पछिल्लो समय नेपाली नर्सको नयाँ गन्तव्य खाडी

स्वास्थ्यसमाचार/नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर पलायन हुने गरेका छन् । स्वदेशमा न्यून सुविधामा काम गर्नुपर्ने बाध्यता भएपछि उनीहरू विदेशतिर आकर्षित भएका हुन् । नेपालबाट नर्सिङ उत्तीर्ण भएपछि उनीहरूको पहिलो आकर्षण अमेरिका, क्यानडा, अस्ट्रेलिया बेलायतसहितका विकसित मुलुक हुने गरेको छ  तर पछिल्लो समय साउदी अरेबिया, दुबई, कतार, कुबेतलगायतका देशप्रति उनीहरूको आकर्षण बढ्न थालेको छ । नेपाल नर्सिङ सङ्घका कोषाध्यक्ष कल्पना श्रेष्ठले पछिल्लो समय ‘करियर बनाउनकै लागि’ साउदी, दुबई, कतार, कुबेत, बहराइनसहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाएको बताउनुभयो । उहाँले थोरै खर्चमा खाडी मुलुक गएर राम्रो आम्दानी हुने भएकाले नर्सहरू खाडीका देशमा…

लुम्बिनी प्रादेशिक अस्पतालमा मनाइयो २०४औं नर्सिङ दिवस

  बुटवल । नेपाल नर्सिङ संघ बुटवल शाखाको आयोजनामा आइतबार २०४ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । हरेक वर्षको मे १२ का दिन मनाइने नर्सिङ दिवस यस वर्ष ‘आवर नर्सेस आवर फ्यूचर, द इकोनोमिक पावर अफ केयर’ अर्थात हाम्रा ‘नर्सहरु हाम्रा भविष्य हुन, हेरचाहको आर्थिक शक्ति’ भन्ने मूल नाराकासाथ मनाइएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले नर्सिङ पेसाका जनशक्तिहरु नेपालमा अभाव हुँदै जाने अवस्था सिर्जना हुन थालेकोप्रति चिन्ता व्यक्त गरे । लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सबैभन्दा बढी नर्सिङ सेवाका जनशक्तिहरुको…

कक्षा १२ पास गरेपछि मात्रै २ वर्षे जनरल नर्सिङ पढ्न पाइने

स्वास्थ्यसमाचार/अब कक्षा १२ पास गरेका विद्यार्थीहरुले मात्रै २ वर्षे ‘जनरल नर्सिङ’ पढ्न पाउने भएका छन् । प्रा डा कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार जनरल नर्सिङ कार्यक्रम सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले बताएको छ । चैत ९ गते बसेको आयोगको १३औं बैठकले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार कक्षा १२ पछि स्वास्थ्य कार्यक्रम सुरू गर्न लागिएको आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले बताए । हाल माध्यमिक शिक्षा परीक्षा एसईई पास गरेपछि सीटीईभीटी अन्तरगतको प्रविणता प्रमाणपत्र (पीसीएल) ३ वर्षे नर्सिङ कार्यक्रम पढ्न पाइन्छ । सीटीईभीटी अन्तरगतको यो…

विराटनगरमा हत्या गरेको अवस्थामा स्टाफ नर्स दासको शव फेला

स्वास्थ्यसमाचार/विराटनगरमा हत्या गरेको अवस्थामा स्टाफ नर्सको शव फेला परेको छ। विराटनगर महानगरपालिका(४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन्। सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक विराटनगर(४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्। डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको दाहालले बताए । उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको हो। दासको घाँटी, अनुहारलगायत शरीरका…

दार्चुलाकी नर्स वविता विष्ट उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार सम्मानित

स्वास्थ्यसमाचार/यो वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट दार्चुला जिल्ला अस्पतालकि नर्स बबिता विष्ट सम्मानित भएकी छन् । ऊनी छैटौ तहकी नर्सिङ अधिकृत हुन् । मंगलबार स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दार्चुला जिल्ला अस्पतालमा कार्यरत विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् । यो पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ । वि सं २०७६ सालदेखि दार्चुला अस्पतालमा कार्यरत उनी त्यसअघि महाकाली अस्पतालमा कार्यरत थिइन् । स्वास्थ्य सेवा पुरस्कारबाट कालिकोटमा कार्यरत छैटौं तहका सिअहेब दीर्घबहादुर नेपाली, २४ वर्षदेखि सुर्खेत अस्पतालमा कार्यरत गाइनोकोलोजिष्ट डा  केशरबहादुर ढकाल, छैटौं…

बेवारिसे शिशुको प्यूठान अस्पतालमा छैठी गरिदिए स्वास्थ्यकर्मीले

स्वास्थ्यसमाचार/प्यूठान अस्पतालमा कार्यरत चिकित्सकले फरक काम गरे । अस्पतालमा रहेकी नवजात शिशुको जन्मिएको ६ दिन पुगेको अवसरमा स्वास्थ्यकर्मीले उनको छैठी गरिदिए । बेवारिशे अवस्थामा माघ १७ गते प्यूठान नगरपालिका ४ जुम्रिमा भेटिएकी नवजात शिशु जन्मिएको छ दिन पुगेको अवसरमा प्यूठान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले उनको छैठी गरिदिएका हुन् । शिशुको जन्म भएको छ दिनमा उसको भबिष्य लेखिन्छ रे । सबै परिवारले हिन्दु संस्कार अनुसार शिशु जन्मिएको छ दिनका दिन छैठी गरिदिने परम्परा छ । यो शिशुको अहिले बाबु आमा जे भनेपनि यहाँका स्वास्थ्यकर्मी हामी नै हौ । त्यसैले परिवारको जिम्मेबारी सम्झिएर शिशुको छैठी गरिदिएको प्यूठान अस्पतालकी ओसीएम…

६२औँ नेपाल नर्सिङ दिवस : नेपालमा नर्सिङको छैन उचित सम्मान

स्वास्थ्यसमाचार/आज ६२औँ नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी स्वास्थ्यसँग सम्बन्धित संघ संगठनले मनाउँदै छन्।नर्सहरूको पेसागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको स्थापना भएको थियो। सोही संस्था खुलेको दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो।नर्सिङ पेसालाई स्वास्थ्य सेवाको उत्कृष्ट र परोपकारी पेसाको रुपमा लिने गरिन्छ। जो कोही सामान्य देखि जटिल प्रकारका स्वास्थ्य सेवा लिएर अस्पताल पुग्ने वा भर्ना हुने बिरामीको लागि सबैभन्दा पहिला २४ सै घन्टा स्वास्थ्य सुरक्षा दिने नर्सहरु हुन्। नेपाल नर्सिङ काउन्सिलका अनुसार हाल नेपालमा ७८ हजार ९सय ४८ नर्स दर्ता छन्। यस्तै…

दुर्गा नर्स भएकै कारण स्वास्थ्य सचिवको नियुक्ति रद्द गरिएको हो? :गोनान

स्वास्थ्य समाचार नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठको नियुक्ति रद्द गरिएकोमा सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपाल(गोनान)ले आपत्ति जनाएको छ। गोनानले आज विज्ञप्ति जारी गरी यस विषयमा आपत्ति जनाएको हो । प्रमुख अस्पताल नर्सिङ प्रशासक श्रेष्ठलाई गतसाता लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवको पदमा नियुक्त गरिएको थियो । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत रहनुभएकी ११औँ तहकी श्रेष्ठलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको थियो ।तर नियुक्ति भएको केही दिनमा नियुक्ति रद्द गरिएको सूचना प्रकाशित भएकोप्रति ध्यानआकर्षण भएको गोनानले जनाएको छ । उहाँलाई महिला र नर्स भएकै कारण अपमानित गरी नियुक्ति रद्द गरिएको संघले…

चिकित्सा र नर्सिङका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री

स्वास्थ्यसमाचार/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । छलफलमा प्रधानमन्त्रीले भने, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सिटिइभिटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ । त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ ।” चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिटै चिकित्सा शिक्षा आयोगको बैठक बसिने प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले भने, “चिकित्सा शिक्षा आयोगको बैठक हामी छिटै बस्छौँ । स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका…

गुल्मीकी नर्स बिष्णुले पाँच लोकसेवा उत्तीर्ण गरिन एकै वर्षमा

स्वास्थ्यसमाचार/ गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेकी बिष्णु घर्ती (मनिषा) ले एकै वर्षमा पाँच लोक सेवा उत्तीर्ण गरेकी छन् । २३ वर्षिय घर्ती १० महिनाको अवधिमा पाँच लोकसेवा उत्तीर्ण गरेकी हुन्। स्टाफ नर्स प्राविधिक शिक्षा तथा बुटवल कालिका क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेकी घर्तीले विभिन्न प्रदेशबाट लिएको परिक्षामा उत्तीर्ण भएकी हुन् । कोशी प्रदेश लोक सेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पब्लिक हेल्थ नर्सिङ समूहको सहायक चौथो तहमा नाम निकालेपछि उनि ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका सिफारिस भएकी हुन् । त्यसपछि उनले लुम्बिनी प्रदेश लोकसेवा आयोगले लिएका प्रदेश निजामती सेवाअन्तर्गत प्रदेश स्तरीय स्वास्थ सेवाअन्तर्गत पब्लिक…