रुपन्देहीकै शानको प्रतीक बनेको छ– सिद्धार्थनगर सिटी अस्पताल

स्वास्थ्यसमाचार/ भाडाको घरबाट बिरामीको सेवा सुरु गरेका भैरहवाका युवा व्यवसायी अर्जुन पौडेलले १० वर्षपछि सुबिधा सम्पन्न सिद्धार्थनगर सिटी अस्पताल वनाउन सफल हुनुभएको छ।

अहिले रुपन्देहीको सान सिटी अस्पतालका प्रबन्ध निर्देशक बन्नुभएको छ अर्जुन पौडेल। युवा भएकै कारण युवा जोश र जा“गरलाई आफ््नै माटोमा प्रयोग गर्दै त्यसको प्रतिफलमा भैरहवाकै शानको प्रतीकका रुपमा बनाईएको छ सिद्धार्थनगर सिटी अस्पताललाई ।

पौडेलले लगायत भैरहवाका प्रतिष्ठित उद्योगपति ब्यापारीको संयुक्त लगानीमा मायादेवी गाउँपालिका ८ मा करिब ८० करोडको लगानीमा अस्पताल बनाईएको छ । जनस्वास्थ्य क्षेत्रकैै विद्यार्थी भएको कारणले पनि आफ्नो जन्मस्थानमा स्वास्थ्य उपचारका क्षेत्रमा केही गर्नुपर्छ भन्ने उदेश्यका साथ सानो बाट ठुलोे सुविधा सम्पन्न अस्पताल वनाएका छन।

त्यसो त २० वर्षअघि पौडलको सपना थियो, मेडिकल क्षेत्रमा आफ्नै गा“उठाउ“मा कुनै स्वास्थ्य संरचना निर्माण गर्ने । त्यही सपना अहिले दुई दशकको अवधिमा पूरा भएको छ रुपन्देहीकै शानको रुपमा सिद्धार्थनगर सिटी अस्पताल ।पौडेलको धर्मपत्नीको पनि नर्सिङ क्षेत्रकै हुनुहन्छ उहा बिगत लामो समयदेखी मेडिकल कलेज तथा नर्सिङ क्षेत्रमा अध्यपान गराउनु भएकोे थियो भने अहिले अस्पतालको मानव संसाधन क्षेत्र समाल्नु भएको छ।

अस्पतालमा पौडेल सहित भैरहवाका प्रतिष्ठित उद्योगी ब्यापारीको ८०करोड भन्दा बढी अस्पतालमा लगानी रहेको छ ।उहाहरुको सल्लाह सुझाबले अस्पताललाई अघि बढाउन ठुलो सहयोग पुगेको पौडेलको भनाई छ।

अस्पताल बनाउने सोच यसरी आयो

अर्जुन पौडेल भैरहवाकै स्थानीय युवा हुनुहुन्छ । जब भैरहवाबाट सैयौंको संख्यामा नेपालीहरु उपचारका लागि भारतका बिभिन्न स्थानमा जाने र उपचार गर्नका लागि भारतकै भरपर्दा धेरै बिरामीहरु अकालमै ज्यान गुमाउनु पर्दा पौडलको मन अमिलो हुने गर्दथ्यो ।

उपचार गर्न गएकाहरुको जीवन मात्रै होइन, लाखौं रुपैया“ खर्च हुदा“ उनीहरुका परिवारका पीडा पनि कम थिएनन् । नेपाली भएरसमेत उपचारको क्रममा भारतकै भरपर्ने स्थानीयदेखि छिमेकी जिल्लाबाट आउने बिरामीको पीडाले अब स्वास्थ्य क्षेत्रमा केही गनुपर्छ भन्ने सोच आएको पौडल वताउनुहुन्छ ।

यही सोचले आफूस“ग निकट केही साथीहरुस“गको समन्वयमा २०६७ सालमा सिटी अस्पतालको जन्म भयो । अस्पतालको स्थापनाकालदेखि नै बिरामीको चाप निरन्तर बढ्दै गयो । सामान्य अस्पतालमा समेत जटिल बिरामीहरु आउने क्रम बढ्दै गयो ।

उपचार सम्भव हुनेको उपचार त्यहीं गर्ने र नहुनेहरुकोे काठमाडौ र भारत रेफर गर्नुपर्ने बाध्यता खड्किरह्यो । बिस्तारै अस्पतालले गति लिदै गयो । अब काठमाडौ र भारतमा समेत बिरामी पठाउन नपर्ने गरी सुविधासम्पन्न अस्पताल बनाउने उहाको सपनाले मूर्तरुप पायो ।

एउटा अविराम यात्रा

२०६७ सालमा सिटी अस्पताल भैरहवाको नया“ सडकमा ६ महिनासम्म सञ्चालन भयो । स्थान कम भएपछि लुम्बिनी रोडमा सारियो । लुम्बिनी रोडमा १५ वेडसहित करीव ९ बर्ष स्वास्थ्य सेवा सञ्चालन भइरह्यो ।

अस्पतालले सामान्य चिकित्साका साथै किडनी डाईलासिस सेवा, मृगौला रोग, बालरोग, सर्जरी, हाडजोर्नी, स्त्री तथा प्रसुती सेवालाई बिस्तार गर्दैगयो । यसरी सेवालाई बिस्तार गर्दा बिरामीको चाप र वेड अभाव भएपछि १५ वेडबाट २०७२ सालमा ५० बेड र त्यसको ६ वर्षपछि २०७८ मा एक सय वेडसहितको अस्पताल बन्यो ।

अस्पतालका प्रबन्ध निर्देशक पौडेल भन्नुहुन्छ २० वर्षअघि मनमा जुन सपना थियो अहिले पूरा भएको छ । अब अझै केही गर्नुपर्छ भन्ने सोच रोकिएको छैन । अहिले अस्पतालमा १ अर्ब लगानी भइसकेको छ । अस्पताल अहिले मानवसेवाको स्थल बनेको छ । दैनिक हजारौं बिरामीहरुले उपचार लिइरहेका छन् ।

अस्पतालमा सुविधासम्पन्न क्याविन, विदेशी तथा भिआईपी बिरामीहरुका लागि ईन्टरनेशनल कम्प्लेक्स सहित ओपिडि सेवा लिन सकिन्छ । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै अस्पताल रहेका कारण विमानस्थलमा आउने बिरामी पाहुनालाई लक्षित गरी ३ वटा अब्र्जवेशन बेड र २ वटा स्वीट सहितको अन्तर्राष्ट्रिय युनिट रहेको छ ।

अस्पताल नजिकै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी समेत रहेकाले विदेशी पर्यटकदेखि कूटनीतिक नियोगका कर्मचारी, उच्चपदस्थ व्यक्तिलाई समेत आपतकालीन उपचार गर्न अस्पताल तयार गरेर राखेको पौडेलको भनाइ छ ।

के के छन सुविधा ?

अस्पतालमा डाईलासीस, आईसियु, अत्याधुनिक उपकरणसहितका स्टिल अप्रेसन थे्रटर तीनवटा रहेका छन् । अस्पताल पूर्ण डिजिटल प्रविधिमा आधारीत छ । बिरामीहरुको सुविधाका लागि ¥याम्प र लिफ्टको सुविधा छ । अस्पतालमा बिरामीको सुरक्षाको लागि फायर फाईटिङ सिस्टम, फायर अर्लाम् सिस्टम, स्मोक डिटेक्टर सिस्टम, चट्याङबाट बचाउन राड्र सिस्टम जडित छन् । हेयर टान्सप्लान्टका लागि, अमेरिका, ईजरायल, जापान, स्पेन, क्यानडा र पोखरा काठमाडौबाट पनि धेरैजना यहा“ आउने गरेका छन् ।

निःसन्तान दम्पतिका लागि अत्याधुनिक आईभिएफ सेन्टर अस्पतालमा सञ्चालनमा छ । रोग पहिचान तथा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक प्रविधि तथा उपकरणहरु, प्रयोगशालामा हुने अटोमेटिक एनालाईजर, ६४ स्लाईस सिटी स्क्यान, मोड्युलर अपरेशन, आईसियुका लागी भेन्टिलेटरको ब्यवस्था छ ।

अस्पतालले हाडजोर्नी तथा मेरुदण्ड अपरेशन सेवा, दुरवीनबाट गरिने पत्थरी अपरेशन लगायत सम्पूर्ण अपरेशन सेवा, डाईलासिस सेवा, छाला सम्बन्धी लेजर सर्जरी तथा कपाल प्रत्यारोपण सेवा पनि दिइरहेको छ ।

सुबिधा काठमान्डौको शुल्क निकै कमी

यस अस्पतालमा सब कुरा अलग पाउनु हुन्छ बाताबरण , हरियाली , फुल बिरुवाको सुन्दरता  भित्रको interior design ,एकदम सफा स्टाफ हरुको डिल,अनुभवी चिकित्सक अस्पताल भित्र छिरे पछी फ्रेस फील हुन्छ।

अस्पताल भित्र पस्दा ठुलो होटलमा गएजस्तो अनुभब हुन्छ अस्पताल सुबिधा सम्पन्न छ सबै सेवा उपलब्ध छ देख्दा लाग्छ काठमान्डौको महगा अस्पतालको जस्तो होला तर सुबिधा सबै र सम्पन्न हुदैमा महगो सुल्क नभएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल बताउनुहुन्छ ।बुटबद भैरहवाका अस्पतालमा जस्तै शुल्क हाम्रो अस्पतालमा पनि उस्तै रहेको पौडेलले बताउनु भयो।

यस अस्पतालमा बुटबल भैरहवा कपिलबस्तु पाल्पा गुल्मी अर्घाखाचीका बिरामी आउने गरेको निर्देशक पौडेलले बताउनु भयो। हेयर टान्सप्लान्टका लागि, अमेरिका, ईजरायल, जापान, स्पेन, क्यानडा र पोखरा काठमाडौबाट पनि धेरैजना यहा“ आउने गरेका छन् ।

 

सम्बन्धित शिर्षक :