लुम्बिनी प्रदेशमा सिटामोलको अभाव छैन : स्वास्थ्य आपूर्ति केन्द्र

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा सिटामोलको अभाव नभएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवल जनाएको छ। अहिले पनि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३लाख ५० हजार सञ्चित रहेको जनाएको छ।

लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुपरवाईजर रोशन तिमिल्सिना का अनुसार प्रदेशमा आर्थिक बर्ष २०७७÷०७८ मा १करोड ७१ लाख ६ हजार ३ सय ८५ खपत रहेको र मासिक लुम्बिनी प्रदेशमा १४ लाख ३० हजार ३२ रहेको बताएका छन ।प्रदेशका पालिका स्वास्थ्य संस्था र अस्पतालमा त्रैमासिक प्रतिबेदनका आधारमा असोज अन्तिमसम्मको सम्म १ करोड ६ हजार ६ सय १४ सञ्चित रहेको वताए।

२८ लाख ७५ हजार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको छ भने केन्द्रबाट२७ लाख ३० हजार सिटामोल आएको बताए ।अहिले पनि प्रदेश लाई आबश्यक सिटामोल ३० लाख ९५ हजार सिटामोल प्रदेश आपुर्तिले खरिदको लागी सम्झौता गरिसकेको र चैत्र भित्र ल्याई सक्ने बताए । साथै सबै पालिकाले पनि खरिद गर्ने भएकोले खासै अभाब नभएको आपुर्तिकेन्द्रले जनाएको छ ।

उनले प्रदेशमा आउने र खरिद गरिएको सिटामोल मध्ये ६० प्रतिशत अस्पताल र ४० प्रतिशत पालिकामा पठाउने गरेको सुपरवाईजर तिमिल्सिनाले बताए । उनले भने हामी संग आपूर्ति व्यवस्थापन केन्द्रमा ३लाख ५० हजार सञ्चित रहेको छ तर प्रदेशसमा छैन भनेर हल्ला फैलाउनु आबश्यक नभएको बताए ।

यस्तै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालले पनि रुपन्देहीमा सिटामोलको अभाव नभएको बताएका छन ।उनले भने वाहिर हल्ला होला तर त्यस्तो अभाब भएको हामीलाई थाहछैन। प्रदेशका अन्य जिल्लामा पनि सिटामोल अभाब स्वास्थ्य कार्यलयहरुले जनाएका छन ।उता नेपाल औषधि उत्पादक संघले बजारमा सिटामोल लगाएत नेपालमा उत्पादन हुनै औषधिको अभाव नभएको जनाएको छ।

औषधिको मौज्दात नभएर वा उत्पादन क्षमता नभएर अभाव भएको नभइ आयातलाई प्रोत्साहन गर्ने मनसाय भएका व्यक्तिहरुबाट हल्ला फैल्याइएको एक विज्ञप्ति जारी गर्दै संघले स्वदेशमा बन्ने कुनैपनि औषधिको अभाव हुन नदिने जनाएको छ। ’संकटपुर्ण घडिमा हामी सम्पुर्ण उद्योगीहरु देशमा कुनै पनि औषधिको अभाव हुन नदिन अहोरात्र कार्य गरिरहेको र स्वदेशमा बन्ने कुनैपनि औषधिको अभाव हुन नदिने र नहुने कुराको यसै बिज्ञप्ती मार्फत सबैलाई प्रतिवद्धता ब्यक्त गर्दछौ।’ विज्ञप्तिमा भनिएको छ।

संघले पुष महिनामा करिव ४३ लाख पारासिटामोल ५०० मिलिग्राम चक्की बजारमा पठाएको पनि जनाएको छ। माघ महिनाको दोश्रो सातामा ३५ लाख र यो महिनाको अन्त्य सम्म अर्को ३५ लाख गरि ७० लाख चक्की बजारमा पठाउने लक्ष लिएको पनि संघले जनाएको छ।

अहिलेसम्म पारासिटामोल उत्पादन गर्ने कच्चापदार्थको मौज्दात करिव १९,४६० किलोग्राम रहेको र जसले करिव ३ हरोड ८४ लाख ८३ हजार ९०० पारासिटामोल ५०० मिलिग्राम चक्की बनाउन सकिने संघले जनाएको छ। कोरोना संक्रमण बढेसँगै सिटामोल (प्यारासिटामोल) को माग बढेको औषधी पसलहरुले जनाएका छन । सामान्य ज्वरो, शरीर दुखेका बिरामी बढेसँगै बजारमा सिटामोल खरिद माग बढेको हो ।

सम्बन्धित शिर्षक :