देबदहनगरमा ६ ठाउमा भोलि कोरोना विरुद्धको खोप लगाइँदै

पाएक पर्नेठाउमा गएर लगाउन देबदह नगरप्रमुख खत्रीको आग्रह

स्वास्थ्यसमाचार/ रुपन्देहीको देबदह नगरपालिकामा मंगलबार कोरोना खोप लगाइने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गरी ६२ देखि ६४ वर्षसम्मकालाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाइने जनाएको हो ।

केराबानी स्वास्थ्य चौकी देबदह स्वास्थ्य चौकी शिक्टन स्वास्थ्य चौकी चरडगे सामुदायीक स्वास्थ्य ईकाई भबानी पुर शहरी स्वास्थ्यकेन्द्र र देबदह मेडिकललेजमा गएर खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । यस्तै अन्यत्र भेरोसिलको पहिलो मात्रा लगाएकालाई पनि दोश्रो मात्रा लगाउन पाउने छन् । देबदह नगर प्रमुख हिरा बहादुर खत्रीले आफुलाई पाएक पर्ने ठाउमा गएर खोप लगाउन आग्रह गरेका छन ।

सम्बन्धित शिर्षक :