तिलोत्तमामा ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण कार्यक्रम सुरु

जनतालाई स्वस्थ राख्नका लागि यो अभियान सुरु गरेका हौ : प्रमुख प्रशासकिय अधिकृत अर्याल

स्वास्थ्यसमाचार/तिलोत्तमा स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अपाङ्गता ज्येष्ठ नागरिकको घर दैलोमै  स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरिएको छ। नगरपालिका १७ बटा वडा बाट यस्तो सेवा सुरु गरिएको  तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखा प्रमुख केशब भट्टराईका अनुसार अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरु विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुने भएकाले उनीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न यो  गरि नगरपालिकाले १७ बटै वडा वाट कार्यक्रमको सुरु गरिएको बताउनु भयो।’

कार्यक्रम अन्तर्गत उपचारात्मक सेवाका साथै ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान केन्द्रित गराउन पैरवी, छलफलहरू पनि सञ्चालन गरिएको उहाले बताउनु भयो।‘ अपाङ्गता र ज्येष्ठ नागरिकहरु स्वास्थ्य संस्थासम्म पुग्न सक्दैनन्। त्यसैले घरमै गएर सेवा दिन यो कार्यक्रम महत्वपूर्ण हुनेछ।’  स्वास्थ्य शाखा प्रमुख भट्राईले भन्नु भयो।

अभियान तिलोत्तमा वडा नं ७वाट सुरु भएको थियो। वडा अध्यक्ष देवी प्रसाद पंगेनीको अध्यक्षतामा कार्यक्रम सुभारम्भ भएको थियो। कार्यक्रममा सामाजिक बिकास संयोजक रबि सेन्चुरीले वोल्दै नगरपालिकाले सुरु गरेको  स्वास्थ्य परिक्षण अभियानले उपचार गर्न जानबाट बञ्चित सबैलाई राहत मिल्ने बताउनु भयो।

तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले वर्षको दुई पटक घरमै पुग्ने, पहिलोपटक स्वास्थ्य परीक्षक गरी औषधि दिनका साथै ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्डसमेत दिने र पुनः अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने  ब्यबस्था नगरपालिका बनाए अनुसार काम सुरु गरिएको बताउनु भयो।

उहाले ज्येष्ठ नागरिकको घरमै पुगेर सुगर, प्रेसर, आँखा, छालालगायत रोगको जाँच र निःशुल्क औषधि दिने गरेको उहाँले बताउनुभयो    “तिलोत्तमा नगरपालिकामा पाँच हजार लाई यो सेवा दिने अर्याल बताउनु भयो। यो कार्यक्रम पोहोर सालदेखि सुरु गरेका हौँ, यस वर्ष थप प्रभावकारी बनाउन लागिरहेका छौँ,” जनतालाई स्वस्थ राख्नका लागि घरघरमा पुगेर स्वास्थ्य सेवा दिन थालिएको बताउनुभयो ।

पालिकाले हरेक वर्ष स्वास्थ्यमा नयाँ–नयाँ काम गर्दै आएको भन्दै यस वर्ष सुगम देखि दुर्गम नागरिक लाई विशेषज्ञ स्वास्थ्य सेवा दिन लागेको उहाँको भनाइ थियो ।

कोही पनि नागरिकले उपचार नपाएर दुःख नपाओस् भन्ने हिसाबले गाउँमै स्वास्थ्य सेवा पु¥यानका लागि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य  परीक्षण र स्वास्थ्य शिविर सुरु गरिएको अर्यालले बताउनुभयो ।

 

सम्बन्धित शिर्षक :