स्वास्थ्य क्षेत्रको सेवालाई सुधार गर्न मुख्यमन्त्री केसीको निर्देशन

स्वास्थ्यसमाचार /मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य क्षेत्रको सेवालाई सुधार गर्नका लागि निर्देशन दिएका छन। मुख्यमन्त्री केसीले मन्त्री र सचिवहरुलाई निर्देशन दिदैँ स्वास्थ्य क्षेत्रको सेवालाई सुधार गर्नका लागी लाग्नु पर्ने वताएका हुन।

मुख्यमन्त्री केसीले भने जनताको उपचारलाई सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागी सबै अस्पतालहरुलाई निर्देशन दिनका लागि मन्त्रालयलाई निर्देशन गरे ।

उनले स्वास्थ्यमन्त्री स्वास्थ्य सचिबलाई निर्देशनदिदै भने प्रदेशमा जनताको जीवनलाई समृद्ध बनाउनको लागि कार्य विधि अप्ठ्यारो हुने गरी भन्दा पनि सेवा प्रवाह र कार्यन्वयको हकमा सहज बनाउनको लागि सबै लाग्नु पर्ने बताए।

उनले भने कार्य विधि सबै मन्त्री परिषद्को बैठकमा नलिनुहोस कतिपय विषय त मन्त्रालयबाट नै समाधान गरी अगाडि बढ्नुहोस कामलाई छिटो छरिटो बनाउनुहोस् ।

जनतालाई सेवा दिनका लागि सहज वातवरण निर्माण गरौँ, जनतालाई नघुमाऔँ, बरु हामी मन्त्री र मन्त्रालयहरु घुमेर समन्वय गरौँ, तर जनतालाई दुख नदिआँै । जनतालाई दुख दिने काम बन्द गरौँ” मुख्यमन्त्री केसीले भने।

सम्बन्धित शिर्षक :