यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीमा सरसफाई अभियान सुरु

स्वास्थ्यसमाचार /यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीले कार्यालय परिसरको आजदेखी सरसफाई अभियान सुरु गरेको छ। सेवा ग्राहहीको बढदो चाप र सेवाग्राहीबाट यत्रतत्र छरिने फोहरलाई सहि ब्यबस्थापन गरि कार्यालय वरिपरीको वातावरण सफा राख्नुपर्छ भनी यो सरसफाई अभियान सुरु गरिएको हो।

यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीका शाखा अधिकृत प्रेम गौतमका अनुसार आज कार्यलय वरिपरी सरसफाई गरिएको र अब देखी प्रतेक महिनाको कम्तीमा एकपट आफनो कार्यस्थल आफै सफागरौ भन्ने मान्यताका आधारमा यो अभियान संञ्चालन गरिने बताए।उनले कोरोना महामारीमा कार्यलयमा आउने सेवाग्राहीहरुले माक्स लगायत पलाष्टीकजन्य फोहोर कागजपत्र समेत कार्यलय वाहिरै फाल्ने गर्दा कार्यलय बरीपरि फोहर भएकोले सरसफाई अभियान गरिएको बताए ।

आफ्नो कार्यस्थल सफा भए मात्र कार्य वातावरण राम्रो हुने हुदा कार्यालय परिसरमा जथाभावि फोहोर नफाल्न र आफु बाट सिर्जित फोहोर आफै सहि व्यवस्थापन गर्नु पर्ने जस्ता बानिको विकास गर्न आवश्यक छ ।आफ्नो मन मस्तिष्क र विचार स्वच्छ राख्न आफ्नो वरिपरिको वातावारण सफा राख्नु पर्ने भएकोले सम्वद्ध सबैले यो कुरा मनन गर्नुपर्ने समेत बताएका छन ।

अभियानमा कार्यलयका प्रमुख रमेश गौतम लगायतका सबै कर्मचारी लेखापढी व्यवसायी तथा सवारी कम्पनी सम्वद्ध प्रतिनिधिहरुको सहभागिता रहेका थियो । कार्यलय प्रमुख रमेश गौतमले सक्रिय सहभागिता जनाउने सवैमा धन्यवाद ब्यक्त गरेका छन भने यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गरेका छन।

 

 

सम्बन्धित शिर्षक :