने बताए ।

सम्बन्धित शिर्षक :