भारतीय दूतावासद्वारा २ सय वटा डायलासिस उपकरण हस्तान्तरण

स्वास्थ्यसमाचार/ भारत सरकारले दुई सय वटा मृर्गौला डायलाईसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गर्नु भएको हो । करिव एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नु भयो । त्यस अवसरमा उहाँले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको…

‘अर्थोकान २०२३’ रुपन्देहीमा सम्पन्न

स्वास्थ्यसमाचार/ २८ औँ सम्मेलन ‘अर्थोकान २०२३’ रुपन्देहीमा सम्पन्न भएको छ। तीन दिन अघि लुम्बिनी बिकास कोषका भिक्षु ओजिर श्री महास्थवीरले सम्मेलनको उद्घाटन गरेका थिए। सो सम्मेलन नेपाल अर्थोपेडिक एसोसिएसन केन्द्रीय समिति तथा लुम्बिनी शाखाको सयुंक्त आयोजनामा रुपन्देहीको मणिग्राममा सम्पन्न भएको हो। हाडजोर्नी, स्पाईन, ट्रमा संग सम्बन्धित,बिधाहरूमा रहेर विभिन्न विषेशज्ञ चिकित्सकहरूले सोधपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रममा भारत,भुटान बंगालदेश माल्दिप्स,थाईल्यान्ड फिलिपिन्स लगायतका देसका अर्थोपेडिक चिकित्सकहरू सहभागि भएको अर्गनाइजिङ सेक्रेटरी डा गोपाल प्रसाद ज्ञवालीले जानकारी दिए। सम्मेलनमा नेपाल, दक्षिण एसिया सहित विभिन्न मुलुकबाट करिब २ सय जनाको प्रत्यक्ष र करिव ७ सय…

स्वास्थ्य सेवा विभागद्धारा १८३ जना नर्सिङ कर्मचारीको स्तरबृद्धि

स्वास्थ्यसमाचार /स्वास्थ्य सेवा विभागले १८३ जना नर्सिङ कर्मचारीको छैटौ तहमा स्तरबृद्धि गरेको छ । विभागले गत २०७९ पुस महिना सम्ममा योग्गता पुगेका नर्सिङ पाँचौ देखि छैटौँ तहमा स्तरबृद्धि गरेको जनाएको छ । विभागले स्वास्थ्यमा हरेक बर्ष दुई पटक स्तरबृद्धिका लागि निवेदन माग्ने र त्यसको अध्ययन पछि स्तरबृद्धि गर्ने चलन छ । हेर्नुहोस स्तरबृद्धि भएका नर्सिङ तर्फका कर्मचारीहरु

प्रदेशको स्वास्थ्य क्षेत्रलाई उदाहरणीय बनाउने गरि काम गर्छु : स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री बिष्णु पन्थीले प्रदेशको स्वास्थ्य क्षेत्रलाई उदाहरणीय बनाउने गरि काम गर्ने बताउनु भएको छ। रुपन्देहीको देवदहमा स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम को उदघाटनमा बोल्दै मन्त्री पन्थीले प्रदेशको स्वास्थ्य निति सेवा अस्पतालका भौतिकपुर्वाधारका लागी मन्त्रालयले बिषेश काम गर्ने बताउनु भयो। उहाले खोपजस्तो संबेदनशिल क्षेत्रमा स्वास्थ्यकर्मी सर्तक र सचेत रहेर काम गर्नुपर्ने बताउनु भयो। स्वस्थ्यकर्मीलाई तालिमले सेवामा थप दक्ष बनाउने बताउनु भयो। उहाले सबै स्वच्छ र निरोगी भए देशको अर्थतन्त्रमा समेत सुधार आउने भएकोले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन आफु लाग्ने समेत…

बाँके हात्तीपाइले रोग निवारणमा सकस : ६वर्षे अभियान १३ वर्ष सम्म निरन्तरता

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशको बाँके हात्तीपाईले बिरुद्धको औषधी सेवन गराउन चुनौती भएको वताईएको छ ।नेपालगन्जमा संञ्चारकर्मिहरु संग गरिएको अन्तरक्रिया यस्तो गुनासो गरेका हुन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले सरकारले हात्तीपाईले रोगलाई २०२० सम्म निवारण गर्ने उद्देश्य लिएतापनि अभियानले सफलता पाउन नसकेको उहाँले वताउनु भयो। अभियान संचालन गरिएको छैठौ बर्षमा रोगलाई निवारण गर्ने लक्ष्य लिएतापनि अभियानले तेह्रौ बर्षमा प्रवेश गर्दा समेत बाँकेमा हात्तीपाईले रोगलाई निवारण गर्नलाई चुनौती देखिएको पौडेलको भनाई छ। अभियानमा दम, मुटु जस्ता दिर्घरोगी, गर्भवती, एक हप्तासम्मका सुत्केरी आमाहरु, छारेरोगका विरामी, दुईवर्ष नपुगेका बालबालिकाले औषधि सेवन गर्न…

नेपाल अर्थोपेडिक एशोसिएशनको २८ औँ सम्मेलन रुपन्देहीमा सुरु

स्वास्थ्यसमाचार /नेपाल अर्थोपेडिक एसोसिएसनको २८ औँ सम्मेलन रुपन्देहीमा सुरु भएको छ। आफुले गरेका कामको छलफल र नयाँ तरिकाले कसरी उपचार गर्ने भन्ने उदेश्यले सम्मेलनको आयोजना गरिएको हो। एक समारोहका बिच लुम्बिनी बिकास कोषका भिक्षु ओजिर श्री महास्थवीरले सम्मेलनको उद्घाटन गर्नु भयो ।युनाईटेड ईन पर्स नेपाल अर्थोपेडिक एशोसियसन सार्क देशहरूको अर्थोपेडिक एशोसियसनसंगको सहकार्यमा सुरू भएको यो तीनदिने अर्थोकान २०२३ को उद्घाटन कार्यक्रममा बोल्दै उहाले सार्कस्तरीय सम्मेलनले निकै महत्त्वपुर्ण अर्थ राख्ने वताउनु भयो । हाडजोर्नीका क्षेत्रमा नयाँ खोज अनुसन्धान उपलब्धिहरूको विषयमा चिकित्सक वीच आदान प्रदानमा सहयोगि हुने समेत भिक्षु श्रीरिले वताउनु भयो…

सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्ने ऐन लागु गर्न दवाव सृजना गर्ने

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला कार्यसमिति रुपन्देहीले सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्ने ऐन २०६८ र उक्त ऐन अन्तर्गत रहेर स्थानीय सरकारले निर्माण गरेका निति नियमको प्रभावकारी कार्यान्वयन का लागि रुपन्देही जिल्लाका १६ वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ । प्राणघातक प्रकृतिको क्यान्सर रोग आज सम्पुर्ण विश्व, हाम्रो देश र समाजको लागि समेत ठूलो चुनौती भएको बेला स्थानीय तहका सरकार र सरकारी निकायले गम्भीर भएर उक्त ऐन, नीति तथा निर्देशन कडाइका साथ लागू गर्न सकेको खण्डमा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगले निम्त्याउने क्यान्सर रोगको रोकथाम र…

थप उपचारका लागि भारत पठाइयो सांसद चन्द्र भण्डारीलाई

स्वास्थ्यसमाचार/ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईतर्फ लैजान अस्पतालबाट निकालिएको छ। सांसद भण्डारीलाई कीर्तिपुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको हो। अब त्यहाँबाट श्री एयरलाइन्सको विमानबाट भारतको मुम्बई लगिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सांसद भण्डारीलाई मुम्बइस्थित नेशनल बर्न सेन्टरमा उपचारका लागि पठाउन लागिएको बताए। गए राति ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारीको दुबै हात खुट्टा र अनुहारमा गरी शरीरमा करिब ३० प्रतिशत जलन भएको थियो। उनकी आमाको भने निधन भएको छ। आमाले ग्यास लिक भयो भनेपछि हेर्न किचनमा गएका थिए सांसद भण्डारी…

उपचारका क्रममा कांग्रेस नेता चन्द्र भण्डारीकी आमा हरिकलाको निधन

स्वास्थ्यसमाचार/ ग्यास सिलिन्डर विस्फोटमा परी घाइते नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । बिहीबार राति बुद्धनगरस्थित निवासमा सिलिन्डर पड्किँदा भण्डारी आमाछोरा गम्भीर घाइते भएका थिए । मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारका अनुसार १०.५७ मा हरिकलाको उपचारका क्रममा निधन भएको बताए।हो । । घाइते सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ ।

सांसद भण्डरीको अवस्था जटिल, देशबाहिरको सुविधासम्पन्न अस्पताल लैजान सिफारिस

स्वास्थ्यसमाचार/ खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी…