सरोकारवालाको जोडः महामारी विरुद्ध लड्न सञ्चार र सामुदायिक सहभागिताको आवश्यक

स्वास्थ्यसमाचार /बुटबलमा भएको जोखिम सञ्चार सामुदायिक सहभागीता अभिमुखीकरणमा सहभागीहरुले महामारी विरुद्ध लड्न सञ्चार र सामुदायिक सहभागिताको आवश्यक रहेको बताएका छन। नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालय स्वाथ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा भएको अभिमुखीकरणमा उक्त कुरा बताएका हुन।

लुम्बिनी प्रदेशका १२ वटा स्वाथ्य कार्यालयका प्रमुख तथा स्थानीय पालिकाका प्रमुखहरुको सहभागीतामा बुटवलमा दुई दिने अभिमुखीकरण तालिममा प्रदान गरिएको हो । अभिमुखिकरणको बुधबार एक कार्यक्रमका वीच समापन गरिएको छ । समापनमा स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरव ढकाल, महिलाको तर्फबाट सिदार्थनगरपालिका स्वास्थ्य शाखाका गिता न्यौपाने लगायतले बोलेका थिए ।

समापनमा कार्यक्रममा ईडिसिडि शाखा प्रमुख डा.गुणनिधि शर्मा ले बोल्दै जोखिमको अवस्थालाई बर्गीकरण गर्दै सोही अनुसार सेवा प्रवाहमा लाग्न सकेमा संभावित गलत आफहवा र गलत जानकारी फैलिन बाट जोगिन सकिने बताउनु भयो। उहाले प्रदेशमा जोखिम सञ्चार सामुदायिक सहभागीता निर्देशिकाको पूर्ण कार्यान्वन गर्नु पर्ने बताउनु भयो।

जोखिम सञ्चार तथा सामुदायिक सहभागीता निर्देशिका २०७८ बमोजिम लुम्बिनी प्रदेश र स्थानीय पालिकामा समिति गठन प्रक्रिया अगाडी बढाउने योजना अनुसार निर्देशिकाको विषयमा अभिमुखीकरण गरिएको हो ।

प्रक्रियाको पहिलो चरण अनुसार ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र लुम्बिनी प्रदेशको स्वाथ्य निर्देशनालयको आयोजनामा प्रदेशका १२ वटै जिल्लाका स्वाथ्य कार्यालय प्रमुख र ५३ वटा स्थानीय तहका स्वाथ्य शाखा प्रमुखको सहभागीता रहेको थियो ।

बुटवलमा आयोजना गरिएको कार्यक्रममा महाशाखाका प्रमुख स्वाथ्य शिक्षा प्रशासक डा.राधिका थपलियाले सहजीकरण गर्दै यसको आवश्यकता, माग, प्रभावकारीताको विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा डा. मुकेश पौडेल, डा. गुणनिधि शर्मा, डबल बहादुर बिसीले सहजीकरण गर्नु भएको थियो ।

 

लुम्बिनीका ५३ वटा स्थानीय तह मध्ये रुपन्देहीका १६ वटा पालिका, पाल्पाका १० वटा पालिका, कपिलवस्तुका १० वटा, दाङका १० वटा र प्यूठानका ९ वटा पालिकाका स्वाथ्य शाखा प्रमुखहरु सहित प्रदेशका सबै जिल्लाका स्वाथ्य कार्यालयका प्रमुखको सहभागीता रहेको स्वाथ्य निर्देशनालय लुम्बिनी प्रदेशका रोग महामारी फोकल पर्सन खिमलाल पाण्डेले वताउनु भयो।

सम्बन्धित शिर्षक :