रीमा बि.सी. स्वास्थ्यसमाचार /प्रदेश नं. पाँच सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा मुख्यमन्त्री शंकर पोखरेलले गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारी समेत रहेका स्थानीय तहका प्रमुखसँग एकिकृत भिडियो संवाद गरेका छन । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्रीले गरेको छैठौ भिडियो संवाद हो । । आजको भिडियो संवादमा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य एंव बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किष्मतकुमार कक्षपति, महासंघका केन्द्रीय सदस्य एंव अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल,गाँउपालिका राष्ट्रिय महासंघ,प्रदेश पाँचका अध्यक्ष एंव गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त, महासंघको प्रदेश…
समाचार
प्रदेश ५ सरकारको कोरोना नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख
स्वास्थ्यसमाचार/ प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख ८४ हजार रुपैंया जम्मा भएको छ । हालसम्म उक्त कोषमा सर्वसाधारणले मोबाईल बैंकिंक मार्फत सबैभन्दा कम १ सय रुपैयादेखि सबैभन्दा बढी २५ लाख पचास हजार रुपैयाँ जम्मा भएको छ । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २५ लाख ५० हजार रुपैंया जम्मा गरेको छ, त्यसैगरी भाटभटेनी सुपर मार्केटले २५ लाख, सिद्धार्थ बैंक, कुमारी बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकले दश र दश लाख रुपैया जम्मा गरेका छन् । त्यसैगरी सिटिजन बैंक ७ लाख रुपैया, कृषि विकास…
स्वास्थ्य मन्त्रालयले भन्यो : स्वास्थ्यकर्मीको तलव काटिदैन
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफु मातहतका कर्मचारी तथा डाक्टर, नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको तलव कट्टा नहुने स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले यसको जानकारी गराए । मन्त्रीपरिषद्को बैठकले ३ देखि ७ दिनसम्मको तलव काट्ने भनिएकोमा मन्त्रालयद्वारा डाक्टर सहित सम्पूर्ण स्वास्थ्यकर्मीको तलव काट्ने निर्णय नभएको प्रवक्ता देवकोटाले वताए । । कोरोना उपचार तथा रोकथाम नियन्त्रणका लागि स्थापना गरिएको कोषमा स्वेच्छिक सहयोग गर्न भने सकिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको परीक्षणको दायरा बढाएको छ। उपत्यका सहित ११ स्थानमा कोरोनाको परीक्षण सुरु भएसँगै…
नेशनल प्याथ ल्याबद्वारा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई पीसीआर मेसिन
स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा संचालन गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकोले कोरोना भाईरस लागे नलागेको नतिजा तिव्र रुपमा दिने भएको छ । उक्त प्रयोगशालाका लागि बुटवलमा रहेको नेशनल प्याथ ल्याबले उच्च क्षमताको रियल टाईम पी सी आर मेसिन दिएसंगै नतिजाको तिव्रता वढ्ने भएको हो । यस अघि दैनिक १४,१५ वटाको नतिजा दिने गरेकोमा यो मेशिन थपिएसंगै दिनमै साढे दुई सयको नतिजा आउने दावी नेशनल प्याथ ल्याबले गरेको छ । डव्लुएच ओ लगायतका संस्थावाट प्रमाणित उक्त मेशिनको शुक्रबार एक समारोहकाविचे समाजिक विकास मन्त्री शुर्दशन बराललाई हस्तान्तरण गरिएको हो । राष्टिय जनस्वास्थ्य…
एनएमबि बैंकद्वारा प्रदेश ५ सरकारलाई १सय थान गुणस्तरीय पीपीइ
स्वास्थ्यसमाचार/ एनएमबि बैंक पदेश पाँच कार्यलय बुटबलले माहामारीको रुपमापैलिएको कोरना भाइरस बाट जोगिन चिकित्सकका लागी अति आवश्यक मानिएको व्यक्तिगत सुरक्षा सामग्री पीपीई का पुरा सेट प्रदेश पाच सरकारलाई हस्तान्तरण गरेको छ । एनएमबि बैंक प्रदेश ५ का निक्षेप प्रवन्धक डिबिर विक्रम शाह सहितको टोलीले कोभिड–१९ विरुद्को स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री पीपीई का पुरा सेट बुट सहित मुख्यमन्त्री कार्यलएमै पुगेर प्रदेश ५ का मुख्य मन्त्रि शंकर पोखरेल लाई हस्तान्तरण गरेको हो । समाग्री बुझ्दै मुख्यमन्त्री पोखरेलले सबैको सहयोगले माहामारी संग लड्न सहज हुने…
कोरोनालाई पराजित गरेकी नेपाली नर्स :आत्मबल सबैभन्दा ठुलो कुरा
स्वास्थ्यसमाचार/अमेरिकाको कोलोराडो स्थित बोल्डरमा बस्दै आएकी बर्ष ४१ कि प्रमीला पौडेललाई गत मङ्गलवार मार्च २४ देखी कोरोना भाइरसको चपेटामा परेकी उनी कोरोनालाई जितेर अहिले सामान्य जीवनमा फर्केकी भए पनि सेल्फ आसोलेसनमा छिन । आसोलेसनमा बसेको आज १० दिन भएको छ । उच्च मनोबल, घरमा बनाएको औषधी र स्वास्थ्य जीवनशैलीले गर्दा उनले कोरोनालाई पराजित गर्न सफल भएको उनका श्रीमान् सञ्जय सिंहले बताए । उनले भने– ‘जिउ छाडेर पल्टियो अथवा मनोबल कमजोर बनायो भने कोरोनाले हामीलाई जित्छ, मनोबल उच्च बनायो र निरन्तर लडाई जारी राखेमा हामीले जित्न सक्छौँ ।’ बोल्डर कम्युनिटी अस्पतालमा…
प्रदेश ५ का सबै क्वारेन्टाइनमा आरडिटीबाट कोरोना परीक्षण
स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको र्यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गर्ने भएको छ। २ हप्ता क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको परीक्षण गर्न थालेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए।क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि लागि बिहीबारदेखि २ जिल्ला हेर्नेगरी ६ वटा वटा स्वास्थ्यकर्मीको टोली खटेको छ। ‘आजदेखि क्वारेन्टाइनमा बसेर २ हप्ता कटाएका हरेक व्यक्तिको आरडीटी हुनेछ,’ मन्त्री बरालले भने, ‘त्यसमा नेगेटिभ रिपोर्ट आए घरमा पठाइने छ। पोजिटिभ भए स्वाब परीक्षणका लागि पठाइने छ। ’ प्रदेश ५ का १२ जिल्लामा २ हजार ५ सय ६…
तिलोत्तमामा पहिलोपटक १० जनामा आरडिटीबाट कोरोनो परीक्षण
स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित क्वारेन्टाइनमा बसेका दश जनाको ¥यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गरिएको छ । आरडिटी विधिमार्फत् नेपालमा पहिलो पटक गरिएको दश जनाकै कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले वताए। भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेकाहरुको कोरोना परीक्षण गरिएको हो ।सरकारले क्वारेन्टाइनमा बसेका सबै जनाको आरडिटी विधिमार्फत् कोरोना परीक्षण गर्ने नीतिअनुसार पहिलो चरणमा बिहीबार १० जनाको परीक्षण गरिएको हो । भारतबाट फर्किएकामा संक्रमण देखिएपछि हालै बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षणलाई…
चिकित्सक वर्खास्त गर्नुको कारण माग्यो चिकित्सक संघ लुम्बिनीले
स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाले लुम्बिनी प्रादेशीक अस्पतालका ५ जना चिकित्सक वर्खास्त गरिएको प्रति ध्यानकर्षण भएको जनाएको छ। चिकित्स लुम्बिनी शाखा अध्यक्ष डा ईन्द्र ढकाल र महासचिब डा सन्तोष पोखरेलद्धारा हस्ताक्षरीत उक्त बिज्ञप्तीमा बिश्व कोरोनाको महामारीको अबस्थामा राज्यले चिकित्सक लगायत स्वास्थ्यकर्मिको मनोवलवृद्धि गर्नुको सट्टा सेवारत निबृत र बिभिन्न निजी संघ संस्थामा कार्यरत स्वास्थ्यकर्मिलाई सेवामा आउन आवाहन गर्नुपर्ने अवस्थामा यस्तो समाचार आउनु दुखद भएको उल्लेख गरेका छन । यस्तो बिषयमा परिस्थीतीमा चिकित्सक र स्वास्थ्यकर्मी मनोबल नघटाई सेवामा सर्मपति हुन आग्रह गरेको छ। के कारणले उक्त घटना भएको सामाजीक बिकास…
डायलासिस गर्न आउने बिरामीलाई निःशुल्क बस सेवा
स्वास्थ्यसमाचार/लकडाउनका कारण सवारी साधन नचल्दा डायलाइसिस गर्नुपर्ने विरामी समस्यामा परेपछि बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल निःशुल्क बस संचालनको रुट थप गरेको छ । दुईवर्ष देखि नवलपरासीको बर्दघाट, तिलोत्तमाको मणिग्रामसम्म दैनिक निःशुल्क बस सेवा संचालन गर्दै आएको अस्पतालले विहिबारदेखि कपिलवस्तुको वाणगंगा नगरपालिकाको बनगाई सम्म निःशुल्क बस संचालन गर्ने भएको हो । हप्तामा दुईपटक डायलाईसिस गराउनुपर्ने भएपनि कतिपय कपिलवस्तुका विरामी लकडाउनका कारण अस्पतालमा बस्न बाध्य भएपछि बस संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । उनले अधिकांश विरामीहरु हप्तामा दुईदिन मिर्गौला डायलाईसिस गर्नुपर्ने अवस्थाका भएकोले विहिबार र सोमबार हप्ताको…