स्वास्थ्यसमाचार/जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन भएको छ। ६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए। भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासि उनलाई हृदयघात भएको यादवले बताए। त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको यादवले बताए। रहमान जसपाकी केन्द्रीय सदस्य र महिला फोरमकी पूर्व अध्यक्ष थिइन्। उनी जसपाबाट समानुपातिक सांसद बनेकी थिइन्।
समाचार
लुम्बिनी प्रादेशिक अस्पतालको ११३औं वार्षिकोत्सवमा म्याराथुन प्रतियोगिता सम्पन्न
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले आयोजना गरेको म्याथुन प्रतियोगिता सम्पन्न भएको छ । अस्पतालको १ सय १३ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा शनिबार म्याराथुन प्रतियोगिताको आयेजना गरिएको थियो । फाल्गुन ९ गतेदेखि १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तर्गत भएको म्याराथुन तिलोत्तमाको जानकिनगरबाट सुरु भएर बुटबलको राजमार्ग चौराहमाआई समापन भएको थियो ।म्याराथुनमा अस्पतालका चिकित्सक स्वाथ्यकर्मी तथा अन्य प्रशासन सुरक्षा लगायतका सहभागी रहेको म्याराथुन प्रतियोगिता संयोजक नेत्र प्रसाद आचार्यले वताउनु भयो । म्याराथुन प्रतियेगीतामा महिला तर्फ लक्ष्मी वोहोरा प्रथम सर्मिला केसी दोश्रो र ममता पान्डे तेश्रो भएका छन भने पुरुष तर्फ दुर्गा बहादुर सार्कि…
अस्पतालको वार्षिकोत्सबमा निःशुल्क सुगर परिक्षण ३ सयले लिए सेवा
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा २सय ८३ जनाको निःशुल्क सुगर परिक्षण भएको छ।अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा निःशुल्क सुगर परिक्षण भएको हो। बिहान ९ बजे देखी दिउसो २ बजे सम्म निशुल्क रुपमा निःशुल्क सुगर भएको र २सय ८३ जनाको सुगर परिक्षण भएको अस्पतालका ल्याब ईन्चार्ज मानबहादुर श्रेष्ठले बताउनु भयो। लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा सप्ताहब्यापी कार्यक्रम भैरहेको र भोली शनिबार फागुन १३ गते म्याराथुन प्रतियोगिता रहेको अस्पतालका नर्सिङ ईन्चार्ज ज्योती पौडेलले बताउनु भयो।१५ गते मुलसमहारोहमा बिषेश कार्यक्रमको आयोजना गरि मनाउने कार्यक्रम रहेको पौडेलले बताउनु भयो।
गुणस्तरीय पूर्वाधार र सेवा प्रवाह हाम्रो प्राथमिकता :डा ईन्द्र ढकाल
यस क्षेत्रको ठुलो र पुरानो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल १सय १३ बर्ष पुगेको छ। दुई कोठाबाट सुरु गरेको अस्पताल अहिले लुम्बिनी प्रदेशको ठुलो र धेरै बिरामीले सेवा लिने ठाउ बनेको छ। अस्पतालले १सय १३औ बार्षिक उत्सव बनाईरहदा कस्तो छ अबस्था भौतिक पुर्वाधार कर्मचारी ब्यबस्था लगाएतका बिषमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.इन्द्र ढकालसँग गरेको कुराकानीको र सारसंक्षेप । लुम्बिनी प्रादेशिक अस्पतालको अबस्था कस्तो छ के–के कामहरू भए ? म नेतृत्वमा आएको एक वर्ष पुगेको छ । यो बीचमा अस्पतालको आइसियू बेडलाई ६ बाट ३० मा पु¥याइएको छ । त्यस्तै १० बेडको काडियक…
मेडिकल कलेजको अनियमितता विरुद्ध अखिल क्रान्तिकारीद्धारा भैरहवामा प्रदर्शन
स्वास्थ्यसमाचार/ मेडिकल कलेजहरुको मनोमानी र अनियमितता विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) द्वारा भैरहवामा प्रदर्शन गरेका छन । जिल्ला प्रशासन कार्यलयबाट शुरु गरिएको विरोध र्याली युनिभर्सल मेडिकल कलेजमा पुगेर कोण सभामा परिणत भएको थियोे ।सभामा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले मेडिकल माफिया विरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् । एमबिबिएस र बिडिएसका बिधार्थीहरुलाई चिकित्सा शास्त्र अध्यन संस्थानले(IOM) ले ब्यारियर सिस्टमको नाममा बिधार्थी निष्कासन गर्नु र मेडिकल कलेजहरुले ५ बर्षैका शुल्क लिनु न्याय संगत नभएको भन्दै कारबाहीको माग गरेका छन् । अध्यक्ष शाहीले बिधार्थीका समस्या बारेमा आफ्नो…
अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा निःशुल्क सुगर परिक्षण
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा निःशुल्क सुगर परिक्षण हुने भएको छ। आज बिहान ९ बजे देखी दिउसो २ बजे सम्म निशुल्क रुपमा निःशुल्क सुगर हुने भएको हो। अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडेलका अनुसार आज बिहान ९ बजे देखी दिउसो २ बजे सम्म अस्पतालमा निःशुल्क सुगर गरिने भएको बताउनु भयो। लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा बिभिन्न कार्यक्रम गरि यहि फागुन १५ गते ११३ औं वार्षिकोत्सब कार्यक्रमको मुलसमहारोह रहेको बताउनु भयो।
स्वास्थ्य सेवा दिवस मूल समारोह समिति गठन :संयोजकत्वमा मुख्यसचिव
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको स्वास्थ्य सेवा दिवस मनाउन मुख्य सचिवको संयोजकत्वमा स्वास्थ्य सेवा दिवस मूल समारोह समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको संयोजकत्वमा बसेको बैठकले मुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा मूल समारोह समिति गठन गरेको हो । संघ, प्रदेश तथा स्थानीय तहहरूमा विविध कार्यक्रमहरू आयोजना गरी यही फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइँदै छ।। जसका लागि मूल समारोह समिति मुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा स्वास्थ्य सचिव देव कुमारी गुरागाईं, डा रोशन पोखरेल, सबै अतिरिक्त सचिव र महानिर्देशक महाशाखा प्रमुख र केन्द्रीय…
मुख्यमन्त्री गिरीद्वारा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानको शुभारम्भ
स्वास्थ्यसमाचार/ मुख्यमन्त्री लिला गिरीले लुम्बिनी प्रदेशका तीन जिल्लामा सुरु भएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानको आज एक संक्षिप्त समारोहबीच दाङको देउखुरीबाट शुभारम्भ गर्नुभएको छ । राप्ती उपत्यकाको देउखुरी पिपरी स्थित स्वास्थ्य चौकीमा आयोजित संक्षिप्त अभियानको सुभारम्भ गर्नुभयो । लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, बाँकेसहित मुलुकका १५ जिल्लामा यो अभियान सुरु भएको छ । अभियान फागुन २५ गतेसम्म सन्चालन हुनेछ । झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सन्चालन भएको हो । दुई वर्ष उमेर पूरा गरेका…
बाल आहारको गुणस्तर मापदण्ड निर्धारण ,नेपाल राजपत्रमा प्रकाशन
स्वास्थ्यसमाचार/ बाल आहारको गुणस्तर मापदण्ड निर्धारण नेपाल राजपत्रमा प्रकाशन भएको छ। बाल आहारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा र हेलेन केलर ईन्टरनेश्नलको प्राविधिक सहयोगमा तयार पारिएको हो । गएको पुष ३ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको मापदण्डलाई नेपाल सरकारले यहि फाल्गुन १ गते नेपाल राजपत्रमा प्रकाशन गरेको हो । यो मापदण्ड कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा र हेलेन केलर ईन्टरनेश्नलको प्राविधिक सहयोगमा तयार पारिएको हो । हेलेन केलर ईन्टरनेश्नलका कार्यक्रम अधिकृत बबिता अधिकारी का…
भण्डारीको उपचारमा भेन्टिलेटर हटाइयो, सबै स्वास्थ्य पारामिटर नर्मल
स्वास्थ्यसमाचार/ ग्यास विस्फोटमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको उपचारमा भेन्टिलेटर हटाइएको छ। मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई सोमबार बिहान परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो । मुम्बईमा रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले सोमबार बिहान सवा १० भण्डारीको पछिल्लो अपडेट भन्दै फेसबुकमा लेखेका छन्, ‘ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको छ।’उनले स्वास्थ्य पारामिटर सामान्य रहेका र सुन्निएको भाग घट्दै गएको पनि जानकारी दिएका छन् । ‘स्वास्थ्य पारामिटर नर्मल रहेका छन्। सुन्निएको भाग घट्दै गएको छ। स्वास्थ्य सामान्यतर्फ गइरहेको छ,’ न्यौपानेले लेखेका छन्। काठमाडौँको बुद्धनगरस्थित निवासमा बुधबार…