प्युठान स्वास्थ्य कार्यलयको निशुल्क स्वास्थ्य शिबिर १५४ जनाको परिक्षण

स्वास्थ्यसमाचार/स्वास्थ्य कार्यालय प्युठानले आयोजना गरेको ४० बर्ष माथिका उमेर समुहका व्यक्तिहरुको निशुल्क स्वास्थ्य परीक्षणमा १५४ जनाले सेवा लिएका छन् । प्रजातन्त्र दिवसको अबसरमा निशुल्क रुपमा आयोजना गरिएको सुगर,प्रेसर तथा मृगौला चेक जाँचमा १०८ जना पुरुष र ४६ जना महिलाले स्वास्थ्य परिक्षण गराएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

जिल्ला समन्वय समिति प्युठानको प्राङ्गण र प्युठान नगरपालिका ४, बिजुवार स्थित मित्रमणि चोकमा सम्पन्न गरिएको स्वास्थ्य चेक जाँचमा ११ जनामा सुगरको समस्या, २९ जनामा ब्लड प्रेसर तथा ८ जनामा पिसाब अर्थात मृगौला सम्बन्धी समस्या देखिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभयो । समस्या देखिएका बिरामीलाई स्वास्थ्य उपचारको लागि परामर्श दिएको बताउनुभयो।

पछिल्लो समय नसर्ने रोगहरुको संख्या बढ्दै गएकाले सामान्य अवस्थामा यस्ता रोगहरु लागेको थाहा नहुने र पछि एकदमै जटिल अवस्थामा आईसकेपछि मात्रै थाहा हुने भएकाले समयमा नै रोग पत्ता लगाइ उपचार गर्न सकिन्छ भन्ने उद्धेश्यका स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो ।

सम्बन्धित शिर्षक :