स्वास्थ्यसमाचार/ समायोजन तथा समायोजन मिलान भई गएका स्वास्थ्यकर्मीलाई सम्बन्धित तह र निकायमा नै हाजिर गराई जिम्मेवारीपूर्वक कामकाजमा खटाउन स्वास्थ्य मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई अनुरोध गरेको छ । २०७९ पुस ८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयले यस्तो अनुरोध गरेको हो । दोहोरो सहमतिका आधारमा विभिन्न प्रदेश र स्थानीय तहहरुमा समायोजन र समायोजन मिलान हुँदा स्वीकृत दरबन्दी भन्दा बढी हुन गएका स्वास्थ्यका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले तलबभत्ता उपलब्ध गराउने भएको छ । समायोजन र समायोजन मिलान हुँदा स्विकृत दरबन्दी भन्दा बढी कर्मचारी हुँदा कर्मचारी फिर्ता पठाइएपछि हाललाई नपुग तलब भत्ता स्वास्थ्य मन्त्रालयले…
समाचार
टोल सरसफाई गर्दै तिलोत्तमा क्षेत्रका बासिन्दा
स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा शुक्रबार सरसफाई गरिएको छ । वडा कार्यालयहरुको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सरसफाई गरेका हुन् । यसैक्रममा वडा नं. ८ का सबै टोलहरुमा पनि सरसफाई गरिएको छ । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा सरसफाई गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो । तिलोत्तमाको वडा नं. ८ मा हाल ८ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । सरसफाई कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अभियान संयोजक सुरेन्द्र…
कांग्रेस नेता डा चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
स्वास्थ्यसमाचार/ नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका नेता एवं प्रतिनिधि सभा सदस्य डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए। ुभण्डारीको आज पनि फिजियोथेरापी भएको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छु, भण्डारीका दाजु मीनप्रसादले बिहीबार बेलुका भनेका छन्। आगलागीमा परी सांसद भण्डारी र उनकी…
तिलोत्तमाको सरसफाई अभियान एक सयौं श्रृंखलामा सप्ताहव्यापी कार्यक्रमको आयोजना
स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखला भव्यताका साथ मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट सुरु भएको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियान निरन्तर सञ्चालनमा रहेको छ । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् । सम्भवः निरन्तर सञ्चालनमा रहेको…
म्याद गुज्रेको औषधि वितरण प्रकरण: चौराह अस्पतालद्धारा गल्ती स्वीकार
स्वास्थ्यसमाचार/ रेसुंगा नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण गल्ती स्वीकार गर्दै बुटवलको चौराह अस्पतालले माफी मागेको छ । अस्पतालले म्याद गुज्रीएको औषधी वितरण गरको बारे समाचार प्रकाशन भएपछि सोमबार एक विज्ञप्ती जारी गर्दै अस्पतालले गल्ती भएको स्वीकारसहित माफी मागेको हो । अस्पतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘उपरोक्त सम्बन्धमा मिति २०७९ ११ २० गते रेसुङ्गा नगरपालिकाको आयोजनामा चौराह अस्पताल प्रा लि. को प्राविधिक सहयोगमा महेन्द्र मावि मा गरिएको निःशुल्क स्वास्थ्य शिविरको क्रममा मिरा बायोटिक कम्पनीद्वारा उत्पादित एमिजाय १० एमजीको स्याम्पल ट्याबलेटको म्याद सकिएको औषधी वितरण गरिएको भन्ने…
तम्घासमा भएको स्वास्थ्य शिविरमा म्याद गुज्रेको औषधि वितरण
स्वास्थ्यसमाचार /रेसुंगा नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण गरेको फेला परेको छ । रेसुंगा नगरपालिका–८ स्थित महेन्द्र माविमा शनिबार सञ्चालन भएको शिविरमा ‘एमिजोए–१०’ नामको म्याद गुज्रेको औषधि वितरण गरिएको फेला परेको हो । शिविरमा उपचार गरेकी रेसुंगा नगरपालिका–८ की एक महिलाले आफूलाई म्याद गुज्रेको औषधि दिइएको भन्दै छिमेकीकहाँ देखाउन लगेकी थिइन् । नगरपालिकाले १० जनालाई म्याद गुज्रेको औषधि वितरण गरेको फेला परेको ती महिलाले बताइन् । ‘ढाडको समस्या भएर गएको, त्यो औषधि दिनुभएको रहेछ । मैले नानीहरूलाई देखाउँदा त एक्स्पायर परेछ,’ उनले भनिन्, ‘मैले मात्र होइन,…
बुटवल बजार पटक -पटक अनुगमन : अखाद्य वस्तु छ्यापछ्याप्ती
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । महंगी, कालोबजारी तथा अखाद्य बस्तु, म्याद गएका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको हो । विषयगत रुपमा अनुगमन गरिरहेको र अनुगमनका कारण बजार सुधार हुँदै गएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको फागुन मध्यसम्ममा ७३ वटा खाद्यान्न बिक्री पसल, ११ वटा मासु बिक्री पसल, १६ वटा मिष्ठान्न भण्डार, ९ वटा योजना निर्माण, ४ वटा नदीजन्य पदार्थको चोरीनिकासी अनुगमन गरिएको छ । यस्तै…
जनस्वास्थ्यलाई प्राथमिकता र निरोगी नेपाल अभियानलाई विस्तार गर्छौ:मुख्यमन्त्री गिरी
स्वास्थ्यसमाचार/ जथाभावी औषधि सेवनले पार्ने असरले सिङ्गो प्राणी जगत प्रभावित छ । वातावरणीय प्रदूषण र अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदाको असर पनि प्राणी जगतमै परेको छ । जनस्वास्थ्यको यस्तै संवेदनशीलतालाई ख्याल गर्दै लुम्बिनी प्रदेश सरकारले जनस्वास्थ्य ऐन बनाइरहेको छ । लुम्बिनी प्रदेशका सबै जिल्लालाई लक्षित गरि निरोगी नागरिक अभियान सञ्चालन र उपचारका संयन्त्रको प्रभावकारी व्यवस्थापनका कामलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री लिला गिरीले नागरिकलाई निरोगी बनाउने दायित्व राज्यको भएको र जनस्वास्थ्यको संवेदनशीलतालाई विशेष ख्याल गरेर ऐन बनाउने काम भइरहेको बताउनुभएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले बिहीबार देउखुरीमा आयोजना…
गुल्मीमै पहिलोपटक दुवै आँखा नदेख्ने बिरामीको शल्यक्रिया
स्वास्थ्यसमाचार/ गुल्मीमा दुई वर्षदेखि दुवै आँखा नदेख्ने पाँच जना बिरामीको आँखाको शल्यक्रिया सफलतापूर्वक गरिएको छ । यो शल्यक्रिया जिल्लामै पहिलोपटक गरिएको नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीका बिरबहादुर कार्कीले बताउनु भयो । दुई वर्षदेखि दुवै आँखा नदेख्ने मुसिकोट नगरपालिका-९ निवासी ५२ वर्षकी मनकला बिक, ८४ वर्षका तिलबहादुर राना, मुसिकोट नगरपालिका-५ निवासी ६८ वर्षका बिनबहादुर बिकको शल्यक्रिया गरिएको थियो । त्यस्तै मुसिकोट नगरपालिका-१ निवासी ६७ वर्षकी नन्दीकुमारी श्रेष्ठ र बाग्लुङ वढिगाड-२ निवासी ७२ वर्षकी खगी रानाको दुवै आँखको शल्यक्रिया गरिएको हो । जिल्लाको मुसिकोट नगरपालिकामा दुई दिनसम्म चलेको…
लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवगर्न लायक बनाउछौ : स्वास्थ्यमन्त्री पन्थी
स्वास्थ्यसमाचार/ बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल सुरु भएको एक सय १३ वर्ष पूरा भएको छ । अस्पतालले १ सय १३ वर्ष प्रवेशको अवसरमा सोमबार विशेष समारोह आयोजना गरेर वार्षिक उत्सव मनाईएको हो। अस्पताल को १ सय १३ औ बार्षिक उत्सवको उदघाटन गर्दे लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले सरकारले अगाडी बढाएको लुम्बिनी प्रदेशकै गौरवको योजानको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लाई नमुना विशिष्टकृत अस्पताल बनाउने बताएका छन् । उनले गुरुयोजना अनुसार नै अस्पतालको स्तरउन्नती हुने जानकारी दिदै १० तले आधुनिक भवन निर्माणको लागि रोकीएको ठेक्का प्रक्रिया अविलम्ब सुरुवात गर्ने समेत आश्वासन…