स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताउनु भयो । उहाँले अस्पतालहरुमध्येमा प्रसुती तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको बताउनु भयो । उहाँले अहिलेको साधन श्रोतभित्र रहेर अस्पतालले गरेका कामहरु राम्रो रहेको बताउनु भयो । उहाँले उपलब्ध साधनश्रोत र जनशक्तिभित्रबाट प्रभावकारी काम गर्न आवश्यक रहेको बताउनु भयो । नेपालमा…
समाचार
कपिलवस्तु दुर्घटनाका गम्भीर १३ घाइतेलाई थप उपचारका लागी युनिभर्सल मेडिकल कलेज लगियो
स्वास्थ्यसमाचार/कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासास्थित भएको बस दुर्घटनाका सात जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार सुर्खेतदेखि बुटवलतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको थियो । दुर्घटनामापरी गम्भीर घाइते भएका उहाँहरूलाई थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको छ । बसमा चालकसहित २४ जना रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । घाइतेमध्ये २ जनाको चन्द्रौटास्थित आधारभूत अस्पताल र १५ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ । बसचालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको…
स्वास्थ्य मन्त्रालय लुम्बिनीद्धारा ८४ जना स्वास्थ्यकर्मीको सरुवा
स्वास्थ्यसमाचार/स्वास्थ्यमन्त्रालय लुम्बिनी द्धारा ८४ जना जना स्वास्थ्यकर्मीको सरुवा गरिएको छ। मन्त्रालयले आईतबार सचिवस्तरको निर्णय गर्दै पाँचौँ, छैटौँ, सातौँ र आठौँ तहका स्वास्थ्यकर्मीको सरुवा गरेको छ यसअघि बनौ तहदेखीका अधिकृतहरुको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले सरुवा गरेको थियो । हेर्नुहोस सरुवा
गार्जिया कम्बोजिया नामक दुब्लाउने औषधी खाँदा अस्पतालमा भर्ना
स्वास्थ्यसमाचार/ अनलाइनबाट मगाइएका तौल घटाउने औषधी खाँदा ३ जना विरामीले आईसीयु सम्मको यात्रा गरेका छन् । बुटवलमा विभिन्न माध्यामबाट मगाइएका ति तौल घटाउने दावि गरिएका औषधी खाँदा इमर्जेन्सीमा भर्ना गरेर उपचार गर्नुपरेको लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. नन्दु पाठकले वताउनु भयो । अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा १ जनाको क्याबिनमा सारेर उपचार भैरहेको डा. पाठकले बताउनु भयो।गार्जिया कम्बोजिया नामको औषधी खाएकी सृष्टि सेन ठकुरीको उपचार भैरहेको छ । यस्तै एक जना सोही औषधी खाएका विरामीको पाल्पाबाट अहिले काठमाण्डौमा रिफर गरी उपचार भैरहेको हो भने एक जनको नेपालगञ्जमा उपचार भैरहेको डा…
बालबालिकाको नियमित खोप कार्यक्रममा संवेदनशील बुटवल
स्वास्थ्य: स्वास्थ्य भनेको कुनै पनि रोग वा असक्तता नहुनु मात्र नभई पूर्णरुपमा शारीरिक,मानसिक, आध्यात्मिक र सामाजिक स्वस्थताको गतिशील अवस्था हो । (विश्व स्वास्थ्य संगठन) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बि.स.२०११ सालमा स्थापित स्वास्थ्य मन्त्रालयको नाम हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेको छ । यस मन्त्रालयको प्रमुख उद्देश्य आधुनिक एबं परमपरागत स्वास्थ्य उपचार पद्धतिको प्रबर्द्धन र विकास गरि आम नागरिकको शारीरिक एबं मानसिक स्वास्थ्यमा अभिवृद्धि गर्ने,रोगको प्रभावकारी ढंगले रोकथाम गर्ने र उपचारको समुचित व्यवस्था मिलाउन नीति निर्माण गर्ने,गैर सरकारी संघ सस्था एबं निजि क्षेत्रको सलग्नता गराई स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु कार्यान्वयन, अनुगमन…
समायोजन पुल दरबन्दीमा रहेका चिकित्सक प्रदेश र स्थानीय तहमा खटाइने
काठमान्डौ/स्वास्थ्य क्षेत्रमा सुधारका लागि एक आपसमा सहकार्य गर्ने संघ, प्रदेश र स्थानीय तहले प्रतिबद्धता जनाएका छन्।संघ, प्रदेश तथा स्थानीय तह ऐन २०७७ अन्र्तगत गठित तीनै तह सहभागी विषयगत समितिको पहिलो पटक बसेको बैठकमा सहभागी देशका प्रदेश सरकार तथा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरुले स्वास्थ्यका योजना तथा कार्यक्रममा दोहोरोपना ल्याउन नदिने प्रतिबद्धता जनाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार सम्हालेपछि सार्वजनिक गरेको प्राथमिकता तथा कार्ययोजनामा समितिको बैठक तत्काल राखेर तहगत समस्याको पहिचान र आगामी योजना बनाउने घोषणा गरेका थिए। बैठकले स्वास्थ्यकर्मी अभावलाई सम्बोधन गर्न समायोजन पुल दरबन्दीमा रहेका स्वस्थ…
सिअनमी र सिअहेव दुई अधिकृतविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप
स्वास्थ्यसमाचार/कपिलवस्तुको यशोधरा गाउँपालिकामा सिअनमी (अधिकृत छैटौं) कार्यरत सरस्वती ओली क्षेत्रीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सो गाउँपालिकामा मातृ शिशु कार्यकर्ता माशिका पदबाट नियुक्ति लिई सिअनमी पदमा स्तरवृद्धि भएका क्षेत्रीको प्राविधिक एस एल सी परीक्षा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, पोखराबाट उत्तीर्ण गर्दा, रजिष्टर्ड सिअनमी नेपाल नर्सिङ् काउन्सिलको दर्ता प्रमाण–पत्र लिँदा, नेपाल स्वास्थ्य सेवाको सहायक पाँचौं तहमा स्तर वृद्धि हुँदा र नेपाल स्वास्थ्य सेवाको अधिकृत छैटौं तहमा स्तर वृद्धि भई सिअनमी निरीक्षक पद पाउन माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट हाईस्कूल परीक्षा पास…
औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु, ३४ घाईते
भारतको आन्ध्र प्रदेशको एक औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाले ज्यान गुमाएका छन् । बुधबार दिउँसो सवा २ बजे आन्ध्रा प्रदेशको अनाकापल्ली जिल्लामा रहेको इसेन्सिया एड्भान्स साइन्सेस प्लान्टमा विस्फोट हुँदा १७ जनाले ज्यान गुमाएका हुन्। यस घटनामा ३४ जना घाइते भएका छन्। प्लान्टको रसायन मिश्रण गर्ने ठाउँ ‘केमिकल रियाक्टर’बाट विस्फोट भएको बताइएको छ ।
स्वास्थ्य र शिक्षा महँगो भयो डा. कोइराला
स्वास्थ्यसमाचार/कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महँगो भएको बताउनुभएको छ ।मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो । नेता कोइरालाले शिक्षा र स्वास्थ्यको महङ्गी हटाउनुपर्ने जानकारी दिनुभयो । उहाँले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । नेता कोइरालाले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेको बताउनुभयो ।
भलाई कोषसँग बुटवल हस्पिटल प्रा.लि.को उपचार सम्झौता
स्वास्थ्यसमाचार/ बुटवलमा रहेको यातायात मजदुर तथा ब्यवसायी भलाई कोषसँग आवद्धरहेको सदस्यहरुको उपचार अब बुटवल हस्पिटल प्रा.लि.मा हुने भएको छ । विगत२४ वर्षदेखि निरन्तर स्वास्थ्य उपचारमा स्थापित बुटवल हस्पिटलले भलाईकोषमा आबद्ध रहेका सदस्यहरु, कोषका कर्मचारी, व्यवसायी तथा मजदुरहरूकालागि बिषेश छुट सहित उपचार गर्ने गरि आईतबार सम्झौता गरेको हो । भौतिक पुर्वाधार, अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको संयोजन गरि नमुनाअस्पतालका रुपमा अघि बढेको बुटवल हस्पिटलले अब भलाई कोषसँगको सहकार्यमाउपचार प्रक्रिया अघि बढाउने भएको छ । भलाई कोषमा अहिले करिव ४ हजार सवारीसाधनहरुको आवद्धता रहेको छ । जसमा सरकारी तथा नीजि साधनहरु रहेका…