नेपालमा पूर्ण स्तनपान : पछिल्लो पाँच वर्षमा १० प्रतिशतले घट्यो

स्वास्थ्यसमाचार/ बच्चालाई स्वस्थ राख्नका लागि जन्मेदेखि छ महिनासम्म आमाको दुध बाहेक अन्य पदार्थहरु खुवाउन राम्रो मानिदैन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बच्चालाई जन्मेदेखि छ महिना नलागेसम्म आमाको दुधबाहेक अन्य केही कुरा नखुवाउन अर्थात पूर्ण रुपमा स्तनपान ( एक्सक्लुसिभ) ब्रेस्ट फिडिङ गराउनु भन्दै आएका छन् । तर, नेपालमा भने पछिल्लो पाँच वर्षमा यसरी पूर्ण स्तनपान गराउनेको संख्या १० प्रतिशतले कम भएको छ । भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले गएको पाँच वर्षमा पूर्ण स्तनपान १० प्रतिशतले कमी आएको देखाएको छ । सन् २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा…

रुपन्देही २(ख) बाट लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठ निर्वाचित

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ।  रुपन्देही निर्वाचन क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सदस्यमा एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठले १६ हजार ३ मत सहित विजयी हुनुभएको छ। भने श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार बामदेव क्षेत्रीले ९ हजार ४१० मत सहित दोस्रो हुनुभएको छ । श्रेष्ठ ६ हजार ८९० मतको मतान्तरले विजयी बन्नु भएको हो । हाम्रो नेपाली पार्टीका प्रदीप पन्तले ५ हजार ८७० मत प्राप्त गर्नु भएको थियो । पुर्व मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारमा…

दाङ १(१)बाट लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारू निर्वाचित

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारू प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । दाङ १(१) बाट माओवादी केन्द्रका थारू १ हजार ७ सय ७५ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । थारूले १३ हजार ५ सय ५ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गर्नुभयो । थारू यस अघि नेकपा एमाले सँग तालमेल गरेर चुनाव जित्नुभएका थारू यसपालि पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो ।२०६३ मा अन्तरिम विधायिका हुँदै २०६४ मा पहिलो संविधान सभा सदस्यमा नेपाली कांग्रेसका खुमबहादुर खड्कालाई पराजित…

ललितपुर ३ बाट डा तोसिमा कार्की विजयी मन्त्री पम्फा भुसाल तेस्रो

स्वास्थ्यसमाचार/ (ललितपुर ३ बाट प्रतिनिधीसभा सदस्यमा राष्टिय स्वतन्त्र पार्टीकी उम्मेदवार युवा सर्जन डा तोसिमा कार्की भारी मतले विजयी भएकी छन् । बिहीबार विहान सम्पन्न मनगणनामा कार्की भारी मतान्तरले विजयी भएकी हुन् । उनले ३११३६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका अमृत खड्काले १२९६३ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार उर्जामन्त्री पम्फा भुसालले ८७६९ मत ल्याएकी छन् । उनी माओवादी केन्द्रकी सचिव समेत हुन् । मूलधारको राजनीतिमा हालै मात्र प्रवेश गरेकी तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रीय सदस्यसमेत हुन् । किष्ट मेडिकल कलेजबाट एमबीबीएस र…

नेपालमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स बढ्दो जनस्वास्थ्यमा चुनौती

स्वास्थ्यसमाचार/ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मंसिर २–८ सम्मको अवधीको अवसरमा बुटवलमा अन्तरक्रिया गरिएको छ ।स्वाथ्य मन्त्रालय लुम्बिनी प्रदेशको आयोजानमा बुटवलमा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यो विषयमा सबै जना एक जुट हुनुपर्ने बताएका हुन । कार्यक्रममा बोल्दै स्वाथ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सबैको साथ सहयोग विना प्रतिजैविक प्रतिरोध को काम नहुने बताए । प्रतिजैविक प्रतिरोध हाम्रो शरीरमा रहेका आँखाले नदेखिने भाईरस, ब्याक्टेरिया, परजीवी, ढुसी जस्ता किटाणुहरुले निम्त्याउने रोगहरु बिरूद्द प्रयोग गरिने औषधीलाई प्रतिजैविक औषधी (एन्टिमाइक्रोबियल) भनिन्छ । प्रतिजैविक औषधीको अनुचित प्रयोग गर्दा शरिरका सुक्ष्मजीवले औषधीको प्रतिरोध गर्छन् जसले गर्दा…

दाङमा सृजनाले उम्मेदवार चढेको गाडीभित्रै बच्चा जन्माएपछि….

स्वास्थ्यसमाचार/ दाङमा उम्मेदवार चढेको गाडीमा एक महिलाले बच्चालाई जन्म दिएकी छन्। एमालेबाट उम्मेदवार घनश्याम पाण्डे चढ्ने स्कारपियो जिप भित्र तुलसीपुर उपमहानगरपालिका– १५ डुरुवा निवासी २४ वर्षकी सृजना चौधरीले शिशुलाई जन्म दिएको उहाँका श्रीमान प्रदीप चौधरीले जानकारी दिनुभयो । आफन्तसँग भेटघाटमा रहेका पाण्डेले सुत्केरी व्यथाले थलिएको खबर पाएपछि उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा सृजनाले बाटोमै छोरीलाई जन्म दिनुभएको हो। बा १२ च ३६२४ नम्बरको स्कारपियो जिपमा अस्पताल लग्दै गर्दा राति १० बजेर ५५ मिनेट जाँदा छोरीको जन्म भएको प्रदिपले जानकारी दिनुभयो ।

रुपन्देहीका १० निर्वाचन केन्द्र लैङ्गिक समावेशी र अपाङ्गमैत्री

स्वास्थ्यसमाचार/ अपाङ्गता मैत्री निर्वाचन संरचना भएमा अपाङ्गता भएका व्याक्तिहरुका साथै अन्य सामान्य मानिसले समेत सहज रुपमा मताधिकार प्रयोग गर्न पाउने पाउँछन् । तर बजेट अभावको साथै अज्य विविध कारण देखाउँदै अपाङ्गता मैत्री निर्वाचन संरचना निर्माणमा आलटाल गरिदै आइएको छ । मंसिर ४ मा हुने प्रदेश सभा/प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देहीमा १० वटा निर्वाचन स्थल अपाङ्गतामैत्री निर्माण गरिने भएको छ । दातृ निकायको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा रहेका १० वटा निर्वाचन स्थल अपाङ्गतामैत्री बनाउने गरी काम अगाडि बढेको अपाङ्गता अभियान्ता राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका निर्वतमान सदस्य सावित्रा घिमिरेले बताईन्…

टिपरको ठक्करबाट घाईते पत्रकार कंडेलको उपचारका क्रममा मृत्यु

स्वास्थ्यसमाचार/ टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा रुपन्हेदीमा एक जना पत्रकारको मृत्यु भएको छ ।  लु १ क ५२७६ नम्बरको टिपर (रेडिमिक्स)ले शुक्रबार साँझ सिद्धार्थ राजमार्गको बुटवल(भैरहवा खण्डस्थित तिलोत्तमाको जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा ३५ वर्षीय पत्रकार एनबी कंडेलको मृत्यु भएको हो । बुटवलबाट भैरहवातर्फ जांदै गरेको टिपरले लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा सख्त घाइते भएका कंडेलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१ रानीबगिया स्थायी घर भई बुटवलमा बस्दै आएका कंडेल बुटवलबाट सञ्चालित ग्लोबल आवाज अनलाइनका सम्पादक थिए ।…

स्वास्थ्यकर्मीको टोली प्रत्येक मतदान स्थलमा परीचानलन हुने

स्वास्थ्यसमाचार/ मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा हरेक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटिने भएको छ। स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सबै मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटाउने भएको हो। मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख तथा मन्त्रालयका सह–प्रवक्ता डा समीर अधिकारीका अनुसार हालसम्म हरेक मतदान केन्द्रमा प्राथमिक उपचार सेवासहित एकजान स्वास्थ्यकर्मी राख्ने र आवश्यकता परेको खण्डमा स्वास्थ्यकर्मीको संख्या बढाउन पनि सकिने बताए। यसरी खटिने स्वास्थ्यकर्मीले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने, थप अन्य स्वास्थ्य सेवा आवश्यक हुने अवस्था आयो भने नजिकको स्थानीय…

निक साइमन्स अवार्डका लागि आवेदन खुल्यो मंसिर भित्र दिन सकिने

स्वास्थ्यसमाचार/ निक साइमन्स अवार्डुका लागि आवेदन खुलेको छ। ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थामा बसेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुलाई उक्त अवार्ड प्रदान गरिने छ। सेवाको गुणस्तरमा सुधार गर्न गरिएका कार्यहरु, संस्थाको पूर्वाधार विकासको लागि गरिएका कार्यहरु, अन्य सामाजिक कार्यहरु र सरोकार वालाहरुसँग मिलेर विकास लागि गरिएका कार्यहरु सामाजिक स्वास्थ्य सेवाको टेवा पुऱ्याउन गरेको कार्यहरु आवेदनमा उल्लेख गर्नुपर्ने छ। निक साइमन्स अवार्ड छनौटको लागि मंसीर मसान्त भित्र आवेदन दिनुपर्नेछ। यस्तो छ आवेदनको ढाँचा