तिलोत्तमानगरमा ८ ठाउमा भोलि कोरोना विरुद्धको खोप लगाइँदै

तोकिएको स्वास्थ्य संस्थामा गएर खोपको सुबिधा लिन प्रबक्ता सुरेन्द्र श्री कोआग्रह

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा मंगलबार कोरोना खोप लगाइने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गरी ६२ देखि ६४ वर्षसम्मकालाई कोरोना विरुद्धको भेरोसिल खोप लगाइने जनाएको हो ।

शंकरनगर स्वास्थ्य चौकी, आनन्दवन स्वास्थ्य चौकी, करहिया स्वास्थ्य चौकी, सेमरा स्वास्थ्य चौकी, टिकुलीगढ स्वास्थ्य चौकी, मधवलिया स्वास्थ्य चौकी, गंगोलिया स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र ५ मा गएर खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ ।

यस्तै अन्यत्र भेरोसिलको पहिलो मात्रा लगाएकालाई पनि दोश्रोे मात्रा लगाउन पाउने छन् । तिलोत्तमा नगरपालिका प्रबक्ता सुरेन्द्र श्रीले ६२ देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई कोभिड –१९ बिरुद्धको खोप भोलि २५ गते तोकिएको स्वास्थ्य संस्थामा गएर खोप को सुबिधा लिनु आग्रह गरेका छन ।

 

सम्बन्धित शिर्षक :