स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाद्वारा पाठेघरको मुखको क्यान्सरको स्कृनिङ, पाठेघर खसेको तथा तल्लो पेटको समस्याको उपचार लगायतका बिबिध प्रजनन् सेवाहरु निशुल्क रुपमा बिभिन्न वडाहरुमा शिविर सञ्चालन गरिरहेको छ ।
३सय ३२ जनाले वडा नम्बर ३ र वडा नम्बर ७ मा सेवा लिनुभएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । ३० बर्ष देखी ६० बर्ष सम्मका दिदिबहिनी तथा आमाहरुको स्वास्थ्यलाई मध्यनजर गरी उक्त शिविर सञ्चालनमा ल्याइेको हो ।
शिविरको मुख्य उदेश्य पाठेघरको मुखको क्यान्सर १० बर्ष पछी पनि क्यान्सर देखिने संभावनालाई तत्काल पत्ता लाग्ने र पर्याप्त उपचार र निधानको समय भएकोले ज्युधनको रक्षाका लागि फाईदा समेटा रहने शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
उक्त शिविरमा ३५ जनाको संकास्पद रिपोर्ट आएकोले क्यान्सर रोग बिशेषज्ञ डक्टरलाई उपमहानगरपालिकाले फिल्डमै बोलाएर आवस्यक परामर्श गरेको छ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले निजहरुको थप परिक्षण र उपकरणको लागि बिभिन्न सेवा सहितका अस्पतालसंग अधिकतम समन्वय गरी सेवाग्राही आमादिदीहरुलाई सहयोग र साथ दिने बताउनु भयो।
उक्त निशुल्क शिविर वार्ड नम्बर ३ मा मंसिर २७ गते र वार्ड नम्बर ७ मा २८ गते सम्पन्न गरेको थियो भने अन्य वार्डहरुमा पुषको दोस्रो हप्ता देखी सञ्चालन गर्ने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।
प्रतिकया दिनुहोस्