गुल्मी छल्दिमा बस दुर्घटना, १६ जना घाइते ,दुईजना थप उपचारका लागि रेफर

स्वास्थ्यसमाचार/सदरमुकाम तम्घासबाट अर्जै जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत रेसुंगा नगरपालिका-४ मा लु १ ख ७७७६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

घाइतेको अवस्था सामान्य रहेको छ । उनीहरूकाे गुल्मी अस्पतालमा उपचार भइरहेको छ । बस घुम्तीमा कन्ट्रोल हुन नसकेर सडक नजिकै दुर्घटनामा परेको थियाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुटवलबाट दसैं मनाउनका लागि अर्जै आउँदै गरेका यात्रु दुर्घटनामा परेका थिए ।

घाइतेहरूमध्ये दुई जनाको अवस्था मध्यम रहेकाले थप उपचारका लागि रेफर गरिएको छ। बाँकी १४ जनाको अवस्था सामान्य रहेको जिल्ला अस्पताल गुल्मी, तम्घासले जनाएको छ।

अस्पतालले सार्वजनिक गरेको घाइतेहरूको विवरण यसप्रकार छः

१. दीपक पराजुली (३१), इस्मा गाउँपालिका–६ – मध्यम चोट (बायाँ खुट्टा र टाउको), थप उपचारका लागि रेफर
२. हरिकला कुमाल (७३), इस्मा गाउँपालिका–६ – मध्यम चोट (कुहिनाको हड्डी र छातीको हड्डी), थप उपचारका लागि रेफर
३. नवीन महत (२१), इस्मा गाउँपालिका–६ – सामान्य
४. कृष्ण कुमाल (११), इस्मा गाउँपालिका–६ – सामान्य
५. सबिता कुमाल (३३), इस्मा गाउँपालिका–६ – सामान्य
६. चन्द्री कुमाल (६८), इस्मा गाउँपालिका–६ – सामान्य
७. प्रमोद महत (२३), इस्मा गाउँपालिका–६ – सामान्य
८. सन्त बहादुर कुमाल (३९), इस्मा गाउँपालिका–६ – सामान्य
९. सरिता महत (३३), इस्मा गाउँपालिका–६ – सामान्य
१०. रेशम भन्डारी (२२), इस्मा गाउँपालिका–६ – सामान्य
११. राधिका बस्नेत (४३), इस्मा गाउँपालिका–६ – सामान्य
१२. अनिल बस्नेत (१७), इस्मा गाउँपालिका–६ – सामान्य
१३. कोपिला बस्नेत (२२), इस्मा गाउँपालिका–६ – सामान्य
१४. ईश्वरी कुमाल (२२), इस्मा गाउँपालिका–६ – सामान्य
१५. सचिन महत (१९), इस्मा गाउँपालिका–६ – सामान्य
१६. लक्ष्मी बिष्ट, मालिका गाउँपालिका–६ – सामान्य

 

सम्बन्धित शिर्षक :